BizPati

  • Ad
  • Ad
  • आज : २०७४ पौष १ गते
    Headlines :
    Ad

    हातखुट्टा बाउँडिनुका यी हुन कारणहरु

    संसार न्यूज संवाददाताआश्विन २२, २०७४

    legधेरै मानिसहरु हातखुट्टा बाउँडिने समस्याले आतिन्छन् । केही व्याक्ति बसिरहेको बेला पनि त्यतिकै हातगोडा बाउँडिन्छ । त्यस्तै, राति कसैलाई निदाएको समयमा पनि हातखुट्टा बाउँडिएर समस्या बनाउँछ । हातगोडा बाउँडिने समस्या प्रायः धेरै जसोमा रहेको पाइन्छ । विशेषगरी घरमा काम गर्ने महिला, खेलाडी, अफिसमा काम गर्नेहरुमा हातगोडा बाउँडिने समस्या धेरै देखिने गरेको छ ।

    यसका मुख्य कारणहरु
    १. शरीरमा इलेक्ट्रोलाइज भन्ने एउटा तत्व हुन्छ । शरीरमा त्यो तत्वको ब्यालेन्स नमिल्दा हातखुट्टा बाउँडिने समस्या देखिन्छ । सोडियम, पोेटासियम, क्याल्सियम, मिनरल, भिटामिन, भिटामिन डी जस्ता तत्वहरुको कमि भयो भने शरीरमा इलेक्ट्रोलाइजको ब्यालेन्स मिल्दैन ।

    २. बसाइको प्रक्रिया नमिल्दा पनि हातगोडा बाउँडिने गर्छ । बसाइ नमिल्दा शरीरको कुनै एक भागमा मात्रै दबाब पर्न गयो भने मासु बाउँडिने गर्छ । शरीरमा रक्तसञ्चार राम्ररी नभएपनि मांसपेशी बाउँडिने समस्या निम्तिन्छ । त्यसैले हामी पानी प्रशस्त पिउनुपर्छ । लामो बाटो हिँड्दा जीवनजल प्रशस्त मात्रामा पिउनुपर्छ ।

    ३. हातगोडा बाउँडिने समस्या हुनेमा सबै भन्दा प्रमुख कारण शरीरमा भिटामिन डीको कमी हुनु हो ।

    ४. हामीले घाममा बसेर भिटामिन डी प्राप्त गनै सक्छौ । खानामा पनि भिटामिन डी पाउने खालका खानेकुरा खानुपर्छ । जसले गर्दा हातखुट्टा बाउँडिने समस्याबाट मुक्त भइन्छ ।

    ५. हातगोडा बाउँडिने एउटा लक्षण मात्र हो । के कारणले हातखुट्टा बाउँडिन्छ भन्ने कुरा रगत र हार्मोनको टेस्ट गरेपछि मात्रै थाहा पाउन सकिन्छ । शरीरमा हुने हार्मोनको कमीले पनि हातखुट्टा बाउँडिने हुन्छ ।

    नयाँ पत्रिकाबाट साभार

    १९७ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad