BizPati

  • Ad
  • Ad
  • आज : २०७४ कार्तिक २ गते
    Headlines :
    Ad
    Ad

    मुुग्लिङ-नारायणगढमा सबै पुल नयाँ बनाइने

    संसार न्यूज संवाददाताआश्विन २६, २०७४

    biidge२६ असोज,काठमाडौं । मुग्लिङ-नारायणगढ सडकखण्डका सबै पुल नयाँ बनाइने भएको छ । सडक विस्तारको काम ६ महिनाभित्रै पूरा हुने भएकाले सडक क्षमताअनुसार नयाँ पुल बनाउन लागिएको हो । विश्व बैंकको करिब दुई अर्ब ९० करोड रुपैयाँ सहुलियत ऋणमा अहिले दुई लेनको सडक चार लेन बनाउने काम भइरहेको छ । सडक निर्माण अन्तिम चरणमा पुगेकाले छिटोभन्दा छिटो सक्ने गरी पुल निर्माण गर्न लागिएको सडक विभागले जानकारी दिएको छ।
    सबैजसो पुल पुराना र जीर्ण हुँदै गएका छन् । ३५ वर्षभन्दा पुराना पुल साँघुरा पनि छन् । विस्तारित सडकको क्षमता नथेग्ने पुल नहुँदा नयाँ बनाउनुपर्ने आवश्यकता देखिएको सडक विभागको वैदेशिक महाशाखा प्रमुख सञ्जयकुमार श्रेष्ठले बताए । यो सडकखण्डमा सानाठूला गरी १८ वटा पुल छन् । सडक विभागले विश्व बैंकको सहायता र सरकारको बजेटबाट नयाँ पुल बनाउनेछ । सबै पुल बनाउन एक अर्ब रुपैयाँभन्दा बढी खर्च लाग्नेछ ।
    यो सडकमा रहेका १८ पुलमध्ये तीन वटाको भने मर्मत गरी सञ्चालन गर्न सकिने अवस्थाका छन् । सडक विभागले चारवटा पुल पहिलो चरणमा निर्माण गर्ने गरी प्रस्ताव आह्वान गरेकोमा सोमबार एउटा पुलका लागि निर्माण कम्पनी छनोट गरेको छ ।
    दुईवटा प्याकेज बनाएर आह्वान गरिएको प्रस्तावअन्तर्गत सोमबार एउटा पुल निर्माण गर्न सडक विभागले सुप्रिम रौताहा निर्माण कम्पनी छनोट गरेको हो । यो कम्पनीले १२ करोड रुपैयाँमा एउटा पुल बनाउनेछ । विभागले प्रस्ताव आह्वान गरी तीनवटा पुल निर्माणका लागि बुधबार निर्माण कम्पनी छनोट गर्नेछ । विभागले अब १४ वटा पुलका निम्ति आवश्यक कागजात तयार पारी प्रस्ताव आह्वान गर्ने भएको छ । यी सबै पुल प्राधिकरणले दिएको लागत र डिजाइनमा निर्माण कम्पनीले बनाउनुपर्ने सर्त राखिएको श्रेष्ठले जानकारी दिए । आजको अन्नपूर्णपोस्ट दैनिकबाट

    ३८ पटक
    प्रतिकृया दिनुहोस्