back

भाद्र महिनामा प्रवासमा हराएका नेपाली सपनाहरु

वि.सं.२०७४ असोज ८ आइतवार

282 

shares
NTC AD
Global IME AD

भाद्र महिनामा मात्रै जापानमा गोरखाका डम्बरबहादुर गुरुङ, गुल्मीका भिमलाल खरेल र नवलपरासीका हृदय जिसीले ज्यान गुमाएका छन् । मृत्यु भएका तीन मध्ये खरेल व्यवसायी हुन् भने ३१ वर्षीय जिसी र २६ वर्षीय गुरुङ विद्यार्थी भिसामा जापान पुगेका थिए ।
उच्च शिक्षा अध्ययनका लागि जापान पुगेका गोरखा गण्डकी गाँउपालिका ७ चुर्लिङका डम्बरबहादुर गुरुङको अगस्त ८ मा मृत्यु भएको हो । कोबेस्थित आर्ट सेन्मोन गाक्कोमा अध्ययनरत रहेका २६ वर्षीय गुरुङ २०१५ को अप्रिलमा विद्यार्थी भिसामा जापान पुगेका थिए । उनी आफ्नै कोठामा अचेत अवस्थामा फेला परेका थिए । अगस्त ७ को राति कामबाट फर्किएर खाना खाएर सुतेका गुरुङ बिहाँन ६ः३० बजे एक्कासी चिच्याएको सुनेपछि साथिहरू पुग्दा अचेत अवस्थामा भेटिएका थिए । उनलाई उपचारका लागि सिमिन अस्पतालमा पु¥याएपनि डाक्टरहरूले मृत घोषणा गरेका थिए ।

त्यस्तै जापानमा रेष्टुरेण्ट व्यवसायमा संलग्न रहेका गुल्मीका भिमलाल खरेल स्थानीय एक खोलाको किनारमा मृत फेला परेका छन् ।

kharel japan

गुल्मीको चन्द्रकोट गाउँपालिका वडा नं ७ साविकको रुपाकोट ९ दम्कुवा घर भएका खरेलले १७ जुलाईको बिहान खोलामा मृत फेला परेको स्थानीय प्रहरी स्रोतले जनाएको छ । जापानको टोकियोस्थित मिनामीसेन्जु सहरमा फूलवारी रेष्टुरेण्टका चारवटा ब्रान्च सञ्चालन गर्दै आएका खरेल आफ्नै फुलवारी रेष्टुरेण्टबाट अर्को रेष्टुरेण्टतर्फ जादैं गरेको अवस्थामा हराएको उनका दाजु शेषकान्त खरेलले बताएका छन् । उनले भाइको मृत्यु रहस्मय रहेको पनि बताएका छन् । उनले भने, ‘भाइको साथमा पैसा नभएको र अन्य परिचय खुल्ने कागज पनि उनीसँग नभएपछि एक जना ग्राहकको पर्चिबाट शवको पहिचान भएको बताइएको छ ।’ जापानको प्रहरीले सिसीटिभिको माध्यमबाट उनको मृत्युको अनुसन्धान गरिरहेको जानकारी परिवारलाई दिएको पनि उनका भाइले बताएका छन् । २२ वर्ष देखि जापानमा बस्दै आएका खरेलको श्रीमती, छोरा अर्जुन र ३ छोरीहरू जापानमै रहेका छन् भने आमाको मृत्यु भइसकेको र ९३ वर्षिय उनका पिता गाउँमै रहेको बताइएको छ ।

जापानमै सडक दुर्घटनामा परि नवलपरासीका हृदय जिसीको मृत्यु भएको छ । २३ जुलाईमा दुर्घटनामा परेर गम्भीर घाइते भएका उनको उपचारकै क्रममा मृत्यु भएको बताइएको छ ।

g.c japan

प्रशिक्षार्थी कामदार भिषामा जापान पुगेका ३१ वर्षीय जिसी जापानको गुन्माकेनस्थित ओइजिमुमाचीमा रहँदै आएका थिए । उनले जापान बस्नका लागि शरणार्थीमा आवेदन दिएर बसेको बताइएको छ ।
अमेरिकाको टेक्सासस्थित ड्यालसमा कास्कीकी आकृति बराल पौडेलको मृत्यु भएको छ । तीन महिना अघि आफ्ना दुई सन्तानका साथ अमेरिका पुगेकी पुम्दी भुम्दीकी २६ वर्षीया बरालको मृत्यु भएको हो । अगस्ट ३ का दिन सुतिरहेको अवस्थामा मष्तिष्कघात भएर अचेत भएकी उनको उपचारका क्रममा ७ अगस्टमा ज्यान गएको पारीवारीक स्रोतले जानकारी दिएको नेपाली समाज टेक्सासका महासचिव कमल सत्यालले जनाएका छन् । उनका श्रीमान कृष्ण पौडेलसँगै ७ वर्षीय छोरा कृष र ३ वर्षीय छोरी क्रिष्टिना रहेका छन् ।

अमेरिकाको वोस्टनमा जयेन्द्रदेव आर्चायको हृदयघातका कारण मृत्यु भएको छ । वरिष्ठ संचारकर्मी राजेन्द्रदेव आचार्यका छोरा ३० वर्षीय जयेन्द्रदेव आचार्यको हृदयघातका कारण साउनको तेश्रो साता मृत्यु भएको नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द विष्टले जनाएका छन् ।

jayadev chandra

बोस्टनमा रहेका इन्जिनियर जयेन्द्रदेव आचार्यको अगस्त ८ मा अमेरिकाको बोस्टनमै अन्त्येष्टि गरिएको छ ।
कुवेतमा खेममाया लिम्बूको मृत्यु भएको छ । झापा बाहुनडांगीकी खेममाया लिम्बूको जुलाई २७ मा कुवेतको फ्रवानिया अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । कम्पनीको सौचालयमा जाँदा बेहोस भएपछि तत्काल स्थानीय प्रहरीको सहयोगमा अस्पताल पु¥याइएको थियो । बेहोस भएकी लिम्बूको टाउकोमा रगत जमेकोले अप्रेसन गरेर आइसीयुमा राखिएको क्रममा निधन भएको बताइएको छ । पाँच वर्षअघि कुवेत पुगेकी उनी तान्जिप्को क्लिनिङ कम्पनीमा कार्यरत थिइन् । उनको परिवारमा २ छोरा रहेका छन् श्रीमान साउदीमा रहेको बताइएको छ ।

त्यस्तै बाग्लुङका लक्ष्मण घर्तिको पनि कुवेतको समुद्रमा डुबेर मृत्यु भएको छ । बडिगाड गाउँपालिका ७ असारे, साविकको भिमगिठे गाविस ६ बाग्लुङका २५ वर्षीय घर्तिमगरको साथीहरूसँग नुहाउन समुद्रमा गएका बेला डुबेर मृत्यु भएको हो ।laxman-gharti

४ वर्ष अघि रोजगारीको सीलसीलामा कुवेत पुगेका घर्ति जुलाई २० मा साथीहरूसँग नुहाउन गएका बेला समुद्रमा डुबेको उनका आफन्त सुर्य थापाले बताएका छन् । एमइसिसि कम्पनीमा कार्यरत घर्तिका एक छोरीर श्रीमती रहेका छन् ।
कुवेतमै पाल्पाकी रेनुका काउछा नेपालको मृत्यु भएको छ । भार्कोट माइत भइ रानीठाटी घर भएकी रेनुकाको साउनको दोश्रो साता मृत्युभएको हो । झण्डै ८ वर्षदेखि कुवेतमा रहँदै आएकी रेनुकाको शब नेपाल ल्याइ दाहासंस्कार गरिएको छ । रेनुकाका दुई छोरीहरू रहेका छन् ।

साउदी अरबमा कार्यरत थिरबहादुर मगरले आत्महत्या गरेका छन् । खोबर थोक्वामा अल बदर्स कम्पनीमा कार्यरत मोरङ जिल्ला टाँडी–८ निवासी थिरबहादुर मगरले आत्महत्या गरेको रबिन मगरले जानकारी दिएका छन् ।

thir magar

मगरले आत्महत्या गरेको नेपाली दूतावास साउदीले पुष्टि गरेको पनि साउदीबाट दिपेन्द्र खड्काले जनाएका छन् ।

दक्षिण कोरियामा ६ अगस्टमा औद्योगिक दुर्घटनामा परेर विष्णुप्रसाद घिमिरेको मृत्यु भएको छ । गुल्मी घर भई कोरियाको जिन्जुमा रहेको ‘मिनी नोजांग’ नामक पोल्टी फार्ममा कार्यरत घिमिरे नेपाली सम्पर्क समिति कोरियाका सहकोषाध्यक्ष समेत रहेका थिए ।

bishnu-prasad-ghimire

काम गर्दागर्दै औद्योगिक दुर्घटनामा परेका उनको उपचारका क्रममा अस्पतालमै मृत्यु भएको सँगै कामगर्ने नेपाली सम्पर्क समितिका उपाध्यक्ष श्रीप्रसाद श्रेष्ठले जनाएको कोरियाबाट पत्रकार अशोक मैनालीले जनाएका छन् । उक्त फार्ममा ५ जना नेपाली पनि कार्यरत रहेको बताइएको छ । ३० वर्षीय घिमिरे अविवाहित रहेका थिए ।
कोरियामै धादिङका मङ तामाङको मृत्यु भएको छ । इपिएसमार्फत १५ महिना अघि कोरिया पुगेका धादिङका २५ वर्षीय तामाङको ३० जुलाईका दिन मृत्यु भएको हो ।

mang tamang korea

छुङनामको एक बंगुर फार्ममा कार्यरत तामाङको चिन्दगी (किर्णा) नामक किराको टोकाइबाट निधन भएको उनी उपचाररत छनानमा रहेको सुनछङ ह्याङ अस्पतालका चिकित्सकले आशंका गरेको उनका साथी रमेश पुनले जानकारी दिएका छन् । ज्वरो आउने, टाउको दुख्ने, उल्टी हुने जस्ता लक्षण देखिएका उनलाई तीनदिन अघि अचेत अवस्थामा अस्पताल पु¥याइएको थियो ।
त्यस्तै ९ अगष्टमा कोरियाको छुन्जुस्थित आफ्नै कम्पनीको छतमा जाने भ¥याङमा पर्वतका केशव श्रेष्ठले झुण्डिएर आत्महत्या गरेका छन् । पर्वतको फलेवास नगरपालिका वडा नं. २ थापाठानाका श्रेष्ठ करिब पन्ध्र महिना अघि मात्र रोजगारीका लागि कोरिया पुगेका थिए । श्रेष्ठले भ¥याङमा पासो लगाएर आत्महत्या गरेको उनको रुम पार्टनरले बताएका छन् । अघिल्लो दिन राम्रो सँगै सुतेका साथी बिहान काममा जाने समयमा रुममा फेला नपरेपछि खोज्दै जाँदा साथी भ¥याङमा झुण्डिएको अवस्थामा भेटिएको उनले बताए । उनले कोठामा सुसाइड नोटमा कम्पनीले घर विदामा जान्छु भन्दा बिदा दिन ल्याङ ल्याङ गरेको भन्दै आफ्नो बैंक खातामा भएको ३२ लाख वान श्रीमती र बहिनीलाई दिनु भनि उल्लेख गरेका छन् ।
चितवन शारदानगर घर भई हाल लक्जम्वर्गमा रहेका जगत गुरुङको ४७ वर्षको उमेरमा २२ जुलाईका दिन हृदघातका कारण मृत्यु भएको हो ।

jagat gurung luxmburg२० वर्षदेखि लक्जेम्वर्गमा व्यवसाय गर्दै आएका गुरुङ जनसम्पर्क समिति लक्जेम्वर्गका सक्रिय सदस्य,एनआरएनए लक्जेम्बर्गका सदस्य तथा विभिन्न संघसंस्थामार्फत लक्जेमवर्गको नेपाली समाजबीच सक्रिय भएर लागेका थिए । अति असल र मिलनसार गुरुङको असामयिक निधनले एनआरएनए लक्जेम्वर्ग परिवार सोकाकुल बनेको एनआरएनए लक्जेम्वर्गका अध्यक्ष नारायण गुरुङ तथा महासचिव विमलबाबु उपाध्यायले बताएका छन् ।
मलेसियामा कार्यरत सप्तरी सिस्वा वेलही ६ का रामेश्वर शाह हलुवाईको असामयिक निधन भएको हो । कम्पनीमा काम गर्न गएका बेला छाति दुख्यो भनेर छट्पटिएका साह आत्तिएपछि जोहोर प्रान्तमा रहेको क्लिनिकमा उपचारकै क्रममा उनको मृत्यु भएकोे नेपाल मगर संघ मलेसियाकी अध्यक्ष पुश्मिता ठाडा मगरले बताएकी छन् । ३ वर्षअघि मलेसिया पुगेका हलुवाईको मृत्यु भएपछि उनको परिवारको विचल्ली भएको छ । उनको घरमा बाबुआमा सहित श्रीमती र तीन छोरी रहेका छन् ।
साउदी अरबमा कार्यरत कन्चनपुरका २३ वर्षीय दिपक ठगुन्नाले आत्महत्या गरेका छन् । चार महिनाअघि साउदी पुगेका ठगुन्नाले आत्महत्या गरेका हुन । उनका सहकर्मी हरि वलीका अनुसार आफ्नै कम्पनी परिसरभित्र उनले आत्महत्या गरेका हुन् । तर, उनको आत्महत्याको कारण भने खुल्न सकेको छैन । त्यसका लागि प्रहरीले अनुसन्धान गरिरहेको पनि बताइएको छ ।

साइप्रसको निकोसियामा कार्यरत रामेछापकी २२ वर्षीया यमुना खपांगी मगरको मृत्यु भएको छ । यमुना परलिम्नि कप्परिस क्षेत्रमा रहेको स्विमिङ पुलमा १३ अगस्तका दिन मृत भेटिएकी थिइन् ।

yamina-magar

रामेछाप टोकरपुर ८ पुन्चेटका श्यामबहादुर थापा मगरकी माइली छोरी यमुना साइप्रस पुगेको १६ महिना मात्र भएको थियो । आफू कार्यरत घरका मालिकको परिवारसँगै बिदा मनाउन गएकी यमुना अत्यन्तै इमान्दार, मेहनती रहेको उनका साथीहरूले बताएको एनआरएनए साइप्रसका अध्यक्ष सुवास मल्लले जानकारी दिएका छन् ।

वि.सं.२०७४ असोज ८ आइतवार १०:२८ मा प्रकाशित

NLIC AD
NABIL bank AD
पुँजीगत बजेट खर्च नहुने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री ‘प्रचण्ड’

पुँजीगत बजेट खर्च नहुने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हरेक आर्थिक वर्षमा बजेट...

कृषि विकास बैंकको ‘ग्लोबल मनि विक’ बिद्यार्थिसंग बैंक कार्यक्रम सञ्चालन

कृषि विकास बैंकको ‘ग्लोबल मनि विक’ बिद्यार्थिसंग बैंक कार्यक्रम सञ्चालन

काठमाडौं । बिश्व बैंकको आह्वानमा यस बर्षको मार्च १८ देखि...

ग्लोबल आइएमई बैंक र आईएफसीबिच महत्वपूर्ण  समझदारी

ग्लोबल आइएमई बैंक र आईएफसीबिच महत्वपूर्ण समझदारी

काठमाडौं । ग्लोबल आइएमई बैंक र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)...

कुमारी बैंक मोवाइल बैंकिङ एपमार्फत कर्जा लिन सकिने

कुमारी बैंक मोवाइल बैंकिङ एपमार्फत कर्जा लिन सकिने

काठमाडौं । कुमारी बैंकको मोवाइल एपमार्फत कर्जा लिन सकिने भएको...

गुणस्तरीय शिक्षाका लागि स्थानीय तहले लैङ्गिकमैत्री बजेट ल्याउनुपर्नेमा मन्त्री चौधरीको जोड

गुणस्तरीय शिक्षाका लागि स्थानीय तहले लैङ्गिकमैत्री बजेट ल्याउनुपर्नेमा मन्त्री चौधरीको जोड

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले गुणस्तरीय...

समाजको विकाससँगै ज्येष्ठ नागरिक पछिल्लो समय एक्लिदै गएको छ : मन्त्री शर्मा

समाजको विकाससँगै ज्येष्ठ नागरिक पछिल्लो समय एक्लिदै गएको छ : मन्त्री शर्मा

घोराही (दाङ) । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बदलिँदो...