BizPati

  • Ad
  • Ad
  • आज : २०७४ कार्तिक ४ गते
    Headlines :
    Ad
    Ad

    माछा मार्न गएका एक युवकको खोलामा डुबेर मृत्यु

    संसार न्यूज संवाददाताआश्विन ५, २०७४

     ५ असोज, दमक ।  माछा मार्न गएका झापाको गौरादह नगरपालिका वडा नं ९ का एक युवकको खोलामा डुबेर मृत्यु भएको छ ।

    स्थानीय खजुरबारीस्थित सुखादी खोलामा डुबेर सोही ठाउँका १८ वर्षीय चन्द्रमणि सतारको मृत्यु भएको इलाका प्रहरी कार्यालय गौरादहले जनाएको छ । मादक पदार्थ सेवन गरेर माछा मार्न गएका सतारलाई अचानक सुखादी खोलाले बगाएको थियो ।

    बुधबार बिहान ६ बजेतिर माछा मार्न गएका उनी दिउँसो मृतावस्थामा भेटिएका थिए । घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान शुरु गरेको जनाएको छ ।

    २७ पटक
    प्रतिकृया दिनुहोस्