BizPati

  • Ad
  • Ad
  • आज : २०७४ पौष १ गते
    Headlines :
    Ad

    मनाङे पनि सिफारिस

    संसार न्यूज संवाददाताआश्विन २६, २०७४

    २६ असोज, जमजुङ । गुन्डा नाइकेका रुपमा चिनिएका राजीव गुरुङ ( दीपक मनाङे)लाई एमाले मनाङे प्रदेशसभाका लागि प्रत्यक्षतर्फको उम्मेदवारमा सर्वसम्मत सिफरिस गरेको छ । मंसिर १० गते हुने पहिलो चरणको चुनावमा उनी माथिल्लो मनाङको नेस्याङ र नार्फु गाउँपालिका सम्मिलीत क्षेत्रबाट प्रदेश सदस्यमा चुनाव लड्नेछन । माथिल्लो मनाङस्थित मनाङ गाउँका स्थायी बासिन्दा उनी प्रायःकाठमाडौं बस्छन । स्थानीय तहको चुनावदेखि भने उनी बाक्लै रुपमा मनाङ आउजाउ गदै स्थानीयको घरदैलो गरिरहेका छन । सयअघि राप्रपमा रहेका उनी स्थानीय तह चुनावमा राप्रपाकै प्रचारमा मनाङमा खटिएका थिए । राप्रपाका जिल्ला अध्यक्षसमेत रहेका उनी उक्त पार्टीको जिल्ला कार्य समितिका सबै पदाधिकारीसहित साताअघि मात्रै एमालेमा प्रवेश गरेका हुन ।
    स्थानीय तहको पहिलो चरणको निर्वाचन आगावै प्रहरी परिसर काठमाडौंले उपत्यकाको शान्ति सुरक्षा बलियो बनाउने भन्दै केही गुन्डा नाइके पक्राउ गरेका थियो । त्यसमा मनाङे पनि थिए । चुनावको वातावराण विथोल्न सक्ने भन्दै पक्राउ गरेपछि सार्वजनिक अपराधअन्तर्गत जिल्ला प्रशासन कार्यलय काठमाडौंले उनलाई पाँच दिन थुनामा राखेको थियो स्थानीय तहको चुनाव सकिएको पाँच महिना नबित्दै उनै उम्मेदवार सिफरिस भएका हुन् । आजको कान्तिपुर दैनिकबाट

    ५१ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad