BizPati

  • Ad
  • Ad
  • आज : २०७४ कार्तिक २ गते
    Headlines :
    Ad
    Ad

    पर्यटक भिषामा युएई पु¥याई अलपत्र पारिएका नेपालीको उद्दार

    संसार न्यूज संवाददाताआश्विन २६, २०७४

    photo२६ असोज, काठमाडौँ । पर्यटक भिषामा युएई पु¥याई अलपत्र पारिएका नेपालीको युएई स्थित नेपाली दुतावासले उद्दार गरी नेपाल फिर्ता पठाएको छ । काम गर्नको लागि पर्यटकीय भिषामा युएई पुगेर अलपत्र पारिएका १६ जना नेपालीलाई दुतावास, गैह्र आवासीय नेपाली संघ, अन्तराष्ट्रिय संयोजन समितिको पहलमा उद्दार गरिएको हो ।
    उद्दार गरिएको नेपालीहरुमा सुनील राउत, भिमबहादुर बम्जन, ईन्द्रबहादुर थापा, सुन्दर तामाङ, राजु थापा, कृष्ण बहादुर भुजेल, दिपेन्द्र सान्देन, कमल बुढाथोकी, ज्ञानबहादुर तामाङ, सुकुराम थिङ, चन्द्रबहादुर गुरुङ, तुलसी प्रसाद शर्मा, नवराज लो, सिमोन बम्जन, फुन्जो तामाङ, नरेश तामाङ रहेका छन् ।
    उद्दार गरिएका व्याक्तिहरुका अनुसार काठमाडौँमा रहेको पान्डोरा ईन्कर्पोरेसन प्रालिका सन्चालक ईश्वरी भन्डारी तथा कार्यकारी निर्देशक केशव थापा तथा दलालहरु दिनेश लामा मोक्तान तथा रमेश कुँवरले आफुहरुबाट मोटो रकम लिई ठगेको बताएका छन् ।

    press release

    ३७ पटक
    प्रतिकृया दिनुहोस्