BizPati

  • Ad
  • Ad
  • आज : २०७४ कार्तिक २ गते
    Headlines :
    Ad
    Ad

    श्रीमतीलाई मृत्युदण्डको सजाय माग गर्दै आत्महत्या गरे एक युवाले

    संसार न्यूज संवाददाताआश्विन २३, २०७४

    medtwal

    विवाह गरेको दुईवर्ष नपुग्दै एक युवाले श्रीमतीलाई मृत्युदण्डको माग गर्दै आत्महत्या गरेका छन् । २०१५ नोभेम्बरमा धुमधामसँग रितिका उर्फ (मोहिनी) सँग विहे गरेका भारतस्थित आगराका विशेष मेडतवालले १६ पेजको सुसाइड नोट लेखेर आफ्नी श्रीमती र सासुलाई कारबाहीको माग गर्दै मोदी सरकारसँग गुहार मागेका छन् ।
    आफ्ना बाबुसँगै आर्टिफिसियल सुनको कारोबारी गर्ने ती युवाले आफ्ना साला साली, श्रीमती र सासुलाई कारबाहीको माग गर्दै आत्महत्या गरेका हुन् । मेडतवालकी आमाका अनुसार घरपरिवारसँग छुट्टीएर बस्ने जिद्धी गरेकी बुहारी मोहिनी दुई महिनादेखि माइतीमा बस्दै आएकी हुनाले आफ्नो छोरा डिप्रेशनमा गएको र आत्महत्या गरेको प्रहरीलाई बताएकी छन् ।
    मेडतवाल आइतबारका दिन आफ्नै कोठामा मृत भेटिएका थिए ।

    उनले सुसाइड नोटमा भनेका छन्–‘ मैले यसकारण आत्महत्या गरे की, मेरी श्रीमती, सासु र साला सालीको सजाय मिलोस् । मलाई मोदी सरकारसँग पूरा भरोसा छ की कोर्ट उनीहरुलाई सजाय दिन अपिल गर्नेछ । ताकी कोही पनि ससुरालीहरुको यस्तो किसीमको उत्पीडनमा कोही पनि युवा नपरुन । उनीहरुलाई फाँसीको सजाय हुनुपर्छ । अनिमात्र मेरो आत्मालाई शान्ति मिल्नेछ । होइन् भने म भूत बनेर उनीहरुलाई दुःख दिइरहनेछु । मेरी आमाले मोहिनीलाई धेरै माया दिइन् । हरेक समय श्रीमतीलाई उनकी आमाले भड्काउथीन्, घरपरिवारसँग छुट्टिएर एक्लै बस्न दबाब दिन्थीन् । दोकानबाट फर्किएपछि आमासँग बस्दा श्रीमतीले नराम्रो मान्थिन् । म आमालाई छोड्न चाहान्नथे । तर, यति धेरै हैरान भएकी मलाई आत्महत्या गर्नुप¥यो ।’ ऐजेन्सी

    १८६३ पटक
    प्रतिकृया दिनुहोस्