BizPati

  • Ad
  • Ad
  • आज : २०७४ पौष १ गते
    Headlines :
    Ad

    क्याटलोनियाली नेतालाई दबाब दिने क्रम बढ्दो

    संसार न्यूज संवाददाताआश्विन २५, २०७४

    २५ असोज, ब्रसेल्स । क्याटलोनिया स्वतन्त्रताका लागि जनमत सङ्ग्रह गरिए पनि जनमत सङ्ग्रहलाई विवादास्पद मान्ने विभिन्न विश्व समुदायले यसको विरोध गर्ने र यसो नगर्न क्याटलोनियाली नेतालाई दबाब दिने क्रम क्रमशः बढ्दो देखिएको छ ।

    युरोपेली युनियन (ईयू) प्रमुख डोनाल्ड टस्कले क्याटलोनियाका पृथकतावादी नेतालाई राज्य टुक्राउने काममा नलाग्न आग्रह गर्नुभएको छ ।

    त्यसैगरी फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रोँले पनि जनमत सङ्ग्रह सर्वस्वीकार्य नभएको बताउँदै यसबाट पछि हट्न आग्रह गर्नुभएको छ ।

    स्वतन्त्रतासम्बन्धी निर्णयको विरोधमा बार्सिलोना तथा म्याड्रिडमा पनि दिन प्रतिदिन विरोधका स्वर चर्किदै गएका छन् । निर्णयको विरुद्धमा हजारौँ मानिस प्रदर्शनमा उत्रिएका छन् ।

    क्षेत्रीय संसदमा सम्बोधन गर्नुअघि क्याटलन नेता कार्लेस पूज्डमोनले क्याटलोनिया स्पेनबाट अलग्गिने योजना छोड्ने चर्को दबाबको सामना गर्नुपरेको हो ।

    गत साता भएको विवादास्पद जनमत सङ्ग्रहपछि उनले एकतर्फी रुपमा क्याटलोनियाको स्वतन्त्रताबारे घोषणा गर्लान भन्ने अनुमानहरु गरिएका छन् ।

    बार्सिलोनाका मेयरले क्याटलन नेता पूज्डमोन र स्पेनका प्रधानमन्त्री मारिआनो राजोयलाई मंगलबार साँझ संकट साम्य पार्न आह्वान गरेका छन् ।

    मंगलबारको क्याटलान संसदमा बोल्नुअघि मेयर याडा कोलाउले पूज्डमोनलाई स्वतन्त्रता घोषणा नगर्न आह्वान गरे भने प्रधानमन्त्री रजोयलाई मड्रिडलाई प्रत्यक्ष नियन्त्रण गर्नबाट पछि हट्न बताउनुभयो ।

    आफूले पूज्डमोन र रजोयलाई वार्ता र मेलमिलापको सम्भावना रोकिने खालको कुनै निर्णय नगर्न भनेको कोलाउले बताउनुभयो ।

    ४२ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad