BizPati

  • Ad
  • Ad
  • आज : २०७४ कार्तिक २ गते
    Headlines :
    Ad
    Ad

    सन्निकटमा तेश्रो बिश्व युद्ध र हाम्रो दायित्व

    डिल्ली राम अम्माई,बेल्जियमआश्विन २१, २०७४

    dilli-ram-ammai

    चीन तहसनहस पार्ने निहुँमा त्यसको प्रयोग अहिले अफगानिस्तान पछि नेपालमा हुँदैछ । उनीहरुका एजेन्टहरुले आफ्ना सम्भावित सेल्टरहरु धमाधम निर्माण गर्दैछन, चाहे त्यो धर्मको नाउँमा होस् वा सहयोगको नाउँमा होस् , तर नेपालको मध्यम वर्ग अहिले पनि सिरानी हालेर सुतेको छ । जब आफ्नो सांस्कृतिक पहिचान सहितको स्वर्ग जस्तो नेपालको स्वरुप बिग्रने छ तब मात्र हामी ब्युझिने छौ ।

    अहिले बिकसीत देशहरु सिरिया लगायत मध्यपुर्व, युक्रेन,कोरियन द्वीप लगायतका देश र क्षेत्रहरुबाट प्रत्यक्ष वा अप्रत्यक्षरुपमा युद्धमा भाग लिइरहेका छन् । त्यहा उनीहरुका आ-आफ्नै रणनैतिक र व्यापारिक चाहनाहरु छन् । त्यहि कारणले उनीहरुले मध्यपुर्वमा नरसंहार मच्चाई रहेका छन् भने पुर्बी एशिया तथा अफ्रिकातर्फ चाइना, रशिया तथा उनीहरुका व्यापारिक र सामरिक चाहनाहरु टक्राइरहेको अवस्थाले तेश्रो विश्व युद्धका आधारहरु परिपक्क बनाउने तर्फ़ नै बल पुर्याईरहेकोमा कसैको दुइमत छैन । त्यसमा उत्तरकोरियाका शृंखलाबद्ध आणविक हतियारको परिक्षणले झनै आगोमा घिउ थप्ने काम गरेको देखिन्छ । संक्षेपमा भन्दा अहिले विश्व सामरिक क्षेत्रमा तीनवटा जल्दाबल्दा अन्तरविरोधहरु कारण तेश्रो विश्वयुद्ध हुन सक्ने आशंका बढिरहेको छ । ति समस्याग्रस्त अन्तरविरोधहरुलाई हेर्दा प्रख्यात बैज्ञानिक अल्बर्ट आइस्टाइनको एउटा भनाइलाई सम्झना बाध्य बनाउछ । उनले भनेका थिए,-” मलाइ थाह छैन तेश्रो विश्व युद्धमा कुन चाहिं हतियार प्रयोग हुन्छ तर चौथो विश्वयुद्ध लौरो र ढुङ्गोको प्रयोगबाट शुरु हुनेछ ।” उनको भनाइले तेश्रो विश्व युद्धमा मानब सभ्यताको समाप्ति तथा पूर्ण मानब संहार हुने तर्फ़को संकेतलाइ सजिलै बुझ्न सकिन्छ ।

    kim

    अन्तर बिरोधका रुपहरु

    अहिले चर्कंदै गैरहेको पहिलो समस्या वा अन्तरविरोध रशिया र युक्रेन बिचको शत्रुता पूर्ण शितयुद्ध हो । त्यस्तै दोश्रो सामरिक अन्तरविरोध मध्येपुर्वमा पश्चिमाहरुले कथित आतंकबाद बिरुद्धको नामना थोपरी दिएको अन्तहीन गृहयुद्ध हो । त्यस्तै गम्भीर तथा अन्तिम अन्तरविरोध भनेको पश्चिमा र उत्तर कोरियासंगको अन्तरविरोध हो ।

    गलत होस् वा सहि,ऐतिहासिक रुपमा रसियाले बाल्टिक समुन्द्र वरिपरी र पोल्याण्डको सिमासम्म आफ्नो सामरिक शुरक्षाको प्रत्याभूति चाहन्छ । र त्यो क्षेत्रमा नियन्त्रण गरिरहने प्रयासलाई कदापि छोड्न सक्दैन । त्यहि कुरा जर्जियाको सन्दर्भमा पनि जोडिएर आउछ । जर्जियाले नेटोमा प्रवेश गर्ने चाहना राख्दा मात्रै पनि रशियाले तुरुन्त जर्जियालाई आक्रमण गर्ने चेतावनी दियो । त्यहि बेला रशियाले आफ्नो सैनिकलाई अल्काजिया र ओसेटियामा युद्धको लागि तैनाथ गर्यो । जर्जिया नेटोमा जोडिने सपनाबाट पछि हट्नुको मुख्य कारण त्यहि थियो । त्यो अबस्थामा रशियाले युक्रेन, क्रिमिया र जर्जियामा देखाएको हर्कतको बिरोध गर्नु आवश्यक देखिएपनि पश्चिमाहरुले रसियाका छिमेकी देशभित्रका अन्तरविरोधभित्र खेलेर गृह युद्धको तयारि गर्नु, युद्धको वाताबरण तयार गर्नु र आफ्ना हतियारहरुको ब्यापारमा वृद्धि गर्ने प्रपन्चलाई पनि उत्तिकै नजर अन्दाज गर्नु पर्ने हुन्छ । अमेरिका र पश्चिमी सम्बन्धहरूले रशियाको शुरक्षा घेरालाई खल्बल्याउन र बिथोल्न उसका छिमेकीहरुलाई उक्स्याउने रणनीतिलाइ देखाउछ । नेटो र इयुको योजनामा गर्न लागेका यस्ता हर्कतहरु एउटा शिमामा पुगे पछि विस्फोटक बन्ने निश्चित प्राय छ । यो अवस्थाले भविष्यलाई झनै खतरापूर्ण बनाउदै लागेको छ । बाल्टिक सागर वरपरको सम्पदालाई कब्जा गर्न लागि परेका पश्चिमा ब्लकलाई रोक्न रशिया जुनसुकै खतरा मोल्न पनि तयार बनेर बसेको छ । रशियाको रुचिलाई ध्यान नदिइ बनाइएको पश्चिमाहरुको योजनाले संसारलाई विश्वयुद्धसम्म धेकेल्न्न सक्ने अडकलबाजी युरोपका धेरै राजनैतिक बिश्लेसक लगायत टर्कीका बिश्लेसक मार्कर इशयानले समेत गरेका छन् ।

    अहिले संयुक्त रास्ट्र संघ लगाएर उत्तर कोरियालाई नाका बन्दि गरिएको छ । अमेरिकाको त्यहि निहुमा चाइनालाइ उत्तर कोरियामा फसाएर दक्षिण चिनिया सागर कब्जा गर्ने र आफ्नो स्थाई सैनिक अखडा कायम गरि पुर्बी एसियामा गृहयुद्ध सल्काएर हतियार ब्यापार बढाउने योजना हुन सक्छ । त्यसैले उसले भियतनाम, लाओस, बर्मा, भारत र अन्य मुलुकहरुलाई चीनको बिरुद्ध उकासि रहेको तथ्यलाई बिर्सन मिल्दैन । त्यसमा उसको दाउ चीनलाई पूर्वबाट पुरै घेरा हालेर तहसनहस पार्ने दाउ पनि जोडिएको छ । किनकि अबको केहि बर्षमा चीनको अर्थतन्त्र अमेरिकाको भन्दा मजबुद हुने देखिएको छ ।

    trump--world-war

    शक्ति राष्ट्रबीच रहेका प्रधान अन्तरविरोध बिचको अन्तरसम्बन्ध

    अहिले संसार खतरनाक युद्धको सन्निकट उभिएको देखिन्छ । अहिले साम्राज्यबादी खिचातानिबिच झ्यांगिदै गएका अन्तरविरोधहरुले तेश्रो विश्वयुद्धतर्फ बढी संकेत गरिरहेका छन् । उनीहरु बिचको एउटा समस्या अप्रतक्ष वा प्रतक्ष रुपमा अर्कोसँग जोडिएको छ । युक्रेनको समस्या प्रतक्ष रुपमा सिरिया र मध्यपूर्वका समस्याहरुसंग जोडिएको छ । रशियाले सिरियामा आफ्नो हात माथि पार्न बिद्रोही बिरुद्ध सैनिक सहयोग गरिरहेको छ । ट्रंप कार्ड प्रयोग गर्दै रसियाले युक्रेनलाई तर्साउदै छ भने सिरिया पछि लिबियामा पनि आफ्नो सामरिक प्रभाबको अन्त्य भएकोले पुन पहुच पुनर्स्थापित गर्न खोजिरहेको छ । रसियाले आफ्नो सामरिक पहुच भूमध्यसागरसम्म स्थापित गर्ने प्रयासलाई निरन्तर जारि राखेको छ । यो उसको आफ्नो बाध्यता हो । उसले सबैतिरको प्रयास जारि नराख्ने हो भने अमेरिकाले आफ्नो सारा शक्ति युक्रेन र पुर्बी क्यारबियन सागरमा केन्द्रित गर्छ भन्ने रसियामा डर छ । ओबामा प्रशासनको कटुतापूर्ण र अदुरदर्शी विदेशनीतिले रसियालाई सिरिया र प्यालेस्टाइनबाट छिरेर मध्यपूर्वको सिंगो क्षेत्रमा खेल्ने मौका प्राप्त गराएको भन्ने टर्कीका विश्लेषकहरुको दाबीलाई सत्य नजिक मान्न सकिन्छ । त्यहि कारणले अहिले इजराएल हड्बडाई रहेको छ ।

    रसिया मध्ये पुर्वमा छिरेपछि इजरायलको सत्ताशिन वर्ग चयनले सुत्न पाएको छैन । त्यहि क्रममा इजरायलका प्रधानमन्त्रि बेन्जामिन न्येतान्याहुले रसिया तर्फ़ संकेत गर्दै प्यालिष्तैन प्रधानमन्त्रि रमि हम्दल्हसंग दुख पोख्दै भनेकाछन -“यदि तिमि शक्तिशाली र आत्मनिर्भर हुन चाहन्छ भने इरानको संगत छोड्नु पर्छ । र इरानिलाई प्यालिस्टाइनबाट हटाउनु पर्छ ।” उनलाई यो ज्ञान भैसकेको छ कि मध्यपुर्वमा अशान्ति भयो भने अमेरिका संगसंगै रसिया पनि पुग्दछ,किनकि त्यहा दुबैको सामरिक इन्ट्रेस्ट जोडिएको छ । उनलाई त्यो पनि ज्ञान भएकै कुरा होकी रसियाले त्यो कदापि हुन दिनेछैन यदि अत्याधिक दवाब दिइरह्यो भने रसियाले शैनिक कारवाही शुरु गर्ने छ । यी सबै कुराबाट यो निचोड निकाल्न सकिन्छा कि मध्यपूर्वको अवस्थापनि युद्धको सन्मुख उभिएको देखिन्छ । त्यसले मध्यपूर्वमा रसिया, इरान र इजरायल बीच गम्भीर अन्तरविरोधको अवस्थालाई छर्लंग पार्दछ । समस्यालाई नजिकबाट बुझ्ने विश्लेषकहरुले त्यहा क्षेत्रीय सुरक्षा प्रभाबको रणनीतिलाई डरलाग्दो बताउदै आएका छन् ।

    त्यस्तै नर्थ कोरियाको समस्या पनि अर्को तरिकाले भन्दा रसिया , चनिया र अमेरिकाको शुरक्षा स्वार्थको बीचबाट उब्जेको समस्या हो । सोभियत युनियनकै पालादेखि नर्थ कोरिया चीन र रसियाको सुरक्षा घेराभित्र रहदै आएको र त्यहि स्वार्थले टुक्रिएको मुलुक हो । यो उनीहरुकै शुरक्षा छाताभित्र पालिदै पोसिदै आएको सबैलाई बिदितै छ । नर्थ कोरिया माथि अन्य कसैले हस्तक्षेप गरेको रुस र चीनले एकमिनेट पनि साहन सक्दैनन् ।

    अझ बुझिनेगरी भन्दा नर्थ कोरियाको नेतृत्वदायी कलाकार चाइना हो । तर यो तथ्यलाई अमेरिकाले बुझेर पनि बुझ पचाएजस्तो गरिरहेको छ । उसले रसिया र चाइनाको सुरक्षाको नलिहाडमा चोट दिएर आफ्नो साउथ चाइनाको सामरिक कब्जालाई पुरा गर्न चाहन्छ । स्वर्गीय कम्युनिष्ट नेता माओले भन्ने गर्थे,” कोरियन प्रायद्विप हाम्रोलागि अतिनै महत्वपुर्ण र अपरिहार्य छ ।” त्यसैले उनले कोरियन लडाइमा लाखौको संख्यामा आफ्ना सेनाहरु पठाएका थिए । त्यस लडाइमा आफ्ना चारलाख सेना सहित जेठो छोरा माओ एनिंग समेत मारिए । त्यति क्षति बेहोर्दापनि उनले त्यो युद्ध आवस्यक थिएन भनेर पश्याताप गरेनन भनिन्छ । त्यसैले नर्थ कोरिया बचाउन चाइनाले ठुलो त्याग गरेको छ । त्यो चीनको लागि त्यति महत्वपुर्ण छ कि उसले उत्तर कोरियालाई चाहेर पनि पिठ्यूँ फर्काउन सक्दैन ।

    चाइनाका पुराना नेताहरुले आफ्नो नयाँ पुस्तालाई त्यो कुरा सिकाइरहेको देखिन्छ कि उनीहरुको देशको प्रमुख जिम्मेवारी कोरियन द्वीपको सुरक्षा हो र त्यहा साम्राज्यबादलाई छिर्न खोज्ने उत्तर पुर्बी ढोका बन्द गर्न उत्तर कोरियालाई बचाए पछि मात्र सम्भब छ । उनीहरुको बुझाइमा उत्तर कोरिया र चाइनाको सम्बन्ध भनेको आन्तरिक हो । त्यसैले उत्तर कोरियाको मुद्धामा चाइना अमेरिकाको पक्षमा कहित्यै हुदैन ।

    अमेरिकन युद्धले सकिनै लागेको उत्तर कोरिया अहिले आणविक हतियार सम्पन्न बनाइएको छ । त्यो देशले आँफुलाई बचाउनको लागि आणविक हतियार उत्पादनको विकल्प देखेन । अहिले अमेरिका अफगान र मध्यपुर्बको कथित गृहयुद्धमा अल्झिरहेको बेला लगातार आणविक परिक्षणमा ब्यस्त छ । त्यहि मुद्धा अहिले अमेरिकाले उछालेर उत्तर कोरियालाई युद्धको लागि लल्कारिरहेको छ भने उत्तर कोरियाले पनि हाइद्रोजन बमको परिक्षण गरेर अमेरिकाको धम्कीलाई चुनौती दीइरहेको छ । अहिले संयुक्त रास्ट्र संघ लगाएर उत्तर कोरियालाई नाका बन्दि गरिएको छ । अमेरिकाको त्यहि निहुमा चाइनालाइ उत्तर कोरियामा फसाएर दक्षिण चिनिया सागर कब्जा गर्ने र आफ्नो स्थाई सैनिक अखडा कायम गरि पुर्बी एसियामा गृहयुद्ध सल्काएर हतियार ब्यापार बढाउने योजना हुन सक्छ । त्यसैले उसले भियतनाम, लाओस, बर्मा, भारत र अन्य मुलुकहरुलाई चीनको बिरुद्ध उकासि रहेको तथ्यलाई बिर्सन मिल्दैन । त्यसमा उसको दाउ चीनलाई पूर्वबाट पुरै घेरा हालेर तहसनहस पार्ने दाउ पनि जोडिएको छ । किनकि अबको केहि बर्षमा चीनको अर्थतन्त्र अमेरिकाको भन्दा मजबुद हुने देखिएको छ ।

    बाहिरबाट बुझ्दा चाइनाले नर्थ कोरिया बिरुद्ध लगाएको नाकाबन्दीलाई समर्थन गरेको देखिएको छ । तर त्यो समर्थन अमेरिकाले साउथ चाइना समुद्रमा लान लागेको स्थाई सैनिक अड्डालाई रोक्न हो । यदि चाइनाले नाकाबन्दीलाई समर्थन नगरेको भए पुर्बी एसियाका अन्य देशले चाइनालाई धम्क्याउन युद्धको तयारीको लागि अमेरिकी सेनालाई आमन्त्रण गर्न सक्थे । त्यो भय चीनलाइ थियो र छ । एक पटक अमेरिका छिरेपछि अमेरिकन सेना सितिमिति फर्कदैन भन्ने चीनलाइ प्रष्टसंग थाहा छ । त्यहि कारण उसले उत्तर कोरिया लक्षित नाकाबन्दीलाई समर्थन गरेको हो भन्ने चिनिया विश्लेषकहरुको दाबि छ ।

    त्यस्तै चीनको व्यापारिक संजाल युरोप, अफ्रिका र दक्षिण एशियासम्म आफ्नै राजमार्ग बनाएर बिस्तार गर्ने दाउना चाइना छ । त्यसमा उसको अन्य व्यापारिक उद्येश्य समेत गाँसिएका छन् । केहि युरोपियन राजनैतिक विश्लेषकले औल्याए अनुशार “चीनको राष्ट्रिय सुरक्षाको लागि जटिल अबस्था आउन नदिन उसले उत्तर कोरियालाई सम्भावित भबितब्यको जानकारी गराएर नाकाबन्दी गरेको हो । जसले पुर्बी एसियाको सुरक्षा सन्तुलनको स्थिति कायम राख्न सहयोग पुर्याइरहेकोमा कोरियनहरु सहमत छन् ।” तर यो भनाइमा चिनिया बिस्लेसकहरु सहमत देखिदैनन । यी सबै तथ्यहरुलाई हेर्ने हो भने कुनै पनि बेला नाकाबन्दीको प्रतिकारको निहुँमा समेत वाक-युद्धको बर्तमान अबस्था युद्धमा रुपान्तरण हुनसक्ने सम्भावना प्रवल छ । विश्वका प्राय क्षेत्रहरुमा युद्ध भड्किनको लागि भुमि तयार भैरहेको छ । कुनैपनि बेला नचाहेको परिणामबाट गुज्रिदै विश्व फेरी अर्को डरलाग्दो युद्ध विभीषिका तर्फ़ उन्मुख भैरहेको छ ।

    अहिले अमेरिका पनि आँधीले बल्लतल्ल उठ्दै छ । त्यहाँ दुइवटा पार्टीले बिगत १५० बर्षदेखि सासन गर्दै आएका छन् । धेरै शासकहरुले युद्धलाई नै आफ्नो सारथि बनाउदै देशलाई संसारकै सैनिक कमान्डरले जस्तै नेतृत्व गरेको मनोविज्ञान सबै नेत्रित्वतहमा ब्याप्त छ । युद्धको प्रमुख कारण मनोविज्ञान पनि हो । अहिले रिपब्लिकन पार्टीबाट निर्वाचित डोनाल ट्रंपको पनि त्यो भन्दा भिन्न मनोविज्ञान छ जस्तो देखिदैन । उनको एकदिन त्यस्तो छैन होला जुन दिन कुनै पनि देशलाई धम्कि दिए बिना बितेको होस् । दोश्रो विश्वयुद्ध देखि नै पश्चिमा युरोप अमेरिकाको अथाह ऋणी छ, उसले अन्तराष्ट्रिय मुद्धाहरुमा अमेरिकाको सल्लाह नलिइ निर्णय गर्न सक्दैन । राष्ट्रपतिमा ट्रंपले जित्लान भनेर कसैले नचिताएपनि उनि अमेरिकन सत्तामा आफ्नो सनकी स्वभाब प्रदर्सन गरिरहेका छन् । त्यहा उनको निर्णय सर्वेसर्वा हुन्छ भने पशिमा देशहरुले जागर नलागेपनि ऋणीको रुपमा युद्धमा भाग लीने पर्दछ । त्यसैले कतिबेला स्थिति बिष्फोटक बन्छ थाहा नै हुँदैन ।

    साम्राज्यबादीहरुले पुन अर्को विश्व युद्धको तयारि गरिरहेका छन् । अहिले विस्वका जनताले अन्जान भएजस्तो गर्दै अर्को विश्वयुद्ध कुरी बसेको अबस्था हो भन्दा फरक पर्दैन । यो राजनीति भित्रको साम्राज्यबादी चाहनाले निम्तिने भएकोले विश्वका सम्पूर्ण मानबजातिले युद्ध पिपासु राजनैतिक नेतृत्वको बिरुद्ध बोल्ने र लेख्ने बेला आएको छ । अब संसारलाई नेतृत्व गरिरहेको संयुक्त राष्ट्र संघले समेत सम्भावित तेश्रो विश्व युद्धलाई रोक्न समय मै अन्तराष्ट्रिय स्तरमा बहस चलाउन आवस्यक छ । अन्यथा अबको युद्धले कसैलाई बाकि राख्ने छैन र कतै बचेकाहरुले चौथो विश्व युद्धकोलागी आइस्टाइनले भनेझै लौरो र ढुंगाको सहारा लिनुको विकल्प रहने छैन ।

    war-fight

    राजनैतिक तुसका प्रतिक्रियात्मक असरहरु

    संसारभर राजनैतिक प्रतिद्वन्द्वीताले गर्दा नै अनगिन्ति हिँसा भड्किरहेको छ । हाल कट्टरपन्थी पार्टीहरुले सासन सत्ता हात लिने क्रम बदिरहेकोले द्वन्दको अबस्था बिकसित हुने अवस्थामा छ । मुख्यतया निरङ्कुश प्रवृतिका पुजीपतिहरु नै प्राय सबैतिर सत्ताशिन छन् र उनीहरुले आँफुलाई संसारकै बादशाह सम्झिन्छन । जस्तोकि ट्रंप , पुटिन,किम लगायत सबैमा मानब सभ्यता प्रति निर्मम सोंच रहेको देखिन्छ । पृथ्बी र आफ्नो आश्रय स्थललाई मायाँ गर्ने नेताको खडेरी जस्तै छ यो धरामा । त्यसमा पनि बहुराष्ट्रिय कम्पनीहरुले आफ्नो नाफामुखी धन्दालाई चलाउन र कर छली गरेर अकुत रुपमा सम्पत्ति आर्जन गर्न गलत इलिटहरुलाई समर्थन गरिरहेका हुन्छन । त्यस्ता इलिटहरुलाई जुनसुकै हालतमा जिताएर राष्ट्र वा गरिब बर्गको शोषण गर्ने उपाए भन्दा अरु सोच हुँदैन । यस्ता अनाबस्यक युद्ध रोक्न सक्ने मध्यम बर्गको अत्याधिक हिस्सा तिनै इलिटहरुको समर्थनमा मौन बनेर ब्स्दछन र उनीहरुको व्यापारिक स्वार्थको कारण विश्वका आम नागरिक मारिएको पीडाबोध त्यो जमातलाई हुँदैन । जब त्यो वर्ग ब्युझिन्छ मानब सभ्यता धोस्त भैसकेको हुन्छ । भियतनामी लडाइमा त्यहि भयो, कोरियन लडाइमा त्यहि भयो, पानामा र मेक्सिकन लडाइमा त्यहि भयो । युद्ध युद्धकै कारणले रोकिए तर दवाबले सहानुभूति कमाउने बाहेक केहि भएन ।

    पहिलापहिला पनि बहुराष्ट्रिय कम्पनीबाट उत्पादित हतियारबाट आउने कमिशन खान पल्केका राष्ट्र प्रमुखहरुले आफ्ना गुप्तचर लगाएर बिकास तर्फ़ लम्केको देशलाई जातिय साम्प्रदायिक र धार्मिक बिबाद झोसेर गृहयुद्ध तर्फ़ धकेल्थे र आफ्ना हतियार बेच्दथे । तहसनहस भएको देशमा युद्ध रोक्ने बहानामा आफ्ना स्थाई सेना उतार्थे र दसकौं सम्म त्यो देशको साधन श्रोतको ब्र्हमलुट मच्चाउथे । अबस्था अहिले पनि संसारभर त्यहि छ । चीन तहसनहस पार्ने निहुँमा त्यसको प्रयोग अहिले अफगानिस्तान पछि नेपालमा हुँदैछ । उनीहरुका एजेन्टहरुले आफ्ना सम्भावित सेल्टरहरु धमाधम निर्माण गर्दैछन, चाहे त्यो धर्मको नाउँमा होस् वा सहयोगको नाउँमा होस् , तर नेपालको मध्यम वर्ग अहिले पनि सिरानी हालेर सुतेको छ । जब आफ्नो सांस्कृतिक पहिचान सहितको स्वर्ग जस्तो नेपालको स्वरुप बिग्रने छ तब मात्र हामी ब्युझिने छौ ।

    त्यस्तै सिरियाको गृहयुद्ध त्यसको जल्दोबल्दो उदाहरण हो । पश्चिमाहरुले थोपरिएको युद्धको कारण प्रतिसोधले रापिएका सिरियनहरु युरोपमा शरणार्थी हुन ओइरिएका हुन् । यदि टर्कीले लाखौको संख्यामा सिरियनहरुलाई आश्रय नदिएको हुन्थ्यो भने यो समस्या युरोपको लागि टाउको दुखाइ बन्ने थियो । पुरानो अडानलाई छाडेर डेनमार्कले ५ सय सिरियन राख्न पनि अस्विकार गरिदिएको छ । टर्कीमा अहिले पनि ३५ लाख सिरियनहरु रुदै सरनार्थी भएर बसेका छन् । त्यसैले जसले समस्याको श्रीजना गरेको छ त्यसको पिडा अर्कोले भोगिरहेको छ । त्यसैले भन्न सकिन्छ कि साम्राज्यबादीहरुले पुन अर्को विश्व युद्धको तयारि गरिरहेका छन् । अहिले विस्वका जनताले अन्जान भएजस्तो गर्दै अर्को विश्वयुद्ध कुरी बसेको अबस्था हो भन्दा फरक पर्दैन । यो राजनीति भित्रको साम्राज्यबादी चाहनाले निम्तिने भएकोले विश्वका सम्पूर्ण मानबजातिले युद्ध पिपासु राजनैतिक नेतृत्वको बिरुद्ध बोल्ने र लेख्ने बेला आएको छ । अब संसारलाई नेतृत्व गरिरहेको संयुक्त राष्ट्र संघले समेत सम्भावित तेश्रो विश्व युद्धलाई रोक्न समय मै अन्तराष्ट्रिय स्तरमा बहस चलाउन आवस्यक छ । अन्यथा अबको युद्धले कसैलाई बाकि राख्ने छैन र कतै बचेकाहरुले चौथो विश्व युद्धकोलागी आइस्टाइनले भनेझै लौरो र ढुंगाको सहारा लिनुको विकल्प रहने छैन ।

    ५४५ पटक
    प्रतिकृया दिनुहोस्