BizPati

  • Ad
  • Ad
  • आज : २०७४ कार्तिक २ गते
    Headlines :
    Ad
    Ad

    अर्थतन्त्र खस्किँदै

    संसार न्यूज संवाददाताआश्विन २६, २०७४

    patrapatrika२६ असोज, काठमाडौं । भूकम्प र नाकाबन्दी पछि गत वर्ष केही तङेग्रीएको अर्थतन्त्रका मुख्य सुचक फेरि धमिलिएका छन । बाढीपहिरोका कारण कृषि उपजमा परेको प्रभावसँगै रेमिट्यान्स अप्रवाहमा सुधार नहुनु, उच्च व्यापार घाटा ऋणात्मक भुक्तानी सन्तुलन, बढ्दो रकमान्तर लक्ष्यभन्दा न्युन राजस्वका कारण समग्र अर्थतन्त्र खस्किँदै गएको छ ।
    साउन देखि सुरु आर्थिक वर्ष २०७४÷७५ को पहिलो दुइ महिनामा राजस्व लक्ष्यअनुसार उठेको छैन राष्ट्र बैंकको तथ्यांक अनुसार साउन महिनामा देश भित्रिने भन्दा बाहिरीने रकम बढी भएकाले मुलुकले राष्ट्रिय कारोबारमा करिब ३ अर्ब रुपौयाँको खुद घाटा बेहोरेको छ । निर्यात घट्दो क्रममा छ । भने अर्थतन्त्रको मेरुदण्ड मानिएको रेमिट्यान्स अप्रवाहमा पनि सुधार हुन सकेको छैन । अर्थतन्त्रमा करिब ८ प्रतिशत हिस्सा राख्ने धानखेती पूर्वका ३३ जिल्लामा गएको बाढीपहिरोका कारण क्षति पुगेको छ । सरकारले जथाभावी भुक्तानीको चालु खर्चमा ठुलो दबाब परेको छ । जथाभावी खर्च नियन्त्रणका लागि अर्थमन्त्रालयको संरचानाले दबाब झेल्नै नसकेका कारण यस्तो समस्या सिर्जना भएको पूर्वअर्थ सचिव रामेश्वर खनालले बताए । ‘२०५६÷५७ र ०५७÷५८मा कर्मचारीलाई तलव नै खुवाउन सकिएको थिएन शिक्षकहरुलाई असारको तलब साउनमा खुवाइएको थियो, ’उनले भने अहिले नै चालु खर्च भुक्तानी गर्न नसक्ने अवस्थामा त पुग्दैन होला । त्यहिबेलाको जस्तो स्थिति आउन सक्छ । त्यतिबेला राजस्व कम संकलन र चालु खर्च बढी भएकाले खर्च धान्न गाह्रो परेको थियो । त्यस्तै अवस्था सिर्जना हुने गरी अर्थमन्त्रालय पूर्वअर्थमन्त्री वर्षमान पुनको पालादेखि जथाभावी खर्च गर्न थालेको खनालले बताए । आजको कान्तिपुर दैनिकबाट

    ३१ पटक
    प्रतिकृया दिनुहोस्