BizPati

  • Ad
  • Ad
  • आज : २०७४ पौष १ गते
    Headlines :
    Ad

    सवैको सप्रेम मतले काम गर्ने अवसर मिल्नेमा ढुक्क छु

    संसार न्यूज संवाददाताआश्विन २६, २०७४

    ram-kharel-candidate

    नेपालीका लागि नेपाली, एक पटकको नेपाली सधैंका लागि नेपाली भन्ने गैरआवासिय नेपाली संघको मूल नारालाई अवलम्वन गर्दै नेपालमा हुने प्रायजसो सबै उच्च स्तरिय प्रतिनिधि मण्डलहरुमा सहभागी हुँदै आएको हुँदा त्यसलाई साथमा लिएर गैरआवासिय नेपाली संघको मूल्य, मान्यता र गरिमालाई आत्मसात गर्दै गैरआवासिय नेपाली संघका भावी कार्यक्रमहरुमा पूर्ण सहभागी भइ आफ्नो व्यक्तिगत स्वार्थभन्दा माथि उठेर गैरआवासीय नेपालीहरुको गौरवका लागि पहल गरी समृध्द नेपाल बनाउनका लागि सधैं दृढ रहने र गैरआवासिय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका कार्यहरुलाई पारदर्शिता गराउने मेरो प्रतिवध्दता हो।

    ram-kharel-1

    यहाँको संक्षिप्त परिचय बताइदिनुस ?

    मेरो नाम राम चन्द्र खरेल हो। मेरो जन्म पाँचथर जिल्लाको च्याङ्थापुको मध्यम बर्गिय परिवारमा भएको हो। बुवादेवी प्रसाद खरेल र आमा दमन्ता खरेलका बार सन्तान मध्ये म सातौ सन्तान हूँ। म उक्त गाउँको बिद्यालयबाट SLC उतिर्ण गर्ने प्रथम विद्यार्थी हूँ। काठमाडौंको law campus बाट स्नातक् गरी १९९१ को नोवेम्बर मा अमेरिका आएको हूँ । बिगत सत्तांईस बर्षदेखी Washington DC Metropolitan क्षेत्रमा बस्दै आएको छु । अमेरिका आएर Broadcast Engineer को course गरी television production company मा काम गरे । १९९६ को कुरा हो, एक बिदेशी मित्रलेनेपाल भारतको भाग हो भन्ने अभिब्यक्ती दिएपछी, नेपाल चिनाउने उधेश्यले सगरमाथा टेलिभिजनको सुरुवात गरे।सगरमाथा टेलिभिजन नेपालको ईतिहासमा बिदेशमा चलेको पहिलो नेपाली टेलिभिजन कार्यक्रम हो । साथै नेपालकोपर्यटन प्रबर्धन गर्ने उधेश्यले सन २०१० देखी नेपाल दर्शन टेलिभिजन कार्यक्रम समेत सन्चालन गरिरहेको छु । म अहिले मुलत Multi Media production, Banquet लगायतका ब्यवसायहरुमा आबध्ध छु । अमेरिका बसाइको सुरुवात देखी नेपाली समुदायको सेवामा आबध्ध हुनुका साथै २००५ सालदेखी लगातार रुपमा गैरआवसिय नेपाली संघमा आबद्ध छु । पर्यटन प्रबर्धनमा महत्वपुर्ण योगदान पुर्याएकोले नेपाल पर्यटन बोर्डबाट अमेरिकाका लागि Honorary Public Relation Representative नियुक्त गरेको छ।

    गैरआवासीय नेपाली संघको सहकोषादक्ष पदमा उम्मेद्वारी घोषणा गर्नुभएको छ, दावि गर्नुपर्ने आधार के के छन ?
    म गैरआवासिय नेपाली संघको स्थापनाकालदेखि नै सकृय रुपमा गैरआवासिय नेपाली संघको गतिविधिहरुमा सहभागी हुँदै आएको छु । गैर आवासिय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषदको मिडिया टास्क फोर्स, गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाको मिडिया कोअर्डिनेटर, गैरआवासिय नेपाली संघ अमेरिकाको बोर्ड सदस्य, बन्दै आउनुका साथै गैरआवासिय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदकोसल्लाहकार र लगातार तिन ९४० कार्यकालसम्म अन्तर्राष्ट्रिय समन्वय परिषदको विधान समितिमा कार्यरत छु । आफ्नो दक्ष्यता तथा सवै मित्रहरुको राय सल्लाहमा गैर आवासिय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको सहकोषाध्यक्षकोरुपमा काम गर्ने उपयुक्त योग्यता र समय भएकोले उम्मेदवारीको घोषणा गरेको हुँ ।

    यहाँको उम्मेदवारी सँगै के कस्ता प्रतिबद्धताहरू सार्वजनिक गर्नु भएको छ, महत्वुपर्ण बुंदा ?
    नेपालीका लागि नेपाली, एक पटकको नेपाली सधैंका लागि नेपाली भन्ने गैरआवासिय नेपाली संघको मूल नारालाई अवलम्वन गर्दै नेपालमा हुने प्रायजसो सबै उच्च स्तरिय प्रतिनिधि मण्डलहरुमा सहभागी हुँदै आएको हुँदा त्यसलाई साथमा लिएर गैरआवासिय नेपाली संघको मूल्य, मान्यता र गरिमालाई आत्मसात गर्दै गैरआवासिय नेपाली संघका भावी कार्यक्रमहरुमा पूर्ण सहभागी भइ आफ्नो व्यक्तिगत स्वार्थभन्दा माथि उठेर गैरआवासीय नेपालीहरुको गौरवका लागि पहल गरी समृध्द नेपाल बनाउनका लागि सधैं दृढ रहने र गैरआवासिय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका कार्यहरुलाई पारदर्शिता गराउने मेरो प्रतिवध्दता हो।

    अहिले गैर आवासिय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको सवै पदका लागि कडा प्रतिस्पर्धा देखिएको छ त ?

    हामी गैर आवसिय नेपाली संघमा नेपाली समुदाय तथा मातृभूमीलाई सेवा गर्ने उधेश्यले आएका हौँ, तसर्थ मैलेयसलाई प्रतिस्पर्धाको रुपमा लिएको छैन ।

    यदि सहमतिमा जानु परेको अवस्थामा यहाँले आफ्नो पदको दाबी छाड्नु पर्ने भयो भने यहाँ के गर्नुहुन्छ ?

    सहमतिमा जानु राम्रो कुरा हो। आशा छ मेरो संस्था प्रतीको लगनशिलता र प्रतिबध्धताको कदर गर्दै, साथीहरुलेमलाई सेवा गर्ने मौका दिनुहुने छ भन्ने कुरामा म बिश्वस्त छु।

    गैर आवासिय नेपाली संघको अहिले सम्मको समिक्षा कसरी गर्नु भएको छ ?

    गैरआवासिय नेपाली संघवाट जुन किसिमको अपेक्षा राखिएको थियो ती पूरा हुन नसकेको भन्ने गुनासा नसुनिएका होइनन् तर पनि छोटो समयमा यो संस्थाले आफ्नो दरो अस्तित्व देखाउँदै सिंगो नेपाल र नेपालीहरुका आपत्कालिन समयमा गैरआवासिय नेपालीहरुले योगदान पुर्याएका छौ । यो संस्थाले गरेको एक महत्वपूर्ण उपलव्दी हो नेपाली नागरिकताको निरन्तरता । गैरआवासिय नेपालीको माग तथा आवश्यकता नेपाल सरकार तथा सबै राजनैतिक दलहरुलाई दिनसकेको छ । यो पनि गैरआवासिय नेपाली संघको उपलब्धि नै हो ।

    यहाँ मिडियामा संलग्न व्यक्ति हुनुहुन्छ, गैरआवासिय नेपाली संघका मुद्दाहरूका सन्दर्भमा मिडियाको भूमिका कस्तो पाउनु हुन्छ ?
    मिडियाले गैरआवासिय नेपाली संघका मुद्दाहरूलाई जन समक्ष लैजान आफ्ना ठाउँवाट महत्वपूर्ण भूमिका निभाएको छ। तर पनि आजको समय संचारको समय भएको हुँदा जुन किसिमले गैरआवासिय नेपाली संघले सन्चार माध्यमसँग सहकार्य गर्नुपर्ने हो त्यो गर्न पूर्ण सफल हुनसकेको छैन र म आफू संचारकर्मी भएको नाताले मेरो उम्मेदवारी नेतृत्वमा परिणत भएमा संचार माध्यमहरुसँग सहकार्य गरी अघि बढ्न वल पुग्नेछ ।

    गैरआवासिय नेपाली संघमा विवाद बढ्दै जानुको कारण के ठान्नुहुन्छ ?

    जुनसुकै संस्थामा पनि पक्ष र विपक्ष हुन्छन्न् नै । एक अर्काका बिचारमा पनि पृथकता हुन्छ । गैरआवासिय नेपालीसंघ पनि यसमा अपवाद हुन सक्दैन । केहि समय यता हाम्रो संगठनमा चुनावको लागि पैसाको चलखेल, राजनैतिकखेल तथा जातियताको हाबी वन्दै गएको छ, जुनकुरा संस्थाको लागि ठिक होईन।तर जतिसुकै विवाद देखिए पनिगैर आवासिय नेपाली संघको मूल उद्देश्यमा एकता हुनुपर्छ, त्यसो भयोभने यी विवाद गौण हुन् ।

    मातृभूमिको सेवामा जुट्ने तपाईको धोको यसै संस्थामार्फत पुराहुने देख्नुभएको छ ?

    म मातृभूमीको सेवामा पहिले देखी नै लागिपरेको ब्यक्ती हूँ। जुन कुरा ब्यक्तिगत रुपमा गर्न असम्भव हुन्छ, तेसैलाई संस्थागत गरेर लग्दा सम्भव हुने भएकोले गैर आवसिय नेपाली संघ यसको लागि सर्बोत्तम माध्यम ठानेको छु।

    श्रमिक नेपालीको पक्षमा एनआरएनए भएन भन्ने आरोप पनि छ, त्यसलाई कसरी लिनुहुन्छ ?
    गैर आवसिय नेपाली संघ आफ्नो स्थापना कालदेखी नै बिभिन्न देशमा जानुहुने श्रमिक नेपालीहरुको पक्षमा सम्बन्धीत निकायहरुको ढोका ढकढकाउने र बिभिन्न समयमा सहयोग गर्दै आएको छ। तर जती आशा गरिएको थियो त्यो हुन नसकिरहेको अवस्थालाई नकार्न सकिन्न। जुन कुराको सुधारको लागि हामी निरन्तर प्रयासरत छौ।

    आगामी दिनमा गैर आवासिय नेपाली संघ कसरी अघि बढ्नु पर्ने देख्नुहुन्छ ?
    गैर आवासिय नेपाली संघको जग बनिसकेको छ । अब यसका स्पष्ट उद्देश्य क्रमस प्राप्त गर्दै जाने सवाल हो ।नेपालीका लागि नेपाली, एक पटकको नेपाली सधैंका लागि नेपाली भन्ने गैर आवासिय नेपाली संघको मूल नारालाई सफलिभूत पार्न कम्मर कसेर अघि बढ्नुका साथै समृद्ध नेपाल बनाउन सहयोग पुर्याउन आफ्नो कर्तव्य ठानेरसेवाको भावनाका साथ अघिबढनु पर्छ।

    अबको मूल नेतृत्व कस्तो कस्तो हुनु पर्ला ?
    आफ्नो ब्यक्तिगत स्वार्थ भन्दा माथि उठेर जस्ले संस्था र मातृभूमीको संबृधीका लागि निस्वार्थ सेवा गर्छ, त्यस्तो ब्यक्तीको हातमा नेत्रित्व जानु पर्छ भन्ने मेरो मान्यता छ।

    यहाँका आफ्ना थप कुरा केहि छन की ?
    म गैरआवासिय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको सहकोषाधक्ष पदमा उम्मेदवार भएको छु । सवैको सप्रेम मतले काम गर्ने अवसर मिल्नेमा ढुक्क छु । म अमेरिका महादेशको संयोजकको काम र कर्तव्यमा नचुकीकन गैरआवासिय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषद र राष्ट्रिय समन्वय परिषद बिच सौहार्दता कायम गराउने प्रतिवध्दताका साथै गैरआवासिय नेपाली संघको उद्देश्य प्राप्तिका लागि सवै प्रकारले समर्पित भएको निवेदन गर्दै सहयोगका लागि अनुरोध गर्दछु।

    २५२९ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad