BizPati

  • Ad
  • Ad
  • आज : २०७४ पौष १ गते
    Headlines :
    Ad

    जब देउबा सत्ताशीन हुन्छन्, केही न केही अनिष्ट भएरै छाड्छ

    खगेन्द्र संग्रौला आश्विन ८, २०७४

    khagendra sangroula

    त्यत्रा त्यत्रा जनआन्दोलनका बबण्डर आँधी उठे ! कतिकति विस्मयकारी बलिदान भए ! कस्ताकस्ता विधि र व्यवस्था फेरिए ! र, कतिकति रङ्गीन जनअपेक्षाहरू जीवनको सतहमा उत्रिए तर यो सब हलचलपछि, सढेगलेका व्यवस्था र परम्परा ढले । अब स्वर्णिम युगको थालनी हुन्छ भन्ने उमङ्गमय उद्घोषपछि, देश र जनताले पायो के ? विडम्बनावश, देश र जनताले हाललाई शासकीय रङ्गमञ्चमा पायो प्रधानमन्त्री शेरबहादुर देउबा । प्रधानमन्त्री पनि कस्ता सार्वजनिक डबलीमा जब सम्बाद हुन्छ, आफ्नो विवेक र संयम गुमाएर प्रश्नकर्ता नागरिकमाथि क्रोधाग्निले जल्दै जाइलाग्छन् । देउबाको अभद्रतासामु विवेक अवाक् हुन्छ, शिष्टता मूच्र्छित हुन्छ, मर्यादा मर्माहत हुन्छ । र, आत्मग्लानिले पानीपानी हुँदै दुर्नियतिको क्रीडा देखेर लज्जित लोकले मुख छोप्छ । देउबा सार्वजनिक डबलीमा भाषण पढ्छन् । लिखित भाषण हुन्छ एउटा खल्तीमा, अर्काे खल्तीबाट कागज झिक्छन् । अनि आपैmँलाई सम्बोधन गरी लेखिएको बिन्तीपत्र भकाभक पढ्छन् । बसेका छन् प्रधानमन्त्रीको गहन दायित्वयुक्त आसनमा, भाषण र बिन्तीपत्रको भेदको हेक्का हुँदैन । लोक फेरि लाजले मुख छोप्छ, देउबालाई रत्तीभर लाज छैन । उनी क्षमा याचना वा पश्चात्तापको भावमा एउटा सानो वाक्य बोल्न पनि कन्जुसी गर्छन् ।

    अनुभवबाट निशृत भनाइ छ— जब देउबा सत्ताशीन हुन्छन्, केही न केही अनिष्ट भएरै छाड्छ । बहुदलको पुनरोदय भयो र देउबाका तालुमा आलु फल्यो । देउबा जननिर्वाचित सरकारका गृहमन्त्री भए । भोको एमाले प्रतिपक्षमा थियो । कांग्रेसलाई सत्ताबाट खसालेर आपूm सत्ताभोग गर्न एमालेलाई हुनु सम्म हतार थियो । र नै एमाले सडकमा धूलो उडाउँथ्यो, रेलिङ तोड्थ्यो, पर्खाल भत्काउँथ्यो । साना वा ठूला झडप भइरहन्थे । यत्तिकैमा शहरको नाभिमा गोली चल्यो र बालक अनीश शाक्यको ज्यान गयो । ती निश्छल र निष्पाप बालक आप्mनै घरको कौशीमा मारिए । त्रूmद्ध लोकले प्रश्नग¥यो— बन्दुकको अधिपति भएर देउबा निर्दोष बालकको बध गर्ने ? त्यो पनि आप्mनै घरको कौशीमा खेलिरहेको बेलामा ! देउबाले ओठे जबाफ दिए— गोलीका आँखा हुँदैनन् । के बालक के प्रौढ के बृद्ध, गोलीका सामु सबै बराबर । यो जबाफमा देउबाको आन्तरिक चिनारीको सार बोलेको थियो । चरम. संवेदनाहीन, करुणाहीन र लज्जाहीन चिनारी !

    ‘अलच्छिनी’ अन्धविश्वासको भावबाहक शब्द हो । त्यसैले म देउबालाई ‘अलच्छिनी’ भन्दिनँ । तर देउबा जब शासनको आसनमा उक्लिन्छन्, अशुभको सम्भावनाको भयले लोकलाई सताउन थालिहाल्छ । यो अनुभवजन्य भय हो । सत्तामा हुँदा देउबाले पुरानो जनमोर्चालाई हेपेर कमिलो सरी ठाने । उसका साधारण माग एक कानले सुनेर अर्को कानले उडाइदिए । अनि माओवादी जनयुद्धको द्वार खुल्यो । जनयुद्धलाई देउबाले सामाजिक–आर्थिक समस्या ठानेनन्, केवल प्रशासनिक समस्या ठाने । र, गोली र फगत गोलीले त्यसको उपचार गर्न जिद्दी गरे । जनताले तिरेको तिरोले पालिने सेनालाई जनतामाथि खन्याए । विद्रोहीलाई आतङ्ककारी घोषित गरे । अनि रेड कर्नर नोटिस, टाउकाको मोल, इन्टरपोलमा झोसपोल आदि ।

    देउबाले जनजनका थाप्लामा सङ्कटकालपछि सङ्कटकाल थोपरे । प्रेसको मुखमा बुजो लगाए । सडकमा फौजी ट्याङ्क निकाले । सार्वजनिक डबलीमा बन्दुकको आतङ्कमय आधिपत्य कायम भयो । र चौतर्फी सन्नाटाको बीचमा, सङ्कटकालको कुटिल आवरणमा, मुलुकमा रगतको खोलो बग्यो । यिनै देउबा हुन् जसले छँदाखाँदाको प्रतिनिधिसभा लगेर दरबारमा बुझाए । यिनै देउबा हुन् जसलाई फौजीतन्त्रका ख्वामित् ज्ञानेन्द्रले नालायक घोषणा गरी कुर्सीच्यूत तुल्याए । र यिनै देउबा हुन् जसले शाही सेवक बन्न पुनःकुर्सी पाउँदा ‘गोरखाली राजाबाट न्याय पाएँ’ भन्दै स्वामीभक्तिको आत्महीन गीत गए ।

    वागमतीको पुलमुनि कतिकति पानी बगिसकेपछि । तथापि विडम्बनावश, देउबा फेरि प्रधानमन्त्री बनेका छन् । इतिहासले देउबाको औतारमा हामीमाथि मजाक गरेको छ । र, दुई महिना बित्दानबित्दै देउबाको शासनको प्रवृत्ति र सम्भावित अनिष्टको सङ्केत दृष्टिगोचर भइसकेको छ । देउबामा न राजनीतिको असन्तुष्ट पक्षसँग संवाद गर्ने कला छ, न संशोधनको लागिमत बटुल्ने चातुर्य छ, न चाहिँदो हतार र हुटहुटी छ । उनमा छ त केवल बेसोमतीपना छ, फगत बेढङ्गेपना छ, सिर्पm संवेदनहीनता छ, खालि सनक छ ।

    इतिहासको कामकुरो एकातिर छ, देउबा शासन कुम्लो बोकेर ठिमीतिर हिँडिरहेछ । देउबाकालीन शासनको निकट भविष्यको सम्भावित परिदृश्यले निकट अतीतको तीतो अनुभवलाई झल्झली सम्झाइरहेछ । हिजो सनातनी वर्चश्व शालीशक्तिहरूले बहिष्कृत पक्षहरूलाई पाखा लगाएर तजबिजी काइदाले रक्तरञ्जित संविधान लेखेका थिए । यो एकल चेष्टा, यो अहंकार, यो मैमत्तापनको अनिष्ट नतिजा लोकले व्यहोरिसकेको छ । द्वन्द्वमाथि द्वन्द्व थपिएको छ । असमझदारीमाथि असमझदारीको चाङ लागेको छ । विभाजनमाथि विभाजनको तिक्तता बढेको छ । अखण्डको रटना गर्नेहरू स्वयंले विखण्डनको मानसिकता र परिवेशलाई उत्पात बढाबा दिइरहेछन् ।

    अनि अहिले ? संविधान सुशीलकालमा बल मिच्याइँको भरमा जसरी बनेको थियो, देउबा कालमा त्यसको कार्यान्वयन त्यसरी नै हुने लक्षण देखिँदैछ । हिजो जुनपक्ष, चरित्र र प्रवृत्ति सत्ताधारी थियो, आज पनि सत्ताधारी उही छ । हिजो जो जो बहिष्कृत थिए, आज पनि ती बहिष्कृत नै छन् । र, अब पञ्चायती पाराको अर्थात् ज्ञानेन्द्रीय कालको जस्तो चुनाव हुँदैछ । असहमत र असन्तुष्ट भावना एवम् आकांक्षाहरूलाई दमन गरेर चुनाव । उग्र असहमति, असन्तुष्टि र आक्रोशबीच नाटकीय चुनाव । शान्ति र अमनचैनका नाममा सैन्य बललाई सडकमा उतारेर आतङ्कमय चुनाव । थप द्वन्द्व, खिचातानी, घर्षण, भीडन्त र विभाजनलाई निम्त्याउने चुनाव । छोटोमा, दीर्घकालीन कलह र विग्रहलाई निम्त्याउन चुनाव !

    यो इतिहासको पश्चगमनको याम हो । पश्चगमन कालमा अग्रगामीहरूले गर्ने कार्य हो पश्चगमनको भण्डाफोर । गर्ने कार्य आशाको बीजको रक्षा हो । कवि शेलीको कवितांशको भाकामा भनुँ भने-यो शीतकाल आईनै सक्यो त वसन्त कति नै टाढा होला र भनी क्रियाशील आशावादमा जिउने याम हो ।

    २४७ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad