BizPati

  • Ad
  • Ad
  • आज : २०७४ कार्तिक २ गते
    Headlines :
    Ad
    Ad

    विद्यार्थी भिसामा अमेरिका पुगेका कंडेलद्धारा आत्महत्या

    संसार न्यूज संवाददाताआश्विन २६, २०७४

    prasidda kandel

    विद्यार्थी भिसामा अमेरिकामा पुगेका गुल्मीका एक युवाले आत्महत्या गरेका छन् ।  १५ महिना अघि अमेरिका पुगेका गुल्मी श्रीङगा घर भई हाल काठमाडौं संखमुलका २३ वर्षीय प्रसिद्ध कँडेलले आफ्नै कोठाको लन्ड्री रुममा आत्महत्या गरेका हुन् ।
    कंडेलले डिप्रेसनका कारण आत्महत्या गरेको बुझिएको अमेरिकाबाट संचालित अनलाईन नेपालयन्युज डटकमले जनाएको छ । उनको शब बाल्टिमोरको MAC NABB Funeral Home मा राखिएको छ ।
    अमेरिकाको अलाबामाको विश्वविद्यालयमा अध्ययनका लागि पुगेका कँडेलले ८ महिना अघि मात्र बाल्टिमोरको सीसीबीसी कलेजमा अध्ययनरत थिए ।

    शंखमुल निवासी चेतनाथ कँडेलका जेठा छोरा रहेका उनको दाहसंस्कार के कसरी गर्ने भनेर छलफल भइरहेको बताइएको छ ।
    उनको दाहसंस्कारका लागि सहयोग गर्न बाल्टिमरवासी नेपालीहरुलाई अनुरोध गरिएको छ ।
    जसका लागि कँडेलका भिनाजु सुजन भण्डारीलाई 410-236-1302, 443-454-0469 नम्बरमा सम्पर्क गर्न सकिने जनाइएको छ ।

    २०७४ पटक
    प्रतिकृया दिनुहोस्