BizPati

  • Ad
  • Ad
  • आज : २०७४ मंसिर २७ गते
    Headlines :
    Ad

    म्यानमारमा रोहिङग्या समुदायको कहरको कथा

    संसार न्यूज संवाददाताआश्विन ६, २०७४

    refu
    ६ असोज, काठमाडौँ । लामो समयको सैनिक शासनको कहरमा समेत नसुनिएको म्यानमारका अल्पसंख्यक ‘रोहिङग्या समुदाय’को कहरको कथा प्रजातान्त्रिक सरकारको उदयसम्मै छताछुल्ल भएर पोखिएको छ । म्यानमारका विभिन्न सीमा नाकाबाट दैनिक हजाराँै उक्त अल्पसंख्यक समुदायका मानिसहरू बाहिरिएका छन् । म्यानमारकै अत्यन्तै अल्पसंख्यक रोहीङग्याहरू मुस्लिम धर्मालम्बी हुन् । उनीहरू मुस्लिम हुनुमै अहिले सबैभन्दा ठूलो दोष भएको देखिएको छ । म्यानमारमा बहुसंख्यक बौद्धहरूका लागि रोहिङग्याहरू आतंककारी जस्ता बनेका छन् । त्यसैले उनीहरू विरुद्ध बुद्धको शान्ति र अहिंसाका अनुयायीहरू बर्बर तरिकाले उत्रिएका छन् । अझ बौद्ध भीक्षुहरू समेत उक्त बर्बर दमनमा उत्रिनुले उनीहरूले लगाएको गेरु वस्त्रमै शंका गर्नुपर्ने अवस्था सिर्जना भएको छ ।

    rohingya

    दक्षिण पूर्वी एसियाको एक देश म्यानमारका यी द्ुई समुदायको अन्र्तद्वन्द्वको छिटा नेपालमा समेत आईपुगेका छन् । एकातिर एशियाका तारा भगवान नेपाली गौतम बुद्धका अनुयायीहरू उनका शान्ति तथा अहिंसाका मान्यतालाई तिलान्जली दिँदै हत्या र हिंसाको मैदानमा उत्रिएका छन् । उनै शान्तिका अग्रदूतको अनुयायी बनेर अर्का समुदायका महिलालाई बलात्कार गरेका छन् । केटाकेटीहरूलाई विद्यालयबाट निकालेर घाँटी काटीरहेका छन् । वयस्कलाई ठाँउको ठाउँ हत्या गरिएका छन् ।
    अर्कातिर तिनै बुद्धका अनुयायीहरूले लखेटेकैले रोहिङग्या समुदायका सयौँ मानिसले नेपालमा शरण लिइरहेका छन् । त्यसमाथी १९८९ मा भुटानी शरणार्थीलाई जस्तै कहिले भारतले ट्रकमा चढाएर नेपाली सीमामा ल्याइदेला भन्ने पिरलो समेत थपिएको छ या बुद्ध भूमिकालाई ।

    refugee

    परिचय रोहिङग्याको
    यो समुदाय सुन्नी मुस्लीम सम्ुदाय हो । १२ औँ शताब्दी देखि म्यानमारमा बस्दै आएपनि रोहिंग्याहरूले अहिलेसम्म त्यहाँको नागरिकता नपाएको बताइन्छ । म्यानमारमा अहिले ११ लाख भन्दा बढी रोहिङग्या मुस्लीम समुदाय बसोबास गरीरहेका छन् । म्यानमारको राखीने प्रान्तमा यस समुदायका मानीसहरूको बाक्लो बस्ती छ । तर केन्द्रीय सरकारको अनुमति बिना रोहिङग्यलाई म्यानमारका अन्य प्रान्तमा जान समेत प्रतिबन्ध छ । हाल बङ्लादेश, मलेसीया, थाइल्याण्ड, भारत र नेपालमा समेत यस समुदायका मानिसहरू शरणार्थीका रुपमा बसेको पाइन्छ ।
    सुकीको काँधमा अमेरिकी बन्दुक
    सोभियत युनियनको पतनपछि विश्व शक्ति सन्तुलनमा एकछत्र राज गरेको अमेरिका अहिले दुनियामा अगाडि बढिरहेका नयाँ शक्तिहरूसँग त्रस्त छ । रसियाको पुर्नआगमन र सुतिरहेको ड्रागन मानिने चाइनाको बढ्दो उदयले अमेरिकी धुरी अफ्ठ्यारोमा पर्ने सम्भावना बढीरहेको छ । यता क्षेत्रीय शक्तिको रुपमा भारतको उदय र फिलिपिन्समा अमेरिकाको घट्दो प्रभावले अमेरिका दक्षिणपूर्वि र दक्षिण एसियाइ क्षेत्रबाट बाहिरीनु पर्ने होकी भन्ने डरबाट गुज्रिइरहेको छ ।

    त्यसैले पछिल्लो समयमा नोबेल पुरस्कार प्राप्त नेतृ आङ साङ सुकिको काँधमा बन्दुक राखेर अमेरिकाले यो क्षेत्रमा द्वन्द्व बढाउन चाहिरहेको देखिन्छ । यसले अमेरिकालाई एकातिर हतियारको कारोबारबाट मनग्य आम्दानी हुन्छ भने द्वन्द्व व्यवस्थापनको नाउँमा संयुक्त राष्ट्रसंघको आवरणमा यस क्षेत्रमा प्रवेश सहज हुन् सक्छ । त्यसमाथि रोहिङग्या मुस्लिमहरूको सफाया अमेरिकाका लागि कुचोले बढार्नु पर्ने कसिंगर हावाले उडाएजस्तै हुन सक्छ ।

    नेपाल यसअघि नै दुई देशका शरणार्थीको बोझ बोकिसकेको देश हो । सीमानानै नजोडिएको भुटानबाट नेपाली मुलकै भएका कारण भारतले भुटानीहरूलाई ट्रकमा राखेर नेपाल पठाएको इतिहास ताजै छ । भुटानमा गर्न खोजिएको जातीय सफायाको मार नेपाली मुलका भुटानीले यसअघि खेपीसकेका छन् । त्यो भन्दा क्रुर अमानविय दमन अहिले राखिनेमा रोहिङग्याहरू माथि चलिरहेको छ । केही वर्ष पहिले म्यानमारले नेपाली मुलका बर्मेलीहरूलाई यसैगरी लखेटिसकेको छ । अर्थात् म्यानमार अल्पसंख्यक मैत्रि छैन भन्ने प्रमाण पछिल्लो रोहिङग्या समस्याले समेत दर्शाउँछ । पछिल्लो ६ वर्षको अबधिमा नेपालमा १ सय भन्दा बढि यस समुदायका मानिसहरूले शरण लिइसकेका छन् । यसैगरी दमन बढे रोहिङग्याहरू भारत प्रवेश गर्नेछन् र भारतले भुटानीलाई जस्तै गरेर मेचीपुलमा ल्याएर छोड्न सक्ने सम्भावना समेत उत्तिकै छ । यसकारण राज्यका निकाय यसबारे समयमै सचेत हुन जरुरी छ ।rohingya refugee

    rohin

    ५३९ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad