BizPati

  • Ad
  • Ad
  • आज : २०७४ कार्तिक २ गते
    Headlines :
    Ad
    Ad

    वीरगन्ज भन्सारबाट २ महिनामै ५ अर्वको सवारी भित्रियो, ३५ हजार मोटरसाइकल मात्र

    संसार न्यूज संवाददाताआश्विन २२, २०७४

    car-motorcycle२२ असोज,काठमाडौं । चालू आर्थिक वर्षको पहिलो दुई महिनामा छिमेकी मुलुकबाट ५ अर्ब मूल्य बराबरको सवारी साधन भित्रिएको छ । यसवर्ष अघिल्लो वर्षको भन्दा बढी सवारी साधन भित्रिएको विरगन्ज भन्सार कार्यालयले जनाएको छ ।
    चालू आर्थिक वर्षको पहिलो दुई महिनामा ५ अर्ब ५९ करोड १६ लाख २३ हजार रुपैयाँ मूल्य बराबरको सवारी साधान नेपाल भित्रिएको बताइएको छ । सवारी साधनमा अन्त ः शुल्क, भन्सार र भ्याटसमेत गरी २ सय २६ प्रतिशत कर लाग्छ । चाडवाडमा विशेष छुट तथा योजना ल्याएर गाडी विक्रि गरिने भएकाले पनि चाडबाडको पूर्वसन्ध्यामा बढी सवारी साधन आयात हुने गरेको छ ।
    ‘पहिलो त कम्पनीहरुले चाडवाडमा धेरै योजना तथा छुटका प्याकेज ल्याएका हुन्छ, वीगन्जका व्यापारी मुर्ली जालानले भने, ‘अर्कोतर्फ धार्मिक मान्यता चाडबाडको समय शुभ मानिन्छ ।’ चाडवाडमा सवारी साधनको कारोबार राम्रो हुने भन्दै उनले आफ्ना धेरै साथीभाइले पनि नयाँ सवारी साधन नै खरिद गरेको बताए । आजको नयाँपत्रिका दैनिकबाट

    ४८ पटक
    प्रतिकृया दिनुहोस्