BizPati

  • Ad
  • Ad
  • आज : २०७४ मंसिर ८ गते
    Headlines :
    Ad

     किन बन्द भयो पोखराको पाँचतारे फूलबारी रिर्सोट ?

    संसार न्यूज संवाददाताभाद्र २९, २०७४

    phoolbari-resort२९ भदौं, पोखरा । व्यवस्थापकिय कमजोरीका कारण कर्मचारीको समस्या झेलिरहेको पाँचतारे होटल फूलबारी रिर्सोट बन्द भएको छ । मजदुर आन्दोलनको चपेटामा परेको पाँचतारे फूलबारी रिर्सोट गत फागुन १८ गतेबाट सञ्चालनमा आउन सकेको थिएन । पोखराको पहिचानका रुपमा रहेको रिर्सोट महिनौं देखि बन्द हुँदा त्यहाँ कार्यरत १ सय १७ कर्मचारी बेरोजगार बनेका थिए ।
    पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचनका अनुसार व्यवस्थापनले सबै कर्मचारीलाई दिनुपर्ने सबै सुविधा दिएर बिदा गरेको उनले बताए । उनका अनुसार काम नगरेको समयको तलब समेत पाएपछि सबै मजदुर सुविधा लिएर छाड्न तयार भएका हुन् । व्यवस्थापन र मजदुरबीच भएको सम्झौता अनुसार ‘४० प्रशित तत्काल र ६० प्रतिशत रकम दुई महिना पछि भुक्तानी गर्ने सहमति भएको छ ।
    रिर्सोटका महाप्रबन्धक समीर काफ्लेले लामो समय रिर्सोट बन्द भएको र कामदारका माग पूरा गर्न नसक्ने अवस्था आएपछि कार्यरत सबैलाई विदा गरेको बताए ।
    ‘मजदुरका माग पूरा गर्न व्यवस्थापनले भरमग्दुर प्रयास गरेको हो,’ कपिलले भने, ‘ तर कामदार सहमतिमा आउन चाहेनन् । बारम्बार वार्ता भएपनि सहमति नभएपछि सधैंका लागि कामदार बिदा गरेका हौं ।’ तर पाँचतार रिर्सोट बन्द हुँदा त्यसले पर्यटन क्षेत्रमा नकारात्मक सन्देश जाने अध्ययन तुलाचनले बताए । आजको नयाँपत्रिका दैनिकबाट

    ३४८२ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad