BizPati

  • Ad
  • Ad
  • आज : २०७४ कार्तिक २ गते
    Headlines :
    Ad
    Ad

    नागरिकता त्यागेका पनि उम्मेदवार सिफारिस

    संसार न्यूज संवाददाताआश्विन २६, २०७४

    २६ असोज, सिन्धुपाल्चोक । लिशंखु पाखार गाउँपालिका –३ का विनोद मोक्तान नेपाली नागरिकता त्यागेर अमेरिका नागरिक भएको १५ वर्षभन्दा बढी भइसक्यो । अमेरिकामा होटल व्यावसाय सञ्चालन गरेर बसिरहेको मोक्तानलाई आर्थिक चलखेलमा नेपाली कांग्रेस सिन्धुपाल्चोकले मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन अन्तर्गत सिन्धुपाल्चोकको निर्वाचन क्षेत्र न. १ बाट समानुपातिक उम्मेदवारमा सिफरिस गरेर कांग्रेस केन्द्रीय कार्यलयमा पठाएको छ । नेपाली नागरिक नै नभएकालाई समानुपातिकमा सिफारिस गरेपछि कांग्रेस सिन्धुपाल्चोकका नेता – कार्यकार्ता अचम्मित भएका छन ।
    क्षेत्र न. १ बाट कांग्रेस नेता हरिसरण श्रेष्ठसहितका नाममात्रै क्षेत्रिय समितिले सिफरिस गरेको थियो । तर, जिल्ला समितिले मोक्तानको नाम २ न. मा सिफरिस गरेर केन्द्रमा पठाएको छ ।
    लामो समयदेखि अमेरिकामा बसेका मोक्तान अहिले सांसदमा सिफारिस गर्न भन्दै नेताहरुको घरदैलोमा धाउन थालेका कांग्रेस नेताहरुको आरोप छ । कांग्रेस नेता प्रकाशमान सिंहको घरमा पटकपटक पुगेर उनले आफुलाई समानुपातिक सांसद बनाइदिन आग्रह गरेका छन । क्षेत्रिय समितिले सिफरिस नगरे पनि जिल्ला समितिले भने मोक्तान सिफरिस गरेको कांग्रेस स्रोतको दाबी छ । वर्षौदेखि पार्टीको राजनीतिमा लागेकाहरुलाई वेवास्ता गरेर रकमको आडमा सयरी सिफारिस गरिन्ु गलत भएको काग्रेस सिन्धुपाल्चोकका नेताहरुको भनाई छ । आजको राजधानी दैनिकबाट

    ३६ पटक
    प्रतिकृया दिनुहोस्