BizPati

  • Ad
  • Ad
  • आज : २०७४ पौष १ गते
    Headlines :
    Ad

    मेस्सीको प्रेरणापछि अर्जेन्टिना पुग्यो विश्वकपमा

    संसार न्यूज संवाददाताआश्विन २५, २०७४

    messi

    २५ असोज,एजेन्सी । लिओनल मेस्सीको प्रेरणादायी प्रर्दशन पछि अर्जेन्टिनाले अन्तिम खेलमा ईक्वेडरलाई हराउदै सन् २०१८ मा रसियामा हुन लागेको विश्वकपको लागि छनोट भएको छ । आज बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले ईक्वेडरलाई ३ – १ गोल अन्तरले हराएको छ । अर्जेन्टिनाको जितमा लिओनल मेस्सीले ह्याट्रिक गरेका हुन् । खेलमा अग्रता भने पहिलो मिनेटमै ईक्वेडरले लिएको थियो । कप्तान लिओनल मेस्सीले खेलको १३ औ मिनेटमा बराबरी गोल फर्काएका थिए । यस्तै मेस्सीले नै खेलको १८ औ मिनेटमा अग्रता दोब्बर पारे । पहिलो हाफमा २ गोल अन्तरले अग्रता लिएको अर्जेन्टिनाले दोस्रो हाफको ६२ औ मिनेटमा पुन मेस्सीको गोलबाट अग्रता लियो ।
    जित सँगै अर्जेन्टिना विश्वकपमा छनोट भएको छ ।

    ५३ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad