back

पत्रकार आचार्यको चीन चियाउँदा सार्वजनिक

वि.सं.२०७४ असोज २६ बिहीवार

252 

shares
NTC AD
Global IME AD

chin-chiyauda
२६ असोज, काठमाडौँ । पत्रकार चेतनाथ आचार्यद्वारा लिखित चीन चियाउँदा संस्मरणको सार्वजनिक गरिएको छ । बुधकार प्रज्ञा प्रतिष्ठानको हलमा एक कार्यक्रमको बिच उक्त पुस्तक सार्वजनिक गरिएको हो ।

सो पुस्तकको विमोचन प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, नेपाल चीन अध्ययन केन्द्रका कार्यवाहक अध्यक्ष सुन्दरनाथ भट्टराई, नेपालस्थित चिनिया दूतावासका प्रेस तथा राजनीतिक विभाग प्रमुख ची क्वाङ्ली र प्राज्ञ सुलोचना मानन्धर धिताले संयुक्त रुपमा सार्वजनिक गरेका हुन् ।

प्रमुख अतिथि रहेका प्रज्ञा प्रतिष्ठानका कुलपति उप्रेतीले आचार्यले पत्रकारको रुपमा नेपाललाई चीन चिनाउने र चीनमा नेपाल चिनाउन महत्वपूर्ण भूमिका खेलेको बताए । उनले यो पुस्तक चीन चिनाउन ज्यादै उपयोगी हुने धारणा व्यक्त गरे ।

नेपाल चीन अध्ययन केन्द्रका कार्यवाहक अध्यक्ष भट्टराईले पुस्तकले चिनिया समाज र सांस्कृतकि पक्ष बारे रोचक उजागर गरेको धारणा राखेका थिए ।

प्राज्ञ सुलोचना मानन्धरले समिक्षा गर्दै पुस्तकले चीन बारे धेरै जानकारी दिएको बताउँदै चीन जानुअघि पढेर जानु उपयुक्र्त हुने बताइन । पुस्तकमा लेखकले छिमेकीलाई हेर्ने दृष्टिकोण, चीनले गरेको प्रगति र त्यहाँको संस्कृति र चिनिया स्वभावका बारेमा पनि रोचक ढंगले प्रस्तुत गरेको बताइन ।

चिनिया दूतावासका प्रेस तथा राजनीतिक विभाग प्रमुख ची क्वाङलीले पनि पुस्तक चीन बारे जान्न उपयोगी हुने धारणा राखेका थिए ।

कार्यक्रमको समापन गर्दै लेखक आचार्यले नेपालमा चीनिया भाषाको कठिनाइ रहेको बताउँदै यदि तिब्बत भ्रमण आउने एक करोड मध्ये १० प्रतिशतलाई मात्र पनि नेपाल भ्रमणका लागि आकर्षित गर्न सके नेपालले पर्यटन क्षेत्रबाट निकै ठूलो लाभ लिने धारणा राखे । उनले आगामी दिनमा पनि लेखन कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै पुस्तक पढेर आलोचनात्मक सुझाव दिन आग्रह गरेका छन् ।

पुस्तकको मुल्य रु २५० रहेको छ भने पुस्तक सांग्रिला पुस्तक, काठमाडौँले प्रकाशन गरेको हो ।

वि.सं.२०७४ असोज २६ बिहीवार ०८:२० मा प्रकाशित

NLIC AD
NABIL bank AD
बिजुलीको तार खसेर आगलागी हुँदा सात बिघा जमिनको गहुँबाली नष्ट

बिजुलीको तार खसेर आगलागी हुँदा सात बिघा जमिनको गहुँबाली नष्ट

महेन्द्रनगर (कञ्चनपुर) । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा बिहीबार गहुँबालीमा आगलागी...

तीन जिल्ला जोड्ने तल्लुको पुल निर्माण अन्तिम चरणमा

तीन जिल्ला जोड्ने तल्लुको पुल निर्माण अन्तिम चरणमा

काँक्रेविहार (सुर्खेत) । भेरी करिडोर सडक आयोजनाअन्तर्गत तल्लुस्थित भेरी नदीमा...

लेकाली भेगमा पाइने जडीबुटी लोप हुने अवस्थामा

लेकाली भेगमा पाइने जडीबुटी लोप हुने अवस्थामा

मान्म (कालीकोट) । कालीकोटका लेकाली भेगमा पाइने जडीबुटी लोप हुने...

तातोपानी नाकाबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

तातोपानी नाकाबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

चौतारा (सिन्धुपाल्चोक) । चालु आर्थिक वर्षको नौ महिनामा तातोपानी भन्सार...

अर्थतन्त्रमा सुधार आउन थालेको मन्त्री भण्डारीको भनाई

अर्थतन्त्रमा सुधार आउन थालेको मन्त्री भण्डारीको भनाई

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले केही समयदेखि...

लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् विस्तार, को–को बने त मन्त्री ?

लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् विस्तार, को–को बने त मन्त्री ?

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले मन्त्रिपपरिषद् विस्तार गरेका...