BizPati

  • Ad
  • Ad
  • आज : २०७४ आश्विन ७ गते
    Headlines :
    Ad
    Ad

    साढे ७ अर्बका नयाँ नोट साटिए

    संसार न्यूज संवाददाताभाद्र २९, २०७४

    patrapatrika२९ भदौ, काठमाडौं । यो वर्षको दसैं तिहारका लागि बुधबारसम्म राष्ट्रबैंकले करिब ७ अर्ब ५० करोड रुपैयाँ बराबरको नयाँ नोट वितरण गरेको छ । बैंक तथा वित्तिय संस्था, सरकारी कार्यलय, नेपाली सेना, प्रहरी र सर्वसाधराण गरी उक्त रकम बराबरको नयाँ नोट वितरण गरिएको राष्ट्रबैंकले जनाएको छ ।
    सर्वसाधरणका लागि राष्ट्र बैंकले बुधबारदेख नयाँ नोट साट्न सुरु गरेको हो । काठमाडौंमा थापाथलीस्थित कार्यलय र मोफसलमा ७ वटै क्षेत्रिय कार्यलयमार्फत नयाँ नोट वितराण सुरु गरेको हो । यसैगरी बुधबारदेखि नै नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकका १६ वटा शाखामार्फत नयाँ नोट वितराण् सुरु भएको राष्ट्रबैंक मुद्रा व्यवस्थापन विभागका कामु कार्यकारी विर्देशन भीष्मपैसाद उप्रतीले बताए । ‘ बुधबारमात्रै राष्ट्रबैंकबाट करिब साढे १३ करोड रुपैयाँ बराबरको नयाँ नोट वितरण भएको छ,’ उनले भने थापाथली कार्यलयबाट मात्र करिब १ हजार १ सय सर्वसाधराणले नयाँ नाट साटेका छन । बाकी करिब ७ अर्ब ३७ करोड रुपैयाँ विभिन्न बैक वित्तिय सस्था, सेना प्रहरी लगायतका निकायमा यसअघि नै वितरण भएको हो । बैक र संघ संस्थालाई भदौ २१ देखि राष्ट्र बैंकले दिन थालेको थियो सर्वसाधराणका लागि भने राष्ट्र बैंकले बुधबार मात्रै ढोका खोलेको हो । आजका कान्तिपुर दैनिकबाट

    ३१ पटक
    प्रतिकृया दिनुहोस्
    Ad