BizPati

  • Ad
  • Ad
  • आज : २०७४ कार्तिक २ गते
    Headlines :
    Ad
    Ad

    बामपन्थीहरु बिच चुनाबी तालमेल र पार्टी एकता, समृद्ध नेपाल निर्माणमा आजको आबश्यकता

    टिका पौडेलआश्विन २६, २०७४

    tika poudel

    भर्खरै स्थानीय तहको चुनाब सम्पन्न भएपछि आगामी प्रदेश तथा प्रतिनिधि सभाको चुनाबको मुखैमा आएर मुलुकमा एमाले, माओबादी केन्द्र र नयांशक्ति नेपाल बीच चुनाबी तालमेल र पार्टी एकता प्रक्रियाको एक्कासि घोषणाले मुलुकमा नयाँ तरँग छाएको छ । राष्ट्रीय , अन्तरराष्ट्रीय स्तरमा चासो पनि बढेको छ । एमाले र माओबादी केन्द्र मूल रुपमा एउटै मार्क्सवादी दर्शनलाई मानेर आएको भएपनि फरक फरक राजनीतिक स्कुलिंग, राजनीति बुझाई, मार्क्सवाद – लेनिनबादलाई बुझ्ने र त्यसको मर्म र भाबनालाई आत्मसाथ गर्ने सबालमा दुई फरक बाटोबाट यात्रा गर्दै आफ्नो पहिचान बनाउन सफल भएका छन ।

    gathbandanझापा संघर्षको धारबाट आफुलाई अघि बढाएको नेकपा एमाले शान्तिपूर्ण संक्रमणको बाटोबाटै समाजबादमा पुग्न सकिने ठहरका साथ जनताको बहुदलीय जनबादलाई तत्कालीन कार्यक्रमको बाटोको रुपमा स्विकारदै विभिन्न आरोह अबरोहहरु पार गर्दै मार्क्सबादलाई जड़सूत्रको रुपमा नभै सृजनात्मक रूपले बस्तुबादी ढँगले आत्मसाथ र अबलम्बन गर्दै आएको छ । जसले गर्दा आज मुलुककै लोकप्रिय र सबैभन्दा ठुलो शक्तिशाली पार्टीको रुपमा स्थापित भएको छ । माओबादि केन्द्र पनि उग्र बामपंथि भड़काऊबाट प्रेरित बन्दै दसबर्ष जनयुद्धको बाटो हुँदै अन्ततः एक्काईसौं शताब्दिको जनबादी कार्यक्रमलाई आफ्नो तत्कालिक कार्यक्रमको रुपमा तयगर्दै उनिहरुहरु पनि शान्तिपूर्ण संक्रमणको बाटोमा आएका छन । नाम फरक देखिएपनी सारमा उपरोक्त दुबै कार्यक्रममा ठुलो भिन्नता छैन । एमालेले बिगतको सही समीक्षा गर्दै, आफ्ना कमी कमजोरीलाई स्विकारदै, आत्मसाथ गर्दै बिभिन्न कालखण्डमा विभिन्न दलहरु सँग एकीकरण गर्दै, देशकाल र परिस्थिति अनुरूप अघि बढ्दै र सफल हुँदै आएको छ । तर माओबादीहरु द्वारा दसबर्षको जनयुद्ध र त्यहाँ भएका, गरिएका थुप्रै खालका गल्ती र कमी कमजोरिहरुलाई स्विकारी सकेको अबस्था छैन ।

    uml-maobadi-yekata-1

    मुलुकको हितमा एमालेले केन्द्रीय समितिको बैठकबाटै आगामि चुनाबमा बामपंथी, देसभक्त र प्रगतिशील शक्तिहरूसँग चुनाबी तालमेल गरेर जाने मात्रै नभै पार्टी एकीकरणको प्रक्रियालाई पनि अघि बढाउने जून निर्णय गर्यो । बास्तबमै त्यो स्वागतयोग्य बिषय रहेको छ ।

    शान्तिपूर्ण बाटोमा आइसकेपछि पनि उनीहरुले चरम अबसरबादी बाटोलाई अबलम्बन गरीरहे । युद्धकालमा बिजारोपण गरेको जातिय पहिचानलाई आजसम्म छोडेका छैनन । जहाँ जहाँ गयो त्यहाँ जातीय राज्यको सपना देखाउने र मिलेर बसेको समुदायलाई खलबलाउने कार्यले मुलुक थप संकटको भूमरिमा फस्यो । अन्ततः दोस्रो संबिधान सभाको चुनाबमा उनीहरुको जातीय पहिचानको नारा नै अफाफसिद्ध भयो । जनताले उनीहरुको यो नारालाई अस्वीकार गरेको ब्यबाहारिक रूपमै उनीहरुको पराजयले प्रमाणित र पुस्टि भैसकेको अबस्थामा पनि स्वयम माओबादिहरु बॉट भने अझसम्म स्वीकार गरेको देखिदैन । यी बिषयहरुलाई माओबादी केन्द्रले गम्भीर रूपमै समीक्षा गरी अगाडिको बाटो तय गर्नु आबश्यक देखिन्छ । तरपनि यि दुबै शक्तिहरु आर्थिक क्रान्तिको माध्यमबाट मुलुकलाई परिबर्तन गरी समृद्धिको बाटोमा मुलुकलाई रूपान्तरण गर्ने बिषयमा भने सहमत देखिन्छन । आज उपरोक्त दुबैदलहरु बिच चुनाबी तालमेल र पार्टी एकीकरणको बिषयले आमरूपमा चर्चा, परिचर्चा, विश्लेषण, बहस, शुरू भनेका छन । आमरूपमा जनतामा भने यसको सकारात्मक प्रभाब परेको र उत्साह छाएको देखिन्छ । हरेक ब्यक्तिको भेटघाट, टेलीफोन बार्ता लगाएत चिया पसलका चियागफमा पनि यही कुराले बिशेष चर्चा पाएको देखिन्छन । तर केहि कार्यकर्ता, समर्थक र सुभचिन्तकको पँक्तिमा भने माओबादिका बिगतका ब्यबाहार, शैली देखेका, भोगेका उनिहरुबाटै पीड़ित बनेकाहरु बीच चिन्ता पनि छाएको देखिन्छ । उनीहरुको इमानदारिता माथि नै शंका गरेको पाइन्छ । आज एमाले प्रति देखा परेको जनलहरकै कारण चुनाब जित्नकै लागि आएको र भोली चुनाव जितेपछि एकताको मर्म र भाबनालाई लत्याउने हुनकी ?? भन्ने पिरलो पनि देखिएको छ ।

    yakata

    यो चुनाबी तालमेल र एकीकरणको प्रक्रियालाई देखेर विपरीत धारकों नेतृत्व गर्ने नेपाली कांग्रेस पार्टिमा खैलाबैला नै मञ्चिएको छ । भने दक्षिण तिरको छिमेकी देस भारतमा समेत यसको गम्भीर प्रभाब परेको देखिन्छ । नेपाली कांग्रेसलाई यो तालमेल र एकता आगामि

    निर्बाचनमा फलामको च्युरा साबित भएको छ । अर्कोतिर उनीहरु आत्मसन्तुस्टीको लागि कम्युनिष्टहरुको एकता भनेको बालुवाको घर हो भनेर व्यंग्य पनि गर्दै आएका छन । कम्युनिष्ट आन्दोलनको रोगलाई देखे जानेको आधारमा उनीहरुले यसो भन्नुलाई अन्यथा मान्नु पनि हुँदैनं । तर यो भनाईलाई कम्युनिष्टहरुले तोडेर देखाउन सक्नु र सिक्नु पर्छ । 

    किनभने कमरेड प्रचण्डले हिजो बोल्ने र गर्ने ब्यबाहारमा फरक देखिदै आएकोले पनि यस्ताखाले चिन्ता उब्जिनुलाई पनि अस्वभाविक मान्न सकींदैन । अर्कोतिर (चिन्ता एमालेभित्र मात्रै होइन । माओबादी पँक्तिमा पनि उत्तिकै छ । हिजो उनीहरूको गलत स्कुलिंगको प्रभाब परेका केहि नेता , कार्यकर्ताहरु एमालेसङ्गको एकीकरणलाई जनयुद्धको मर्म र भाबना बिरुद्ध भएको आरोप लागाउँदै आइरहेका छन । पिरलो दुबैतिर छ । स्थानीय तहको चुनाबमा पहिलो पार्टी बनेपछि आज एमालेमा एउटा जनलहर नै आएको छ । धेरै ब्यक्ति, समूह र ससाना दलहरु एमालेमा विलय हुँदै र चुनाबी तालमेल गर्दै आएका छन । आगामी प्रदेश सभा र प्रतिनिधि सभामा एमाले एक्लै बहुमत ल्याउने कुरामा बिस्वस्त हुँदै तदनुरूपको रणनिति पनि बनाई सकेको छ । तर पनि मुलुकको हितमा एमालेले केन्द्रीय समितिको बैठकबाटै आगामि चुनाबमा बामपंथी, देसभक्त र प्रगतिशील शक्तिहरूसँग चुनाबी तालमेल गरेर जाने मात्रै नभै पार्टी एकीकरणको प्रक्रियालाई पनि अघि बढाउने जून निर्णय गर्यो । बास्तबमै त्यो स्वागतयोग्य बिषय रहेको छ ।

    राजनीतिका तत तत परिस्थितिमा संघर्ष र एकता स्वभाबिक प्रक्रिया हुन । दुई बिपरीत तत्वको संघर्षले नयाँ चीजको जन्महुन्छ । यो दन्दवादी नियम नै हो । यही नियम अनुसार यो एकता प्रक्रिया अगाडि बढ्दै छ भनेर बुझ्नु उपयुक्त हुन्छ । सिद्धान्त केबल शास्त्रीय र सूत्रीय रूपले सुगा रटाई गर्नुले मात्रै सिद्धान्तत त ठीकै होला । तर ब्यबाहारिक पक्षमा फराकिलो बन्न सकीदैन । हामीले भन्दै आएको परिबर्तन केबल नारामा मात्र सिमित हुनु हुँदैनं । यसलाई आँफुबाट शुरू गरेर मुलुकको समृद्धि सँग दाँजेर परिकल्पना गर्नुपर्छ । कम्युनिष्टहरु बढ़ी नारामा पपुलिष्ट र फुट , बिभाजनमा सँगठित भएकाले पनि हाम्रो मुलुकमा बामपंथिहरुको बहुमत भएर पनि बहुमतको सरकार बन्न सकेको छैन । बिगतमा एमालेको सरकारले केहि प्रभाबकारी कार्यक्रमहरु ल्याएपनी पुर्ण रुपमा कार्यन्वयन गर्न नपाउँदा मुलुक समृद्धिको बाटो अघि बढ्न सकेको छैन । यो बिषयलाई कम्युनिष्टहरुले आफ्नो कमजोरिको रुपमा गम्भीरताको साथ लिनु आबस्यक देखिन्छ । कम्युनिष्टहरु फुट र अनेकतामा रमाउने चिन्तन बाट मुक्त हुनुपर्छ । जति पार्टी टुक्रापर्छ उति हामी बलिया भयौं । फलामका खिया र चपेटा उक्कीएर गए । हामी स्पातिला भयौं भन्ने तर्क राजनीतिमा सही हुँदैनं । फुटमा शक्ति देख्ने चश्मा अब कम्युनिस्ट हरुले फेर्नुपर्छ । अरुका जन्म कुण्डली र चीना , चिर्केटा मात्रै हेरेर अरुलाई मात्रै दोस थोपरेर बस्ने । आफ्नो अबस्थालाई कहिल्यै ख्याल नराख्ने चिन्तन बाट कम्यूनिष्टहरु मुक्त बन्नुपर्छ । सबैकुरा आँफुले भनेजस्तो नहुन पनि सक्छ । तर राष्ट्रको समृद्धि र विकासको लागि केहि लचिलो बन्न पनि पर्छ ।

    आज मुलुकमा भएको राजनैतिक परीबर्तनले पूँजीको बिकास सँगै आर्थिक क्रान्तिको माध्यमबाट समाजबादमा उन्मुख हुने बाटो खोलिदीएको छ । जसको लागि मुलुकमा राजनैतिक स्थिरता र बहुमतीय सरकारको तड़कारो आबश्यकता रहेको छ । मुलुकमा यथास्थितिवादी र परिबर्तनकारीको बिच धूर्बिकरणको आबश्यकता हुनुलाई समय सापेक्ष्यताको रुपमा बुझ्नुपर्दछ । मुलुकमा बहुमतीय स्थिर सरकार नहुँदा राजनैतिक दलहरु मुलुकको बिकास र समृद्धिको बाटो छोडेर सत्ता टिकाउने खेलमा ब्यस्त देखिए । गैर सैद्धान्तिक गठबन्धनहरु भए, गरिए । जसले सिंगों मुलुक अक्रान्त बन्यो । “भाई फूटे गवाँर लुटे” भनेजस्तै मुलुकलाई कमजोर बनाउन, संबिधानलाई कार्यन्वयन हुन नदीन,  मुलुकलाई जातीय हिँसा र विखण्डन तर्फ धकेल्न देसी बिदेसी प्रतिक्रियाबादी शक्तिहरुले चलखेल गर्ने मौका पाए र टाउको उठाए । यि उपरोक्त सबैकुराको सामाधानको लागि पनि कम्युनिष्ट एकता आजको आबश्यकता बनेको छ । एमाले माओबादी केन्द्रको तालमेल र एकीकरणलाई यसरी नै बुझ्नुपर्छ ।

    बिगतका दिनमा एकापसमा भएका, गरिएका गल्ती र कमिकमजोरिहरु लाई समीक्षा गर्दै आत्मसाथ गर्नुपर्छ र कमजोरीलाई स्विकारनु पर्छ । त्यसबाट नयाँ पाठ सिक्नुपर्छ । एकपटक गल्ती गरेकोले सँधैभरी गल्ती गरीरहन्छ भन्ने र गल्ती नगरेकोले कहिल्यै गल्ती गर्दैन भन्ने दुबै सोच गलत हुन । समय र परिस्थितिमा गल्ती नगरेकोले गल्ती गर्न पनि सक्छ र गल्ती गर्नेले सुध्रीन पनि सक्छ । पुरानो घाउ कोट्टाई रहने प्रबृत्ति र शंका गरीरहने प्रबृत्तिले धोका र घातक हुन पनि सक्छ । मुलुकको समृद्धि र विकासको लागि सबै बामपंथी देसभक्त र प्रगतिशील शक्तिहरु एकजुट हुनु आजको आबश्यकता र समयको माग पनि हो । तर यो एकता निजी स्वार्थको लागि पदीय बाँडफाँडको लागि “कालेकाले मिलेरै खाऊँ भाले”  हुनु हुँदैनं । यो एकता भावनात्मक हुनुपर्छ । फराकिलो मनले हुनुपर्दछ । मुलुकको समृद्धिको लागि हुनुपर्दछ । नमिलेको मन मिलेको पार्टी भयो भने कालान्तरमा टिकाऊ हुन सक्दैन । यो चुनाबी तालमेल र एकीकरणको प्रक्रियालाई देखेर विपरीत धारकों नेतृत्व गर्ने नेपाली कांग्रेस पार्टिमा खैलाबैला नै मञ्चिएको छ । भने दक्षिण तिरको छिमेकी देस भारतमा समेत यसको गम्भीर प्रभाब परेको देखिन्छ । नेपाली कांग्रेसलाई यो तालमेल र एकता आगामि निर्बाचनमा फलामको च्युरा साबित भएको छ । अर्कोतिर उनीहरु आत्मसन्तुस्टीको लागि कम्युनिष्टहरुको एकता भनेको बालुवाको घर हो भनेर व्यंग्य पनि गर्दै आएका छन । कम्युनिष्ट आन्दोलनको रोगलाई देखे जानेको आधारमा उनीहरुले यसो भन्नुलाई अन्यथा मान्नु पनि हुँदैनं । तर यो भनाईलाई कम्युनिष्टहरुले तोडेर देखाउन सक्नु र सिक्नु पर्छ । बिपक्षिका यि भनाईबाट शिक्षा पनि लिनुपर्छ । अबको एकतालाई बलियो बनाएर देखाउनसक्नु पर्छ । अब भुकम्प आएपनी भत्काउन नसक्ने घर बनाउनु पर्छ । राष्ट्र र जनताको लागि आबश्यक पर्दा कम्युनिष्टहरु जुटन पनि जानेका हुन्छन भन्ने सन्देस दिन सक्नु पर्छ ।

    अन्तमा एकताको प्रक्रिया इमानदारिताको आधारमा अघि बढोस । मुलुक अस्थिरता र यथास्थितिबाट समृद्धिको बाटोमा अघि बढ्न यो एकता उदारणीय र परिणाम मुखी बनोस भनेर स्वागत गरिनुमा उपयुक्त हुन्छ । यो एकता समयको माग र मुलुकको आबश्यकताले भएको कुरालाई सबै पक्षबाट आत्मसाथ गरिनुपर्छ । एकताको बिरुद्ध आईपर्ने हरेक चुनौतिलाई मिलेरै सामना गरनुपर्छ । फुटाउ र राजगर भन्ने बिस्तारबादी, हैकमबादी र साम्राज्यबादीहरुले यो एकता प्रक्रियालाई सफल हुन नदिनको लागि विभिन्न रूपले लाग्नेछन । यसमा उनीहरुले दबाब, प्रलोभन जस्ता हतकण्डा उपयोग गर्नेछन र लागि पर्नेछन । एकीकरण प्रक्रियामा लागेका दुबै दलका नेताहरु यस बिषयमा सजक र सतर्क हुनै पर्छ । बाँदरले खान्छकी रु भनेर खेती नगर्ने र भुकम्पले लॉन्छकी रुभनेर घर नबनाउने दुबै क़ुरा उपयुक्त होइनन । अब सबै एकिकृत कम्युनिष्ट पार्टी निर्माणको बाटोलाई सहज बानाऊँनु र सहयोग पुर्याउनु नै आजको आबश्यकता र नेता ,कार्यकर्ताहरुको कर्तब्य र दायित्व हो । अब सबैले मार्क्सबादलाई शास्त्र र सूत्रको नाममा मनोगतवादी र जडसूत्रबादी ब्याख्या र विश्लेषण गर्दै फुट र बिभाजन मात्र गरेर हुँदैनं । मार्क्सवादलाई देशकाल र परिस्थिति अनुरूप सृजनात्मक ढँगले अनुसरण, प्रयोग र अबलम्बन गर्दै “सुखी नेपाली, समृद्ध नेपाल” बनाउने एमालेको अभियानामा हामि सबै एकजुट बनेर लागौं । जयहोस ।

    (लेखक : प्रवासी नेपाली संघ भारतका केन्द्रीय सल्लाहकार हुनुहुन्छ ।)

    ३९४ पटक
    प्रतिकृया दिनुहोस्