back

आजभोली सुनसान बनेको छ ‘नेपालको ताजमहल’

वि.सं.२०७४ असोज १ आइतवार

210 

shares
NTC AD
Global IME AD

ranimahal पाल्पा । तानसेन नगरपालिकाको बौघागुम्बास्थित ‘नेपालको ताजमहल’मा पर्यटक आगमनमा कमी भएपछि सुनसान बनेको छ ।

आन्तरिक तथा बाह्य पर्यटक आगमनमा कमी भएपछि रानीमहल अहिले सुनसान बनेको छ । वर्षा र सडक बिग्रीएका कारण ताजमहलसम्म आउने पर्यटकको संख्यामा ज्यादै कमी आएको हो ।

कालीगण्डकी नदीको भिरालो चट्टानमा अवस्थित ताजमहल हेर्नलायकको पर्यटकीयस्थल हो । ऐतिहासिक पुरातात्विक हिसाबले महत्वपूर्ण मानिएको ताजमहल पर्यटक आकर्षणको लोभ लाग्दो सम्पदा हो ।

गत वर्ष भदौ असोज महिनामा पर्यटकको ओइरो लाग्ने ताजमहलमा अहिले पर्यटक पाँच÷१० जना पनि नआउने गरेको स्थानीय बासिन्दा बताउँछन् । पहिला यही मौसममा ५० देखि १०० को बीचमा पर्यटक आउने गरे पनि अहिले आन्तरिक तथा बाह्य पर्यटक देख्न मुस्किल भएको स्थानीय बासिन्दा ताराबहादुर थापाले बताउनुभयो ।

साउनदेखि भदौ महिना वर्षाका कारण पहिरो खसेर अवरुद्ध सडक केही दिनअघिदेखि सञ्चालनमा आए पनि वर्षाका कारण पहिरो खस्ने र सडकमा खोलाखाल्सीले यात्रा कठिन भएको छ ।
ऐतिहासिक, पर्यटकीय, धार्मिक, पुरातात्विक, सांस्कृतिकरुपमा अत्यन्त महत्वपूर्ण मानिएकोे ताजमहल दरबार क्षेत्रमा अध्ययन, अनुसन्धानका अलवा धार्मिक पर्यटक भ्रमण गर्न आउने गरेका छन् ।

वि.सं.२०७४ असोज १ आइतवार ०३:३४ मा प्रकाशित

NLIC AD
NABIL bank AD
पर्यटनमा नयाँ गन्तव्यः पर्वतीय उडानबाट महादेवको घर कैलाशको दर्शन

पर्यटनमा नयाँ गन्तव्यः पर्वतीय उडानबाट महादेवको घर कैलाशको दर्शन

कमलकुमार बस्नेत, काठमाडौँ । दिनको पहिलो प्रहर सुरु भइसकेको थिएन...

पर्यटकको रोजाइमा कोटदरबार

पर्यटकको रोजाइमा कोटदरबार

मान्म (कालीकोट) । कालीकोटको खाँडाचक्र नगरपालिका–१ मान्मस्थित कोटदरबार आन्तरिक पर्यटकको...

अन्नपूर्ण क्षेत्रमा भित्रिए एक लाख ४४ हजार पर्यटक

अन्नपूर्ण क्षेत्रमा भित्रिए एक लाख ४४ हजार पर्यटक

गण्डकी । पदयात्रा पर्यटनका लागि विश्वप्रसिद्ध अन्नपूर्ण क्षेत्रमा चालु आर्थिक...

सगमारमाथा आधार शिविर पुगेर  प्रहरीले गर्यो पर्यटकसँग अन्तरक्रिया

सगमारमाथा आधार शिविर पुगेर प्रहरीले गर्यो पर्यटकसँग अन्तरक्रिया

सल्लेरी (सोलुखुम्बु) । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले विश्वको सर्वोच्च शिखर...

लाङ्टाङ क्षेत्रमा बढे पर्यटक तथा तीर्थयात्रुको सङ्ख्या 

लाङ्टाङ क्षेत्रमा बढे पर्यटक तथा तीर्थयात्रुको सङ्ख्या 

रसुवा । रसुवा जिल्लाको लाङ्टाङ क्षेत्रमा पदयात्रा र गोसाइँकुण्डमा स्नान...

गुराँससँग रमाउन र हिमाल हेर्न घोडेपानीमा पर्यटकको घुइँचो

गुराँससँग रमाउन र हिमाल हेर्न घोडेपानीमा पर्यटकको घुइँचो

म्याग्दी । पहाडको अग्लो स्थान । शान्त वातावरण । पाखाभरि...