BizPati

  • Ad
  • Ad
  • आज : २०७४ कार्तिक २ गते
    Headlines :
    Ad
    Ad

    ‘ ‘भिजन २०–२० वियोण्ड’ लाई छलफलमै लैजानु हुँदैन भन्ने त होइन नी !’

    संसार न्यूज संवाददाताआश्विन २४, २०७४
    शिव कुमार राई उम्मेदवार, अमेरिकाज क्षेत्रीय सहसंयोजक

    शिव कुमार राई
    उम्मेदवार, अमेरिकाज क्षेत्रीय सहसंयोजक

    सहसंयोजकका लागि तपाइका ऐजेण्डाहरु के–के छन ?

    मेरो ऐजण्डाहरु मुख्य त ‘भिजन २०–२० वियोण्ड’ लाई कसरी अगाडि बढाउने र सफल बनाउने भन्नेमा छ । यसका लागि सक्रिय भूमिका निभाउनेछु ।
    अर्कोकुरा भौगोलिक कारणले मातृभूमिममा भइ परिआउने प्राकृतिक विपत्तिमा सहयोग जुटाउन सदैव लागिपर्नेछु । संस्थामा समावेशी सहितको पारदर्शी नेतृत्व हुनुपर्छ भन्नेमा जोड दिनेछु ।
    अर्को कुरा मातृभूमिको समृद्धिका लागि पर्यटन प्रवद्र्धनमा विशेष जोड दिनेछु ।
    केन्द्र र क्षेत्रसँग समन्वय गरेर अगाडि सबैको हितमा बढ्नेछु ।
    धेरै प्रतिवद्धता र नारा मात्र बाहिर ल्याएर होइन्, मैले गर्न सक्ने कामहरुको मात्र ऐजेण्डाहरु बोकेर निर्वाचनमा जाँदैंछु । म बोलेको कुरा पूरा गर्ने व्यक्ति पनि हुँ साथीहरुले मलाई बुझ्नु पनि भएको छ ।

    ‘भिजन २०–२० वियोण्ड’ त विवादित देखिन्छ नी ?
    ‘भिजन २०–२० वियोण्ड’ मा विवाद गर्नुपर्छ भन्ने छैन नत विरोध नै । विचार अगाडि ल्याएको हो । होइन छलफल नै गर्नु हुँदैन भन्ने हो र ? भिजन २०–२० ले विचार सबैको माझम ल्याउने काम गरेको हो । साथीहरुको वीचमा यसको बृहद छलफल हुनैपर्छ । र यसलाई कार्यान्वयन गर्नै हुन्न भन्ने पनि त छैन् । साथीहरु सबै बसेर प्रजातान्त्रिक प्रक्रियाबाट छलफल गर्न सकिन्छ । चुनावको बेलामा एकपक्षले विरोध र एकपक्षले सर्पोट गरेकै हुन्छ । विरोध गर्नेहरुले समाधानको बाटो पनि निकाल्नु पर्छ अनि बल्ल विरोध गर्नुको औचित्य रहन्छ । ‘भिजन २०–२० वियोण्ड’ भन्दा राम्रो विचार कोही साथीहरुले ल्याउनु हुन्छ भने त्यसलाई पनि स्वागत गर्न सक्नु पर्दछ । होइन भने यसमाथि नै व्यापक छलफल गरेर निष्कर्ष निकाल्नु पर्छ । अहिले पारित गरेर भोली सच्याउँदै लान पनि त सकिन्छ नी यो नै अन्तिम मान्नु हुँदैन् । परिमार्जन गराउँदै जान सकिन्छ । यसमा आत्तिनुपर्ने कुनै कुरा छैन् ।
    उपसंयोजकमा जित्छु भन्ने आधारहरु के के छन त ?
    मैले २००८ देखि नै एनआरएनए अमेरिकामा सक्रिय भूमिका निभाएको छु । महासचिव, वरिष्ठ उपाध्यक्ष, अध्यक्ष हुँदै दुई कार्यकाल सल्लाहकार पनि भइसकेको छु । एनआरएनए अमेरिकालाई लोकतान्त्रिक प्रक्रियाको बाटोमा मैले नै हिडाएको हुँ । इलेक्ट्रोनिक भोटिङ सीस्टम मेरै पहलमा गरिएको हो । पहिले टिके प्रथामा मनोनित गर्नुपरेको थियो । इलेक्ट्रोनिक भोटिङ सीस्टम भएको भएपनि कार्यान्वयन गरिएको थिएन् । कसैको मुठीमा भएको संस्थालाई मुठी फुकाएर बाहिर फराकिलो बनाउनुपर्छ भनेर म नै लागेको हुँ । अहिले सम्म साथीहरुले मनैदेखि नै मेरो भूमिका महत्वपूर्ण रहेको भन्दै मूल्यांकन गर्नु भएको छ मलाई आसा छ साथीहरुले त्यो मूल्यांकन र बचन अहिले पूरा गर्नुहुनेछ । अहिले सम्म  अमेरिकाबाट दिल श्रेष्ठ भाइ, शंकर खड्का भाइ र नविन शेरचनजी र मैले उम्मेदवारीको घोषणा गरेका हौं । मलाई आशा छ उहाँहरुले पनि मलाई बुझिदिनुहुनेछ । पहिलोपटक पनि मैले यस पदबाट बाहिरीनु परेको थियो । अहिले भने सबैले मूल्यांकन गर्नुहुनेछ भन्ने आसा छ । मलाई कुनै पार्टीको आर्शिवाद पनि छैन् । सोचेको छु म सबैको साझा मान्छे हुँ । अनि हाम्रो एनआरएनए पनि सबैको साझा संस्था हो ।
    छोड्नुपर्ने अवस्था आयो भने के गर्नुहुन्छ ?
    म प्रजातान्त्रिक प्रक्रियाको सम्मन गर्छु । उम्मेदवारी दिनु भएका मेरा प्रतिश्प्रधी साथीहरुलाई पनि सम्मान गर्दछु । धेरै कुरा चुनावको अघिल्लो दिन हुन्छ । कसले छोड्ने र कसले लिने भन्ने त्यस्तो परिआएमा विचार परिवर्तन पनि गर्न सकिन्छ । साथीहरुबाट पनि त्यहि आशा गर्दछु । संस्थामा लागेर यहाँसम्म आइपुग्दा मैले धेरै योगदान गरिसकेको छु जस्तो लाग्छ संस्थाका लागि । सबैको साझा संस्था बनाउनका लागि । यसमा क्यानडा, अमेरिका, चिली, ब्राजिलका साथीहरुले बुझिदिनु हुनेछ । सिनियरका हिसावले पनि मैले नै मौका पाउनुपर्छ भन्ने मेरो सोचाइ हो ।

    shivkrai2

    अबको एनआरएनए कस्तो बनाउनु पर्ला ?
    सबै तह र तप्कालाई समेट्न सक्ने नेतृत्व आउनुपर्छ । एनआरएनएहरुले अब फराकिलो मन बनाएर सोच्नुपर्ने बेला आइसकेको छ । यो कुनै एक दुई व्यक्तिको संस्था बनिरहन सक्तैन् । यसलाई ४५ लाख नेपालीको ‘मेरो संस्था’ भन्ने भावनाको विकास गराउन नेतृत्व लाग्नुपर्छ । सबै अटाउने संस्था बनाउनु पर्दछ र पदमा बसेकाहरुलाई जिम्मेवारी दिनका लागि नेतृत्व हिचकिचाउनु हुन्न । काम गर्ने अधिकार र जिम्मेवारी बाँडफाँट गर्नुपर्छ । अध्यक्षले मात्र सबै गर्न सक्तैन् । त्यसैले आफूमाथिको भार साथीहरुमा पनि बाड्ने प्रयास नेतृत्वले गर्नुपर्दछ । सबै मिलेर संस्था बलियो बनाउनु नै हामी बलियो हुनु हो, हामी र हाम्रो विचार बलियो हुनु हो । हाम्रो विचार बलियो हुनु नै हाम्रो मातृभूमिको समृद्धि हुनु हो भनेर नेतृत्व लगायत ‘म’ एनआरएनए हुँ भन्ने साथीहरुले सोच्नु पर्ने हुन्छ ।

    ८२१ पटक
    प्रतिकृया दिनुहोस्