BizPati

  • Ad
  • Ad
  • आज : २०७४ पौष १ गते
    Headlines :
    Ad

    उकालो लाग्यो शेयर बजार, लगानीकर्ता उत्साहित

    संसार न्यूज संवाददाताआश्विन २४, २०७४

    share

    २४ असोज , काठमाडौँ ।  लगातार ओरालो लागेको धितोपत्र बजार आज भने झिनो अंकले उकालो लागेको छ ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार बजार आज ०.७४ बिन्दुले उकालो लागेको हो । झिनो अंकले सुधार भएर बजार बढ्दा नेप्से परिसूचक एक हजार ५०२ बिन्दुमा पुगेको छ । ठूला कम्पनीका कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक समेत ०.२२ बिन्दुले बढेको छ ।

    आज कुल १५५ कम्पनीको छ लाख ७४ हजार ७८६ कित्ता शेयर रु ३० करोड सत्तरी लाख ६८ हजार ३१९ मूल्यमा कारोबार भएको छ । विकास बैंक समूह ०.८५, वित्त क्षेत्र ४.५१ र अन्य समूह ८.६७ अंकले उकालो लागेको छ भने बैंकिङ ०.३, व्यापार ३.३८, होटल ६.२१, बीमा ८.९९ र उत्पादन समूहका शेयर ११.६४ बिन्दुले ओरालो लागेको छ । लगातार घट्दै आएको बजारमा सामान्य सुधार हुँदा लगानीकर्तामा विश्वास बढेको बताइन्छ ।

    ५२ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad