back

तिहारको टिको लगाउन मिलनलाई नेपाल बोलाइन् अमृताले (भिडियो सहित)

वि.सं.२०७४ असोज ८ आइतवार

297 

shares
NTC AD
Global IME AD

amritaदेवेन्द्र केसी -नयाँ दिल्ली । उदयिमान गायिका तथा हट मोडेल अमृता बरालले गायक मिलन बिसीलाई दशैको मुखमा नेपाल बोलाएपछि नेपाली संगित नगरीमा चियोचर्चो सुरु भएको छ । हैन दशैमा नेपाल बोलाउने अमृता र मिलनको के नातो छ ? हामी खोजबिन गरेका छौ । चुरो कुरो के भने नव गायिका अमृताको शब्द र गायक मिलनको लय रहेको “घर जादै छु दशै तिहार मा ” एल्वममा अमृताले मिलनलाई दाई बनाएर तिहारको टिका लगाउन नेपाल बोलाएकी छिन ।
अमृता र मिलन कै स्वर रहेको एल्वम लाई बिश्नु भट्टराई ले खिचेका छन । ऐल्वममा रेशम,सम्झना,रोहन र मिनाक्षी ले अभिनय गरेका छन । अविरल फिलिम्स ले बजारमा ल्याएको ऐल्वमलाई सम्पादन तथा निर्देसन पनि बिश्नु भट्टराई ले नै गरेका छन। “पारिवारीक भिडियो छ । दशै र तिहार मा दाई र बहिनी भेट हुन पाउने भएपछिको खुसी लाई देखाउन खोजिएको छ “गायिका बरालले भनिन । नयाँ दिल्ली लाई कार्य क्षेत्र बनाई नेपाली संगित ईन्ड्सट्री मा होमिएकी नव गायिका बराल को ऐल्वम ले दर्शक को कस्तो साथ पाउला ? त्यो हेर्न बाँकी नै छ

वि.सं.२०७४ असोज ८ आइतवार ०६:०६ मा प्रकाशित

NLIC AD
NABIL bank AD