BizPati

  • Ad
  • Ad
  • आज : २०७४ पौष १ गते
    Headlines :
    Ad

    कैदीहरुका् दुई समुहबीच झडप हुँदा तेह्रको मृत्यु

    संसार न्यूज संवाददाताआश्विन २६, २०७४

    २६ असोज, मेक्सिको सिटी । मेक्सिकोको नुएभो लेओन राज्यमा रहेको एउटा कारागारमा कैदीहरूको दुई समूहबीच भएको विवादपछिको एक झडपमा परी कम्तीमा १३ जनाको मृत्यु भएको छ ।

    राज्यका सुरक्षा प्रवक्ता अल्डो फास्कीले मंगलबार काडेरेता कारागारमा दुई समूह बीच झडप भएको जानकारी दिनुभएको छ ।

    सो कारागारमा यसअघि पनि पटक पटक यस्तै आन्तरिक झगडा र झडप हुँदै आएको र दर्जनौँको मृत्यु भइसकेको उहाँले बताउनुभएको छ ।

    पत्रकार सम्मेलनमा प्रवक्ता फास्कीले घाइतेमध्ये आठ जनाको अवस्था गम्भीर रहेकाले मृत्यु हुनेको संख्या अझ बढ्न सक्ने बताउनुभयो ।

    प्रहरीका अनुसार अहिलेसम्म पनि घाइतेहरूको स्पष्ट पहिचान गर्न सकेको छैन । घटना भएको कारागार अहिले प्रहरीले नियन्त्रणमा लिएको छ ।

    सरकारी उच्च अधिकारीहरूले कारागारको पुनःनिर्माणका लागि आवश्यक निर्देशन दिइसकेको बताएका छन् ।

    यसै वर्षको गत मार्च महिनामा भएको यस्तै झडपमा परी चार जनाको मृत्यु भएको थियो भने अरू थुप्रै घाइते भएका थिए ।

    ५२ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad