BizPati

  • Ad
  • Ad
  • आज : २०७४ पौष १ गते
    Headlines :
    Ad

    वाम एकता अभियानको घोषणा बारे जनता के भन्छन् ?

    संसार न्यूज संवाददाताआश्विन १८, २०७४

    uml-maobadi-yekata-2
    १८ असोज, काठमाडौँ । नेपाली राजनीतिमा पछिल्ला दिनहरुमा देखिएको राजनीतिक धु्रवीकरणलाई लिएर आ–आफ्नै रुपले टिकाटिप्पणी गरेका छन् । वाम एकताको प्रसङ्ख लामो समय देखि बहसको विषय बन्दै आएको भए पनि एमाले–माओवादी केन्द्र बीच एकीकरण हुने खबर अचानक आउनु र लगत्तै घोषणासभा नै गरी सार्वजनिक गरिनुलाई कसैले सकरात्मक त कसैले नकरात्मक रुपमा टिकाटिप्पणी गरेका छन् । नेताहरुले आन्तारिक रुपमा लामो छलफल भएको र धेरै वर्षदेखिको तयारी हुँदै आएको भनिए पनि कार्यकर्तास्तरमा भने एकताको घटना आश्चर्यजनक खबर बनेको छ ।

    राजनीतिमा असम्भव भन्ने कुरा नहुने र शत्रु र मित्र हुँदैन भन्ने कुरा पनि नेपाली राजनीतिक घटनाक्रमले बेलाबेला पुष्टि गर्ने गरेको छ । मंगलबार भएको वाम एकताको अभियानले फेरि यो भनाईलाई पुष्टि गरेको छ । केहि दिनअघिसम्म कटाक्ष गर्ने एमाले–माओवादी केन्द्र र असन्तुष्टि जनाउँदै पार्टी फुटाएर नयाँ पार्टी खोलेका नयाँ शक्ति पार्टी एउटै कम्युनिष्ट पार्टी निर्माण गर्ने अभियानमा प्रतिबद्धता व्यक्त गरेका छन् । कतिले यो एकता चुनावी रणनीति मात्र भनेका छन् भने धेरैले यसलाई सकरात्मक भन्दै वाम एकता सफल बनोस् भन्ने शुभकामना दिएका छन् ।

    uml-maobadi-yekata-1

    वाम एकता अभियानको घोषणालाई जनस्तरले कसरी लिएका छन् र उनीहरुको प्रतिक्रिया :

    धर्मेन्द्र बास्तोला, काठमाडौँ : सम्सकृतमा यौटा भनाई छ ‘रंक करोति राजानाम् राजानाम् रंकमेवचस्’ अथवा यसलाई नेपालीमा यसरी अर्थ लगाउने गरिन्छ, परिवेशले ‘योगि (जोगी) राजा हुनसक्छ र राजा योगि पनि’। माओवादी केन्द्र (माके) र एमाले बिचको एकताको राजनीतिमा यहि लागु हुँदैछ । यौटा अर्कोमा रुपान्तरित हुने द्वन्दवाद बिषेश समय, परिस्थिति र वाध्यतामा देखिने कुरा हुन् । यहि द्वन्दवाद क परिवेशले माले पाटी (हालको एमाले) प्रतिगमन्मा प्रवेश गरेझै अर्को सपेक्षतामा एमालेको कार्यदिशासंग एकता गर्दै माके पाटी प्रतिगमनमा पतन हुनु न अनौठो हो न अन्यथा । समाजको आवस्यकता र समयको गतिले सबै प्रतिगमन समाप्त गर्ने पनि अनिवार्य सर्त हो । मानिसले बर्गसंघर्स र आमुल परिवर्तन बिना आदर्शको सपनामा ऐजेरुको रुखमुनि तपस्या गरेर आँप फलको अभिलाषा गर्नु आँफैमा ठगिनु पनि हो ।

    खिमलाल देवकोटा, काठमाडौँ : आर्थिक समृद्दी सहित समुन्नत समाजबादको उद्देश्य प्राप्तिकालागि आरम्भ भएको बृहत एकता र ध्रुबिकरण अभियानलाइ हर हालत्मा सफल पारौ ।

    योगेश भट्टराई, काठमाडौँ : नेपाली राजनीतिमा ऐतिहासिक क्षण र नयाँ तरङ्ग, यो इृतिहासिक घोषणा र ऐतिहासिक दिनको हार्दिक स्वागत् ।

    मोहनमान स्वाँर, काठमाडौँ : आजको आवश्यकता , सबै वामपनथिको एउटा कम्युनिस्ट पार्टी निर्माण गरि नयाँ ढंगले अघि बढ्न आवश्यक छ।

    कृष्णध्वज खड्का, काठमाडौँ : अहिले को बिश्व परिबेसमा राष्ट्रिय स्वाधीनता को रक्षा गर्न,समाज बादी क्रान्ति सम्पन्न गर्न सक्ने लायक पार्टी निर्माण गर्न,परिबर्तन का एजेन्डा हरुलाइ दिगो ढङ्गले संस्थागत गरि अगाडि बढन,बिग्रेका भत्केकाहरुलाइ सच्याउन, महँगो तडक भडक र खर्चिलो चुनाबको सामना गर्न, देसि बिदेशी प्रतिक्रियावादी हरुलाइ परास्त गर्न , प्रतेक्ष कार्यकारी( पुर्ण समानुपातिक निर्बाचन(लगायत का बाकी रहेका एजेन्डा पूरा गर्न, जाती बर्ग लिंगक्षेत्र का मागहरुलाइ पूरा गर्न । सारमा भन्दा रक्षात्मक अबस्थामा रहेको द्दज्ञओ सताप्दिको कम्युनिस्ट आन्दोलन लाई अगाडि बढाउन एमाले संगको जोखिम पुर्ण चुनावी तालमेल वा सहकार्य आबस्यक थियो ।काग्रेस संग अनिश्चित त छदैछ दीर्घकालीन त हुनै सक्तैन १६५ प्रतिशत नेपाली कम्युनिस्ट लाई एकताबद्ध गर्नु हाम्रो पनि त कर्तव्य हो । प्रचन्ड जस्तो राजनेता को त झन् जिम्मेवारी नै हो ।

    नरेन्द्रजंग पिटर : मेरो १ मात्र चहाना समग्र माओवादी घटकले जनयूद्दको निर्मम समिछ्या गरून् ।।त्यो विश्व कम्युनिस्ट आन्दोलनलाई गम्भीर दस्तावेज होला भन्ने लागेको थियो । त्यस आशाको आजदेखी बिट मारियो ।यो नेपाललाइ मात्र हैन विश्वका क्रान्तिकारी कम्युनिस्ट आन्दोलनको लागि पनि नकरात्मक ऐतिहासिक दिन भनेर नोट हुनेछ ।

    रामकुमार श्रेष्ठ, अष्ट्रेलिया : मैले लामो समयदेखि देश पछाडि पर्नुको एउटा प्रमुख कारण अनाबस्यक अति धेरै पार्टी हुनु पनि भएकोले पार्टीहरु ध्रुबिकरण भएर बढीमा ५/६ पार्टीमा आउनुपर्छ भन्ने आवाज उठाइरहेकोमा स्थानीय चुनावको बेला निर्धारण गरिएको थ्रेसहोल्डका कारण सो अबधारणालाई टेवा पुग्न गएको थियो । आगामी चुनावमा तालमेल गर्ने र लगत्तै पार्टी एकीकरण गर्ने सहमति पत्रमा एमाले, माओवादी केन्द्र र नयाँशक्ति नेपालले हस्ताक्षर गर्नुका पछाडि निकै चुनौति हुँदाहुँदै पनि समयको मागलाई ध्यानमा राखेर ठुलो छात्ति बनाउंदै क्षमता प्रदर्शन गरेर ऐतिहासिक ब्यक्ति बन्ने यो महान अबसर पनि नभएको होइन । मर्ने बेलामा कत्तिले ऐतिहासिक ब्यक्ति बन्ने सुअबसर गुमाए पनि बाँकीले देशको लागि त्यो अबसर नगुमाउन ।
    समय सान्दर्भिक यो कदमले प्रजातान्र्तिक शक्तिहरुका बीच पनि ध्रुबिकरण गर्न दवाब दिनेछ जुन अति आबस्यक छ । जे मन लाग्यो लेख्नु, बोल्नु र गर्नुलाई प्रजातान्तिक हकको उपभोग गरेको ठान्ने र त्यसो गर्दा आफूलाई सिद्धान्तकार नै ठान्ने संस्कारमा अभ्यस्तहरुको जमातका अनेकन फतफतीले निस्सन्देह नै ब्यापकता पाउनेछ अबको केही समयले । समयानुकूल नहुने पुरानो सिद्धान्तको शब्द र लाइन कण्ठस्त बाचन गर्नमा नै गर्बानुभूति गर्नेहरुले पनि अनेकन आरोप लगाउने काम पनि पाउनेछन । जीवनको उत्तरार्धमा यस्ता ब्यबधानहरुलाई निस्तेज पार्दै अबिचलित रुपमा अघि बढ्नु आबस्यक छ डाँडा पारीको घाम हुने बेलाका नेताहरु यदि उनीहरु भावी सन्ततिका गालीबाट जोगिने नै हो भने । घरले जाऊ जाऊ बनले आऊ आऊ भन्ने बेलाका नेताहरुले संकीर्णतालाई त्यागेर यो कदमलाई सफल बनाउन सकेको खण्डमा एउटा सांसद लिंदै च्यांखे थापेर नै पनि संधै मन्त्री बन्ने सपना बोक्दै देशमा अस्थिरता कायम गर्न तल्लिन स(साना पार्टी बिस्तारै बिलय हुँदै जानेछन र देश निस्चित रुपमा अगाडि बढ्नेछ ।
    अगाडि बढ्ने क्रममा ब्यक्तिगत र समूहगत स्वार्थमा अभ्यस्तहरुका बीच घन्चमन्च हुनु र ब्यक्तिगत र समूहगत नाफा घाटा हुनु स्वाभाबिकै हो र पनि यस्को सफलता समग्रमा देशको हितको लागि अपरिहार्य छ ।

    शेखर ढुंगेल, अमेरिका : संबिधानसभाको पहिलो अबसान गराएर यूरोपियन र अमेरिकन भन्दा माथिको प्रभाब देखाउन खोजेको भारतले संबिधान जारि गर्न रोक्न नसके पछी नेपालमा निरन्तर अस्थिरता खोजि रह्यो आफ्नो बिस्वसिलो पात्र डा लाइ फुटाएर अर्को शक्ति निर्माणमा असफलता पश्चात एमाले लाइ अर्थात् यूरोपियन लाइ धक्का दिन डा भट्टराई सहित अर्को विश्वास पात्र प्रचण्ड जसलाई स्रोत साधन र सुरक्षा दिएर जन युद्ध गराएको थियो र आफ्नो अभिष्ट पुरा गर्न तत्कालमा यूरोपियन र अमेरिकन सङ्ग को सहयात्रामा नेपाल माथि आफ्नो प्रभाब दरिलो बनाउन सकिन्छ भन्ने साउथ बल्क को अनुमान गलत साबित भयो र अब यूरोपियन को ठुलो लगानी रहेको एमाले ध्वस्त बनाउन फेरी डा भट्टराई र प्रचण्ड लाइ प्रयोग गर्न भारत सफल भएको छ हेरौ केहि समय पर्खौ अब कस्तो बाटो तय हुन्छ
    स्मरण रहोस यो एकताको नाटक कुनै देश भक्ति सम्वृद्धि र सुशासनको लागि भएको छैन र होइन ।।।।यूरो र भारु को अर्को लडाई हो ।।हेर्दै जाऊ ।।

    डा विपी बादल, काठमाडौँ : महात्मा गान्धीले भनेझै ‘नीति बिनाको राजनीति घातक हुन्छ’ सोहि अनुरुप जनतालाई विभिन्न बहानामा टुक्र्याउने, एक अर्कालाई सत्तो सराप गर्ने बाहेक केहि फरकपना नभएका तर सैद्दान्तिक आधार बिल्कुल एउटै भएका राजनैतिक पार्टीहरुको एकतालाई सकारात्मक मान्नु पर्दछ । जबज, प्रचण्ड पथ जे भनेपनि सारमा यो एउटा सामाजिक प्रजातान्त्रिक बिचारधारा हो । यो साम्यवाद उन्मुख बिचारधारा हो जसलाई बामपन्थी या कम्युनिस्ट्स विचारधारा भन्न सकिन्छ । यो महान घटनालाई टुंगोमा पुराउनु अत्यन्तै कठिन छ र राजनीतिको अनैतिक व्यापार गरेर बसेका च्याँखे दलहरु र पुँजीवादी देशी, बिदेशी शक्तिहरु यो एकता कुनै पनि हालतमा तोड्न चाहन्छन । एमाले, माओबादी र नयाशक्ति पार्टीहरु अत्यन्तै सजक र एक अर्का प्रति ससम्मान प्रस्तुत हुनु अनिवार्य हुन्छ । यो परिघटनाले नेपालको राजनीतिले सहि मार्ग पैल्याएको छ । नीति र शिद्दान्त अनुरुप पार्टीहरु एकीकृत भएका छन् ।यसको स्थायित्व र बिकासले नै नेपालको समग्र आर्थिक बिकासको बाटो पहिल्याउने आशा गर्न सकिन्छ ।
    अब अर्को पक्ष भनेको नेपालको प्रजातन्त्रबादी बैचारिक समूह हो । अब यो नीति र शिद्दन्त अंगालेका राजनैतिक पार्टीहरु एकताको सुत्रमा बांधिनुको विकल्प छैन । अब फेरी राजा सहितको हिन्दु राज्यमा फर्कनु भन्नु उल्टो बाटोमा हिंड्नु मात्र हो जसले नेपाल लाई दुर्घटनामा बाहेक कतै पुराउन्दैन । अब कांग्रेश, राप्रपा, सबै प्रजातान्त्रिक राजनीतिक दल मिलेर अब्राहम लिंकनले भने झैं पूर्ण प्रजातान्त्रिक ‘जनताले, जनताद्वारा जनताको लागि गरिने प्रजातान्त्रिक शासन प्रणाली’ अपनाउनुको विकल्प देखिन्दैन । बिपी र महेन्द्रको टकरावले देश यति पछाडी पुग्यो अब यी दुवै शक्ति एक भएर देशलाई समृद्ध पार्नु अहिलेको आवस्यकता हो ! आउनुहोस नेपाल प्रजातान्त्रिक पार्टी गठन गरौँ ! राजनीतिलाई सहि मार्गमा ल्याउन आफ्ना आग्रह पूर्वाग्रह त्यागेर पूर्ण प्रजातान्त्रिक परिपाटीबाट निर्वाचनबाट जन भावना अनुरुप शासन संचालन गरौँ ! समृद्दिको मार्गमा हिंड्ने सम्पूर्ण राजनैतिक दलहरुलाई हार्दिक शुभकामना !

    नारायण रपाल विश्वकर्मा, बहराइन : मिल्नु नराम्रो होईन ! हिजो माओवादी एमाले सँग मिल्यो भन्दा धरक्क भएको मन आज हिजोका मित्रसक्तीहरु नया शक्ति , ससफो समेत एकता मा देखिँदा नया जोस थपिएको छ !! अब एकतामा आएका सबै राजनैतिक पार्टी हरु कार्यकर्ता लेबल बाटै नया उमंग , नया जोस का साथ एकता मा जुटनु नै आज को आवास्यकता देखिन्छ । आसा राखौ हिजो पार्टी पंतिमा रहेका बैधपक्ष, बिप्लब पक्ष पनि एकता मा जोडिने छ !! जय बाम एकता !!

    भक्तराज कार्की क्षेत्री, भारत : नेपालमा टड बर्सको कम्युनिष्ट आन्दोलनमा नेपाली जनताको लागी सबभन्दा खुसिको दिन आज । किनकी नेपाल कम्युनिष्ट पार्टीले जुन मार्गदर्सनका साथ माहान लक्ष लिएर अगाडी बडेको थियो अन्तर्राव्ट्रिय कम्युनिष्ट आन्दोलनलाई बुज्नेक्रममा देखा परेका मतभेतले दर्जनौ टुक्रामा बिभाजित कम्युनिष्टहरु आज पुन एकैठाउमा मिलन हुने माहोल बनिरहेको छ यो नेपाली जनताको एतिहासिक बिजय हो आज कम्युनिष्ट लाई एकताको सुत्रमा ल्याउन प्रमुख नेतृत्व गर्नु भएका राष्ट्र र अन्तर्राष्टीय ख्याती प्रात तिन लिडर माधब नेपाल केपी ओली र प्रचण्ड लाइ यो बेला टिका टिप्पोणी होइन पुण प्रसन्साह र ऐतिहासिक काम संपन्न पारेकोमा शुभकामानाहरु दिनु पर्छ।

    टिका पौडेल, भारत : बाँदरले खेती खान्छकी रु भनेर खेती नगर्ने र भुकम्प आउँछकी रुभन्ने डरले घरै नबनाउने रुरु कुरालाई राम्रो सोच मान्न सकिन्न । हामी समय र परिस्थिति अनुरूप अघि बढदा केहि चुनौतिको पनि सामना गर्न तैयार हुनै पर्छ ।

    कविताराम श्रेष्ठ, बेलायत : एमाले र माकेको एकताको कुरा नाटकीय मात्र हो। चुनाबी तालमेल चाहिं सम्भव छ। यस्तो भइहालेमा माकेको विलय र प्रचण्डको उदय पक्का छ।

    भगवती बस्नेत, इजरायल : नयाँ राजनीतिक समीकरण सत्ताको लागि खेल हो या दीर्घकालिन मेल हो । कांग्रेसलाई जति विपक्षीबाट प्रहार हुन्छ त्यति नै कांग्रेसमा एकता हुन्छ । पार्टी संगठित र ऊर्जाशील हुन्छ ।कार्यकर्ता त्यत्तिकै सक्रिय हुन्छन्। बामहरूको आजको एकता व्यक्तिगत र गुटगत स्वार्थ अनि पद र शक्ति प्राप्तिको लागि मात्र नभएर ठोस र वस्तुनिष्ठ उदेश्यका साथ एकता भएको होस् । सकारात्मक सोचौ , फुट्नु भन्दा जुट्नु राम्रो , देश विकास होस् ।
    मित्रलाल पार्दे, पोल्याण्ड : हस्ताक्षर र भ्रष्टाचारको भुमरीमा रुमल्लिएको मेरो देशमा कठै अन्धभक्ती ू निरक्षर ू कार्यकर्ता आज न यता न उता ।

    कृष्ण पालुवा, चेन्नाई इण्डिया : दुनियाँ राम्रो कामको खुलेर समर्थन गर्दछन्। हामी एकिकृत भए भनेर पनि बिरोध नै गरेका छौ। होइन कति नकरात्मक प्राणी रहेछौ हामी नेपाली। कि बिरोध मात्र हाम्रो धर्म हो ?
    अझै भन्नु पर्दा मार्क्सवादी दर्शन पढेका बामपन्थी पार्टीका कार्यकर्ता हरु द्वन्द्ववाद का आधारभुत नियम अवश्य बुझेका हुनुपर्ने। नयाँ उत्पत्ति गर्न पुरानो को ध्वंस आवश्यकिय कुरा। मकै को बिउँ माटो मुनी नराखी घोवा लाग्ने बोट बन्दैन। नाम मात्र होइन हामीलाई चाहिएको काम हो त्यो एकता बाट मात्रै संभव छ।
    राप्रपा को एकता झै हुन्छ किरु भन्ने चिन्ता पनि धेरै मा देखिन्छ तर मलाई लाग्दैन हामी त्यति कमजोर छौ। राप्रपा पुराना हरुको संगठन हो बामपन्थी हरु आफै संघर्ष बाट खारिएर आएका हुन्।
    यो राजनीति हो एकता स्थायी होला नहोला त्यो समयमा भर पर्ला नै तर अहिले लाई एकता नै बल हो। खुलेर स्वागत गरौ !!

    बादल बस्नेत, भारत : सबै शिर्ष नेताहरु एक मंचमा उभिएर ‘समुन्नत समाजवाद र आर्थिक समृद्धि हाम्रो अर्जुनदृष्टि, प्रत्यक्ष निर्वाचित कार्यकारी’  आदि नारा दोहोर्याई रहँदा एक चोटी डा बाबुराम भट्टराई लाई सलाम गर्नै कर लाग्यो १
    यदि देश र जनताको आवस्यकतालाई बुझी कुर्सिको हानथाप छोडेकै हो भने सलाम सबै नेतालाई १ कुर्सीको भर्याङ नबनोस बाम एकता १

    बेदुराम भूषाल, काठमाडौँ : पार्टी एकताको लागि त धेरै काम गर्न वाँकी छ । संविधान जारी भएपछि बनेको वाम मोर्चा भत्काउनु गलत भएको महसुस गरी त्यस गल्तीलाई सच्याउँदै पुनः वाम तालमेल कायम गर्नु अत्यन्त सकारात्मक काम हो । यसलाई हृदयदेखि नै स्वागत गरौं र यसलाई पार्टी एकतामै परिणत गर्नका निम्ति सवैले आ–आफ्नो ठाउँबाट पहल गरौं ।

    मोहन बास्तोला,काठमाडौँ : वाम एकताको हल्लासँगै एक थरीले केपी शर्मा ओली पार्टी अध्यक्ष, प्रचण्ड प्रधानमन्त्री, माधव नेपाल राष्ट्रपति भने । अर्को थरीले केपी ओली प्रधानमन्त्री, माधव नेपाल पार्टी अध्यक्ष, प्रचण्ड राष्ट्रपति भने । अर्को थरीले चाहिँ केपी ओली पार्टी अध्यक्ष, माधव नेपाल प्रधानमन्त्री, प्रचण्ड राष्ट्रपति भने । झन् अर्को थरी निस्किए उनीहरुले बाबुराम भट्टराईलाई महासचिव, माधव नेपाललाई पार्टी अध्यक्ष र केपी ओली प्रधानमन्त्री, प्रचण्ड राष्ट्रपति भने । यसमा अरु पनि सुझाव भए थप्दै जाऔँ । तर, अन्तिममा बाम एकता जिन्दावाद चाहिँ नछुटाऔँ है।।।

    अम्बु गुरुङ, हङकङ : माओवादी, एमाले र नयाँशक्तिबीच चुनावी तालमेल घोषणा अभियान वाम एकताको बाटो हुदै पार्टी एकताको मुल ढोका भित्र छिरिसकेको छ । अब, सबै वाम घटकहरु त्यहि ढोका भित्र छिर्दै एउटै मात्र ‘नेपाल कम्युनिस्ट पार्टी’ बन्न जरुरी छ । संगै, परिवर्तनशील शक्ति तथा लोकतान्त्रिक शक्ति बीच एकता गर्दै अहिले फेल भईसकेको संसदीय व्यवस्था प्रणालीलाई खारेज गर्दै कार्यकारी राष्ट्रपति प्रणालीमा जान जरुरी छ । र मात्र देशले मुहार फेर्ने छ । यस्तो महान काम कमरेड प्रचण्ड वाट मात्र संभव छ । तर, पहिचान सहितको संघियताको लागि भने अलि बढि कसरत गर्नै पर्ने स्थिति देखिन्छ ।

    नन्दा ढुंगाना, कतार : नेपालमा दुई शक्ति मात्रै रहने पक्कापक्की भएकै हो त ? मलाइ त बिभाजन भन्दा एकताले देश बिकास हुन्छ, राजनीतिक स्थिरता आउछ र समृद्ध नेपालको सिर्जना हुन्छ भन्ने लाग्छ ।

    रेशम बुढाथोकी, यूएई : हिजो दिन भरी नेपालमा भएको वाम घटकहरुको चुनावी एकता र भविस्यमा पार्टी एकता सम्म हुने अप्रत्यासित खबर एवं घोषणाको सबै वामपंथी बिशेष नेकपा (माओवादी) केन्द्रका शुभचिन्तक अथवा कमरेडहरुलाइ क्षण क्षणमा आफ्नो फेशबुकमा स्टाटस लेखेर बिभिन्न सन्तुष्टि र असन्तुष्टि सम्प्रेषण गर्न वा कृया प्रतिक्रिमै ब्यास्त बनायो आफै पनि बनियों ।
    नेपालमा भएको दिन भरीको घटना र घोषणा सभा बिबिसी नेपाली सेवा वा बिभिन्न समाचार लाइ अध्यन गर्दा नेपालका कर्मचारी राजनैतिक दलका नेताहरु वा कुनैपनि क्षेत्रमा लागेका ब्याक्तिहरु ठुलो भष्टर्चारगरी देश दुवाउनुमा एउटा मुख्य कारण २००७ यताको अस्थिर राजनिति पनि हो भन्ने लाग्यो ।
    यथार्थमा समानुपातिकको भरमा आएको मत प्रयोग गरी राज्य दोहोन गर्न पल्केका कमल थापा बिजय गच्छेदार राज्य लुटेका  खुमबहादुर खड्का जस्तालाइ ५० केजीको माला लगाइ दिएर स्वागत गर्ने प्रवृतिको राजनैतिक अन्त्य हुनु भने जरुरी छ ।
    २ ठुला वामपंथी दलहरुको चुनावी तालमेल र एकताले अबस्य पनि नेपालको अस्थिर राजनीतिको अत्य त हुनेनै छ तर भबिष्यमा ६२/६३को राजनैतिक आन्दोलनको उपलब्धि गणतन्त्र धर्मनिरपेक्षता समानुपातिक समाबेशि जस्ता राजनैतिक एजेण्डाको रक्षा हुनु भने जरुरी छ ।

    प्रस्तुत प्रतिक्रियाहरु सम्बन्धित व्यक्तिहरुको फेसबुकवाल लिइएको हो । 

    १९९४ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad