BizPati

  • Ad
  • Ad
  • आज : २०७४ कार्तिक २ गते
    Headlines :
    Ad
    Ad

    मुटु सम्बन्धी समस्याका कारण कार्भाहालले जिन्दगीभर फुटबल खेल्न नसक्ने सम्भावना !

    संसार न्यूज संवाददाताआश्विन २०, २०७४

    carvajal२० असोज, एजेन्सी । रियल म्याड्रिडका स्टार राईट ब्याक ड्यानी कार्भाहाल मुटुको संक्रमणका कारण फुटबल नै गुमाउन सक्ने स्थितीमा पुग्न सक्ने सम्भावना रहेको पाईएको छ । च्याम्पियन्स लिग अन्र्तगत बोरुस्सिया डर्टमन्ड सँगको खेल पछि अस्पताल भर्ना भएका स्पेनिश खेलाडी कार्भाहाललाई मुटुको समस्या रहेको प्रारम्भिक रिपोर्टमा देखिएको थियो ।

    मुटुको समस्या हेर्दा कार्भाहालले आगामी दिनमा फुटबल खेल्न नसक्ने समेत सम्भावना रहेको उनको उपचारमा उपचारमा संलग्न चिकित्सकहरुलाई उद्धृत गर्दै डेली मेलले लेखेको छ ।

    रियल म्याड्रिडको एकेडेमी उत्पादन कार्भाहाल सन् २०१३ देखि रियल म्याड्रिडको पहिलो टिमबाट खेल्दै आएका छन् । निकै तीब्र गतिमा मैदानमा कुद्न सक्ने कार्भाहाललाई रियल म्याड्रिडको ईमान्दार खेलाडीको रुपमा लिने गरिन्छ । उनलाई रियल म्याड्रिडको भावी क्याप्टेनको रुपमा समेत हेर्ने गरिन्छ ।

    १६२७ पटक
    प्रतिकृया दिनुहोस्