BizPati

  • Ad
  • Ad
  • आज : २०७४ कार्तिक २ गते
    Headlines :
    Ad
    Ad

    यस्ता छन रुकुम एमालेले सिफारीस गरेका उम्मेदवारहरु

    राससआश्विन २६, २०७४

    logo-uml

    २६ असोज, रुकुम । नेकपा (एमाले) ले पश्चिम रुकुमको प्रतिनिधिसभा र प्रदेशसभाका लागि उम्मेदवारको सिफारिश गरेको छ ।

    सदरमुकाम मुसीकोटमा बसेको जिल्ला कमिटीको बैठकले पश्चिम रुकुमबाट प्रतिनिधिसभा र प्रदेशसभाका लागि छ जनाको नाम सिफारिश गर्नुपर्नेमा आकाँक्षी धेरै भएपछि २० जनाको नाम सिफारिश गरिएको एमालेका पूर्वजिल्ला अध्यक्ष ठगेन्द्रप्रकाश पुरीले जानकारी दिनुभयो ।

    प्रत्यक्षतर्फ नौ र सामानुपातिकतर्फ ११ जनाको नाम सिफारिश गरिएको उहाँले बताउनुभयो । प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ नारायण शाह, नन्दराम देवकोटा र विद्यापति रिजालको नाम सिफारिश गरिएको छ भने समानुपातिकतर्फ तीर्था गौतम, विमल पुन, सुरज परियार र गणेश केसीको नाम सिफारिश गरिएको छ ।

    प्रदेशसभाका लागि निर्वाचन क्षेत्र नं १ बाट ठगेन्द्र प्रकाश पुरी, माधव गौतम र डिला शाहीको नाम सिफारिश गरिएको छ । समानुपातिकमा गणेश केसी, देवी ओली र चन्द्रबहादुर विकलाई सिफारिश गरिएको छ । प्रदेशसभाका लागि निर्वाचन क्षेत्र नं २ बाट प्रत्यक्षतर्फ धनराज खड्का, पुस्तक चन्द र टीका राणा तथा समानुपातिकतर्फ ऋषिप्रसाद शर्मा, कल्पना खड्का, खडक परियार र मानवीर घर्तीको नाम सिफारिश भएको छ ।

    ४३ पटक
    प्रतिकृया दिनुहोस्