BizPati

  • Ad
  • Ad
  • आज : २०७४ पौष १ गते
    Headlines :
    Ad

    टमाटर खानुस् स्वस्थ्य रहनुस्, हेर्नुस् त यस्ता रहेछन फाइदा !

    संसार न्यूज संवाददाताआश्विन ८, २०७४

    tamatoटमाटर खानुका फाइदा बारे हामीले धेरै कुराहरु सुन्दै आएका छौं । तर, हालै गरिएको एक अनुसन्धानमा दिनहुँ टमाटार खानाले छालामा हुने क्यान्सरको समस्याबाट बच्न सकिन्छ । बैज्ञानिकहरुले स्वस्थ्य टमाटरको नियमित सेवनले क्यान्सरसँग लड्ने क्षमता बढ्न् पृष्टि गरेका छन् ।

    बैज्ञानिकहरुका टमाटरले क्यान्सको ट्युमर बढाउनबाट रोक्नुका साथै त्यसलाई नष्ट गर्न पनि मदत गर्दछ । नयाँ अध्ययनमा यो पनि भनिएको छ की पाकेर रातो भएको टमाटरमा क्यारोटिनायड नामक तत्व हुन्छ जसले ट्युमर घटाउनका लागि सहयोग गर्दछ ।

    टमाटरमा पाइने लाइकोपीन रसायन पनि क्यान्सरसँग लड्न सक्षम मानिन्छ । अध्ययनका सहलेखक डा. जेसिका कुपरस्टोनले कुनै पनि फल या तरकारी औषधि मानिदैन तर, यसको नियमित उपभोगले विमारी हुने संभावना धेरै हदसम्म कमगर्न सकिन्छ ।

    अमेरिकाको ओहियो स्टेट युनिभर्सिटीका बैज्ञानिकहरुले मुसामा यसको अनुसन्धान गरेका थिए । उनीहरुले मुसाको दुई समुह बनाएर एक समुहको खानामा ३५ हप्तासाँ टमाटरको पाउडर भरपुर मात्रामा समावेश गरेका थिए भने अर्को समुहमा गरेका थिएनन् । यसमा जुन समुहका मुसाहरुलाई टमाटरको पाउडर खुवाइएको थियो उनीहरुमा घातक क्यान्सरहुने सम्भावना ५० प्रतिशत कम देखिएको थियो ।

    ब्रिटिश स्किन फाउन्डेशनका प्रवक्ता राचेल एबांटका अनुसार यस अध्ययनमा पाइएको नतिजाको आधार टमाटारका साथै अन्य फल तथा तरकारीको सेवनले पनि क्यान्सरसँग लड्न सकिने क्षमता वृद्धिहुने बताइएको छ । जसमा खुर्सानी, गाजर र चुकन्दर सेवनले पनि महिलाको गर्भासयमा हुने क्यान्सरको खतराबाट बच्न सकिन्छ । १५ वर्षसम्म १५ हजार महिलामा गरिएको अनुसन्धानमा गाढा रंग भएका फल तथा तरकारीको सेवनले प्रोस्टेट क्यान्सरको खतरा पनि कम भएको पाइएको छ ।

    १७३ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad