BizPati

  • Ad
  • Ad
  • आज : २०७४ पौष १ गते
    Headlines :
    Ad

    नेदरल्यान्डका फुटबल हस्ती रोबेनले लिए अन्तराष्ट्रिय फुटबल बाट सन्यास

    संसार न्यूज संवाददाताआश्विन २५, २०७४

    robben

    २५ असोज,एजेन्सी ।  नेदरल्यान्डका फुटबल हस्ती आर्जेन रोबेनले अन्तराष्ट्रिय फुटबल बाट सन्यास लिएका छन् । विशवकप छनोट अन्र्तगत अन्तिम खेलमा स्विडेनलाई पराजित गरेतापनि छनोट हुन असफल रहेपछि रोबेनले अन्तराष्ट्रिय फुटबल बाट सनयास लिएका हुन् । छनोट चरण अन्र्तगतको अन्तिम खेलमा नेदरल्यान्डले स्वीडेनलाई २ ० गोल अन्तरले हराएका थियो । नेदरल्यान्डको लागि दुवै गोल कप्तान आर्जेन रोबेनले गरेका थिए । छनोटहुनको लागि नेदरल्यान्डले स्वीडेनलाई कम्तीमा ७ गोल अन्तरले हराउन पर्न आवश्यक रहेको थियो ।
    विगत १४ वर्ष देखि निरन्तर रुपमा राष्ट्रिय टिमबाट खेलेका रोबेनलाई नेदरल्यान्डको सुन्तला जर्सीमा ९६ खेल खेलदै ३७ गोल गरेका छन् । उनले सन् २०१० को विश्वकपमा उत्कृष्ट प्रर्दशन गर्दै नेदरल्यान्डलाई फाईनल सम्म पु¥याएका थिए । उनलाई विश्वकै उत्कृष्ट लेफ्ट फुटेट विङगर मानिन्छ ।

    ४७ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad