back

तिलिचो ताल भ्रमण गर्ने बढे

वि.सं.२०७४ असोज २२ आइतवार

168 

shares
NTC AD
Global IME AD

tilicho

२२ असोज, मुस्ताङ ।  विश्वको सबैभन्दा अग्लो स्थानमा अवस्थित तिलिचो ताल भ्रमणका लागि पुग्ने आन्तरिक पर्यटकको संख्या बढ्दै गएको छ ।

दशैँ तिहारको बिदाको समय सदुपयोग गर्दै त्यहाँ पुग्ने पर्यटकको संख्या बढेको हो । तिलिचो समुद्री सतहदेखि चार हजार ९१९ मिटरको उचाइमा अवस्थित छ । तालसम्म पुग्न हिमाली जिल्ला मुस्ताङबाट मेसोकोन्दा हुँदै छोटो पदमार्ग तयार भएपछि त्यहाँ पुग्ने पर्यटकको संख्या बढेको ठिनीका स्थानीय वीरेन्द्र थकालीले बताउनुभयो ।

“ठिनी हुँदै तिलिचो जान सकिन्छ । अहिले विद्यार्थीका पाँच÷छ समूह तथा विभिन्न टे«किङ एजेन्सीमार्फत आन्तरिक पर्यटक आएका छन्”, उहाँले भन्नुभयो, “बीच–बीचमा पदमार्गलाई केही व्यवस्थित बनाउनुपर्ने देखिएको छ ।” अहिले तिलिचो ताल पुग्ने पदमार्गअन्तर्गत याकखर्कमा अस्याथी बासका लागि टहरा निर्माण गरिएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालयले दुई आव गरी विभिन्न स्थानमा होर्डिङ बोर्ड, पदचिह्न राख्नेजस्ता काम गरिसकेको छ ।

चालू आवका लागि एक्यापले रु १० लाख बजेट छुट्याइएको कार्यालय प्रमुख तुलसीप्रसाद दाहालले जानकारी दिनुभयो । “पदमार्ग खुलेलगत्तै धेरै पर्यटक तालमा पुग्न थालेका छन् । यो सकारात्मक पक्ष हो”, उहाँले भन्नुभयो ।

वि.सं.२०७४ असोज २२ आइतवार ०५:५८ मा प्रकाशित

NLIC AD
NABIL bank AD
पर्यटनमा नयाँ गन्तव्यः पर्वतीय उडानबाट महादेवको घर कैलाशको दर्शन

पर्यटनमा नयाँ गन्तव्यः पर्वतीय उडानबाट महादेवको घर कैलाशको दर्शन

कमलकुमार बस्नेत, काठमाडौँ । दिनको पहिलो प्रहर सुरु भइसकेको थिएन...

पर्यटकको रोजाइमा कोटदरबार

पर्यटकको रोजाइमा कोटदरबार

मान्म (कालीकोट) । कालीकोटको खाँडाचक्र नगरपालिका–१ मान्मस्थित कोटदरबार आन्तरिक पर्यटकको...

अन्नपूर्ण क्षेत्रमा भित्रिए एक लाख ४४ हजार पर्यटक

अन्नपूर्ण क्षेत्रमा भित्रिए एक लाख ४४ हजार पर्यटक

गण्डकी । पदयात्रा पर्यटनका लागि विश्वप्रसिद्ध अन्नपूर्ण क्षेत्रमा चालु आर्थिक...

सगमारमाथा आधार शिविर पुगेर  प्रहरीले गर्यो पर्यटकसँग अन्तरक्रिया

सगमारमाथा आधार शिविर पुगेर प्रहरीले गर्यो पर्यटकसँग अन्तरक्रिया

सल्लेरी (सोलुखुम्बु) । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले विश्वको सर्वोच्च शिखर...

लाङ्टाङ क्षेत्रमा बढे पर्यटक तथा तीर्थयात्रुको सङ्ख्या 

लाङ्टाङ क्षेत्रमा बढे पर्यटक तथा तीर्थयात्रुको सङ्ख्या 

रसुवा । रसुवा जिल्लाको लाङ्टाङ क्षेत्रमा पदयात्रा र गोसाइँकुण्डमा स्नान...

गुराँससँग रमाउन र हिमाल हेर्न घोडेपानीमा पर्यटकको घुइँचो

गुराँससँग रमाउन र हिमाल हेर्न घोडेपानीमा पर्यटकको घुइँचो

म्याग्दी । पहाडको अग्लो स्थान । शान्त वातावरण । पाखाभरि...