BizPati

  • Ad
  • Ad
  • आज : २०७४ मंसिर २९ गते
    Headlines :
    Ad

    साख गुमाउँदै एनआरएनए

    डा. गोबिन्द रावतआश्विन २७, २०७४

    govinda-singa-new

    डा. गोबिन्द रावत, टोरन्टो, क्यानडा

    पदका लागि मात्र उठेर हजार पाँचहजार डलर खर्च गरेर आप्mना आसेपासेलाई सदस्य बनाईदिएर एकछापे भोट खसाल्ने प्रवृति बढ्दै गएको छ । अरु देशका बारेमा अनभिज्ञ रहे पनि क्यानडा र अमेरिकामा आएर आफू नेपालमा असुरक्षित रहेको र फर्केर गए ज्युज्यानको खतरा हुने भनेर शरण लिएकाहरूले एनअनरएनको पद ताक्न कतिको सान्दर्भिक र युक्ती संगत हुन्छ ? यो आफैले विचार गर्ने प्रसङ्ग हो ।

    अहिले विश्वभरीका गैरआवासीय नेपाली तातेका छन् । यसको अन्तर्राष्ट्रिय सम्मेलन अक्टुबर १४ देखि १७ सम्म काठमाडौंमा हुँदैछ । त्यस सम्मेलनमा विश्वका ७५ मुलुकहरूमा रहेका एनआरएनका राष्ट्रिय परिषद्को पनि महत्वपुर्ण भूमिका रहने गर्दछ । नयाँ नेतृत्वको चयन उनीहरूको मतबाट हुने गर्दछ । त्यसैले अन्तर्राष्ट्रिय सम्मेलनअघि नै सबै राष्ट्रिय समन्वय परिषद्ले वार्षिक साधारणसभाको आयोजना गर्दै नयाँ राष्ट्रिय परिषद्का लागि निर्वाचन गराउने गर्दछन् । एनआरएनको राष्ट्रिय परिषद्का लागि हुने निर्वाचनमा एनआरएनको सदस्यता लिएकाहरूले मात्र मतदान गर्न पाउँछन् ।

    नेपालबाट प्रवासिएर विदेशी भूमीमा बसोबास गर्ने सबै नेपाली आप्रवासी नेपाली हुन् । जसलाई एनआरएनको नामबाट परिभाषित गरेर गैरआवासीय नेपाली भनिन्छ । आफू बसेको राष्ट्रबाट गैरआवासीय संघको सदस्यता लिए पनि नलिए पनि सार्क राष्ट्रबाहेक विदेशमा बस्ने नेपाली सबै आप्रवासी वा गैरआवासीय नेपाली अर्थात् एनआरएन हुन् । वास्तवमा प्रवासी आप्रवासी भने पनि हुने हो । तर त्यसो भएन । यसको परिभाषा केलाएर हेर्ने हो भने नेपालबाहिर बसुञ्जेल एनआरएन र नेपाल फर्केपछि नागरिक भन्ने बुझिन्छ । यही परिभाषामा रहेर एनआरएन अघि बढी रहेको छ । विदेशमा बसुन्जेल एनआरएनए संस्थामा पद लिएर बस्ने र मुलुक फर्केपछि पार्टीबाट पाउने सरकारी नियुक्ती ताक्ने प्रवृति पिआरवाहक एनआरएनमा बढ्दै गइरहेको छ । त्यसैले विदेशमा नागरिकता लिएर बसेका नेपालीहरूका लागि एनआरएनको विधानमा त्यति विस्तार विवरण भएको देखिदैन । विदशी नागरिकता लिएर विदेशमा बस्ने नेपालीहरूलाई चाहिने दोहोरो नागरिकता हो । एकपटकको नेपाली सधैको नेपाली कहलाउनलाई दोहोरो नागरिकता चाहिन्छ । पिआर लिएर बसेकाहरू त सधैका नेपाली हुन् । उनीहरूसँग विदेशमा बस्न विदेशी अधिकारपत्र (पि.आर वा ग्रिन कार्ड) छ भने नेपालमा बस्ने नागरिकता छ । सम्पत्ति आयआर्जन र भोगचलन नागरिक अनुसार गर्न पाउँछन् । उनीहरूसँग मताधिकार रहेको हुन्छ । राजनीतिक सोच र समझ हुन्छ । राजनीतिक पहुँच हुन्छ । विदेशी नागरिकता लिएर बसेका नेपालीहरूको चाहना भएकाले मातृभूमि सँग जोडीरहन दोहोरो नागरिकता हो । तर विदेशी नागरिकता लिएका नेपालीहरूप्रति एनआरएन त्यति गम्भिर भएको देखिदैन । एकपटकको नेपाली सधैको नेपाली भन्ने नाराका साथ दोहोरो नागरिकताका लागि संघर्षरत् एनआरएनएको स्थापनादेखि नै राष्ट्रले स्थाई र टिकाउ सरकार पाइरहेको छैन । नौं महिने व्यथा लिएर स्थापना हुने सरकारका मन्त्रीहरूले अल्प सत्ताको उपयोग गर्दै आफ्नै स्वार्थ पुरा गरिरहेका हुन्छन् । अनि विचरा एनआरएनलाई दोहोरो नागरिकताको दिवा स्वप्नमा बाँधी राखेका छन् ।

    सन् २००३ बाट एकपटकको नेपाली सधैको नेपाली भन्ने नाराका साथ शुरु भएको एनआरएन अभियान प्र्रारम्भमा नेपालबाहिरका नेपालीहरूको अविभावकका रुपमा परिचित हुँदै गएको थियो । त्यसबेला जहाँ जहाँ एनआरएन स्थापना भयो त्यहाँ त्यहाँ प्रारम्भमा कतै एक त कतै दुईकालसम्म परिपक्क अनुभवि र बौद्धिक व्यक्तीहरूबाट एनआरएनए परिचालन हुँदै गयो । तर त्यसपछि एनआरएनमा पदको लोभ गर्ने व्यक्तीहरूको प्रवेशपछि एनआरएन परिचय नभएकालाई आफू चिन्हाउने माध्यम बन्दै गयो । प्रारम्भमा जुन जोश र अठोट देखिएको थियो ती सब अब केन्द्रबाट जारी गरिने विज्ञप्तिमा मात्र सिमित बन्दै गयो । विज्ञप्तीले पनि अर्थ संकलन र लगानिकै बोली बोल्न थाल्यो ।

    nrna-logo

    सन् २००५ मा सम्पन्न एनआरएनको दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागिता जनाउँदा त्यसबेलाको केन्द्रिय समितिमा व्यापारीहरूको बाहुल्यता देखेपछि एनआरएन व्यापारीहरूको संस्थामा परिणत हुँदै गएको भनेर लेखेको थिएँ । यो वास्तविकता अझैसम्म यथावत रहेको छ । तपाई हामी एनआरएनको अध्यक्ष हुन सम्भव छैन । त्यसैले व्यापारीहरूमा नै प्रतिस्पर्धा हँुदै आएको छ । हुन पनि एनआरएनको अहिलेसम्मको कार्यकारिणीहरूको फेहरिस्त पल्टाएर हेर्ने हो भने व्यापारीक समुदायको बाहुल्यता नै रहेको देखिन्छ । प्रारम्भदेखि वर्तमानसम्म एनआरएनले के गर्यो र जे गर्यो नेपालको लागि भनेर गर्यो । लगानिमा बढी केन्द्रित भएर लाग्यो र लागि रहेको छ । एनआरएनको कुनै पनि भेला वा बैठकमा लगानि र चन्दा संकलनका कुरा बढी आउने गर्दछन् । तर आजसम्म कति उठ्यो कतै लेखाजोखा देखिदैन । क्यानाडाको एउटा सानो उदाहरण लिएको छु । शेष घले अध्यक्ष निर्वाचित भएपछि एनआरएनले नेपालमा आफ्नो भवन बनाउनका लागि घलेको देशाटनको क्रममा क्यानडाको टोरोन्टोमा भएको भेटघाट कार्यक्रममा मौखिक संकल्पसहीत ४०–५० हजार डलर उठेको थियो । अप्रिल २०१५ को विध्वसंकारी भुईंचालोपछि स्वदेशी र विदेशीहरूबाट एनआरएन क्यानडाले लाखौं डलर उठाएको सुनियो । केही समयअघि भवन भट्टसहितको टोली आएको बेला फेरि भवन निर्माण र बार्पाकमा भुईंचालो पीडितका लागि भवन बनाउनका लागि चन्दा उठाइएको थियो । गत अगस्तमा भएको एनआरएन क्यानडाको दशौं वार्षिक साधारण सभामा चन्दा कति उठेको र कता बुझाइएको बारे आर्थिक विज्ञप्तिनै मौन देखियो । अझ एनआरएन केन्द्रिय कार्यालयले वार्षिक सदस्यता शुल्क १० डलरमा काठमाडौंमा भवन बनाउन अर्को ५ डलर थपेर उठाउने आदेशपछि १५ डलरका दरले सदस्यता शुल्क उठाइएको थियो । यसमा ५ डलर केन्द्रलाई भनेर उठाइएको थियो । हामी आप्रवासी नेपाली विभिन्न मुलुकमा बसेर नेपालीपनको आभास दिन सदैव प्रयत्नशिल रहिरहन्छौं । विदेशमा पनि नेपालीत्वलाई निरन्तरता दिन अझ भनौं नेपाली भाषा साहित्यसँगै परम्परागत चाड पर्वहरूलाई जोगाई राख्न नेपाली संघ संस्थाहरू खोलिदै आएका छन् । एनआरएनको जन्मपछि ती संस्थाहरूलाई पनि संरक्षण दिन छाता संगठनका रुपमा आफ्नो परिचय दिन सधै अग्र पंत्तीमा रहेको एनआरएनले आफ्नो वचन भने पुरा गर्न सकेको छैन । अन्य सामाजिक संस्थाहरूलाई संस्थागत सदस्यता दिने क्रममा नेपाली राजनीतिक दलका भातृ संगठनहरूलाई समेत संस्थागत सदस्य बनाएर नेपालमा जनतालाई सधै रुवाएका राजनीतिक दललाई विदेशमा सक्रिय रहेको एनआरएन भित्र पनि भित्र्याएर संस्थागत राजनीतिको खेल शुरु गरेको छ । त्यसैले गर्दा विदेशमा नेपाली संस्कृतिको जगेर्ना गर्दै आएका किरण ढुङ्गाना (क्यानडामा पहिलो नेपाली संस्थाको थालनी गर्ने अग्रज) जस्ता अग्रजहरू एनआरएनएभन्दा बाहिरनै बस्न रुचाउन थालेका छन् । यो वास्तविकता अन्य राष्टमा पनि हुनुपर्छ । हिजोको ठिटो अध्यक्ष भएपछि अग्रजहरूबारे अनभिज्ञ नै हुन्छ ।

    Nrna-8th-banner_final_full

    एनआरएनले स्थापना कालदेखि नै बढी फोकस आर्थिक लगानिमा गर्दै आएको छ । संस्थाकै माध्यमबाट संस्थाका कर्ताकर्ताहरूको नेपालभरी लगानि भएको छ । अन्य आप्रवासीहरू एनआरएनको पदाधिकारी बन्न पाए विश्वभरीका नेपालीहरूमा आफ्नो पहिचान बनाउन पाउने सपना बोकेर यसमा लागेको देखिन्छ भने बाँकी रहेका आप्रवासीहरू तमासे मात्र भएर चन्दा मात्र दिदै बस्छन् । अरु मुलुकका बारेमा अनभिज्ञ रहे पनि क्यानडामा भने एकपटक पदमा बसेर खादा ओड्ने रहर पुगेपछि फर्केर समुदायका लागि केही गरेको देखिएको छैन । यहाँ सानो पदबाट बढुवा हुँदै अध्यक्ष बन्छन् र त्यसपछि थन्कन्छन् । राजनीतिक गुटबन्दीमा चुनाव हुन थालेको छ । अर्थात् एनआरएनमा नेपालको रोगी राजनीति लागेको छ । विदेशमा आएर पनि कांग्रेस, एमाले राजावादी, माओवादी भनेर बिल्ला भिरेर हिड्छौं । यो रोग एनआरएनमा नराम्ररी लागेको छ । भखैर उत्तर अमेरिकामा भएको चुनावले पनि उदाङ्गो पारेर देखाइदिएको छ । एकातिर जनसम्पर्क समितिको समर्थन र अर्कोतिर प्रवासी मञ्चको समर्थनमा उम्वेदवारी दिनेहरूले पदमा आएपछि पार्टीको लागि काम गर्न थाल्छन् । पार्टीको वैदेशिक शाखाको सदस्यमा मनोनित हुने सपना बुनेर बस्छन् । अमेरिकामा चार लाखजति नेपालीहरू रहेकोमा चालिस हजार जतिले मात्र एनआरएनको सदस्यता लिनु र त्यसमा पनि नौ हजारले मात्र मत दिनु भनेको संस्थागत र नेतृत्वगत कमजोरी हो भन्दा अत्युक्ति नहोला । यो राजनीतिको सरुवा रोग क्यानडामा पनि सरेपछि राजनीतिक स्वार्थका लागि एउटै शहर टोरोन्टोलाई निवर्तमान बोर्डका सदस्यहरू मिलेर स्कारबोरो र टोरोन्टो गरी छुट्याइएको थियो । यसको विरोधमा एउटा पक्षले अदालतमा मुद्दासमेत दायर गरेको छ । अब मुद्दा मोलमलाईमा राष्ट्रिय परिषद्को दुई सदस्यको सिट पाए गुपचुप बस्नेमा अल्झिएको छ । यहाँ १५ डलर तिरेर सदस्य भएकाहरूको मताधिकारको हनन भएको बारे भने दुवै पक्ष मौन छन् । काले काले मिलेर खाउँ भालेको नीतिमा संस्था चलेपछि संस्थाप्रतिको विश्वास कसलाई गर्ने ? यहाँ पनि जनसम्पर्क समिति र प्रवासी मञ्च लागेको छ । ४० हजारको हाराहारीमा बसोबास गर्ने क्यानडामा तीन हजारमात्र सदस्य रहेको र त्यो पनि चुनाव आउन एक महिनाअघि ह्वात्त बढ्नुबाट पनि एनआरएनप्रतिको जनचासो घट्दै गएको आभाष हुन्छ ।सबैतिर चुनावको मिति घोषणा भएपछि एउटा गुटले आफ्नो मान्छे जिताउन सदस्य शुल्क आफै बुझाउने र उनीहरूको मत आफ्नो पक्षमा खसाल्ने प्रवृति बढेको छ । एनआरएनको वास्तविकता वार्षिक साधारणसभामा उपस्थित भएकाहरूको संख्याबाट अडकलबाजि लगाउन सकिन्छ । सदस्यता लिनका लागि कुनै मापडण्ड पनि नचाहिने । एयरपोर्टमा ओर्लनासाथ सदस्यता बनाई हाल्ने प्रवृति पनि बढेको छ । कमसेकम केन्द्रले दिएको नियमलाई पालना गरेर सदस्य बन्नेको पिआर/नागरिकता वा पासपोर्टको कपी राखेमा सही गलत आफै छुट्टिने थियो । तर केन्द्र भने सदस्यहरू बढेका छन् भनेर मौन छन् ।

    काठमाडौंमा आफ्नै भवन बनाउन एनआरएनका सबै राष्ट्रिय परिषद्लाई सदस्य शुल्कमा पाँच डलर थप्न लगाइयो । तर त्यो रकम एनआरएनका राष्ट्रिय परिषद्ले नै नेपाल घरका लागि प्रयोग गर्न भनेर कहिल्यै भनिएन । नेपालका लागि हामी नेपालबाहिरका आप्रवासी नेपालीले सहयोग गर्दै आएका छौं । राष्ट्रमा विपत्ती पर्दा आप्रवासी नेपालीहरूका सहयोगका हातहरू सधै खुल्ने गर्दछन् । यसरी खोलिएका हातहरूबाट संकलन गरिएको चन्दाको रकम बारेमा भने कतैबाट कुनै जानकारी पाइदैन । तर पनि हिसाब नखोजी राष्ट्रप्रतिको मायाले सदैव सहयोग गरिनै रहेका छौँ । एनआरएनदेखि धुर्मुस सुन्तलीसम्म सबैलाई सहयोग गर्दै आइएको छ । तर सहयोaको सही सदुपयोग भएको बारे अनभिज्ञ नै छौं । न त भुईंचालोमा उडेको सहयोग रकमको कतै जानकारी छ । यी सब कुराहरूको जानकारी राष्ट्रिय समन्वय परिषद्ले दिनु पर्ने हैन त ?

    अर्को कुरा, हामी एनआरएनको प्रत्येक सभा र अधिवेशनमा नेपालमा लगानिका बारेमा मात्र कुरा गर्ने गर्छौ । चाहे एजिएम होस वा अन्य मेलमिलापको कार्यक्रम । सबैनै व्यापारिक उद्देश्यका लागि संचालिन कार्यक्रम बन्दै गईरहेको छ । अब त यस्तो लाग्न थाल्यो वास्तवमा एनआरएन व्यापारीहरूबाट स्थापित व्यापारीहरुले मात्र लागनि गर्ने र हामी जस्ताले चन्दामात्र दिने संस्था हो । यस्ता कार्यक्रममा राष्ट्रको प्रतिनिधित्व गर्ने महामहिम राजदूतहरूले पनि दोहोरो नागरिकताको प्रसङ्ग उठाएर लगानिकै कुरा उठाउने गरेको देखिन्छ । काठमाडौंमा आफ्नै भवन बनाउन एनआरएनका सबै राष्ट्रिय परिषद्लाई सदस्य शुल्कमा पाँच डलर थप्न लगाइयो । तर त्यो रकम एनआरएनका राष्ट्रिय परिषद्ले नै नेपाल घरका लागि प्रयोग गर्न भनेर कहिल्यै भनिएन । नेपालका लागि हामी नेपालबाहिरका आप्रवासी नेपालीले सहयोग गर्दै आएका छौं । राष्ट्रमा विपत्ती पर्दा आप्रवासी नेपालीहरूका सहयोगका हातहरू सधै खुल्ने गर्दछन् । यसरी खोलिएका हातहरूबाट संकलन गरिएको चन्दाको रकम बारेमा भने कतैबाट कुनै जानकारी पाइदैन । तर पनि हिसाब नखोजी राष्ट्रप्रतिको मायाले सदैव सहयोग गरिनै रहेका छौँ । एनआरएनदेखि धुर्मुस सुन्तलीसम्म सबैलाई सहयोग गर्दै आइएको छ । तर सहयोaको सही सदुपयोग भएको बारे अनभिज्ञ नै छौं । न त भुईंचालोमा उडेको सहयोग रकमको कतै जानकारी छ । यी सब कुराहरूको जानकारी राष्ट्रिय समन्वय परिषद्ले दिनु पर्ने हैन त ?

    अरु देशका बारेमा अनभिज्ञ रहे पनि क्यानडा र अमेरिकामा आएर आफू नेपालमा असुरक्षित रहेको र फर्केर गए ज्युज्यानको खतरा हुने भनेर शरण लिएकाहरूले एनअनरएनको पद ताक्न कतिको सान्दर्भिक र युक्ती संगत हुन्छ ? यो आफैले विचार गर्ने प्रसङ्ग हो । समुदायका लागि काम गर्ने चाहना लिएर संस्थामा आउन चाहनेहरूका लागि धेरै संस्थाहरू छन् । तर एकैपटक विश्वभर चिनिने लोभले गर्दा एनआरएन नै ताक्ने प्रवृति पनि राम्रो हैन । यस्तै टपर्टुइँया प्रवृतिका व्यक्तीहरूको आगमनले एनआरएनप्रतिको आकर्षण बढ्नुको सट्टा घट्दै गईरहेको छ । सन् २००८ मा क्यानडामा एनआरएन स्थापना भएपछि सदस्यहरूको संख्या ११०० नाघेको थियो । त्यसबेला क्यानडामा १५ हजारको हाराहारीमा नेपालीहरू थिए र मुलुकका अग्रजहरू पनि सदस्य भएका थिए । तर ९ वर्षको अन्तरालमा ४० हजार नेपाली रहेको बेला दुई हजारमात्र बढ्नुबाट पनि एनआरएन प्रति वितृष्णा बढ्दै गएको अनुमान लगाउन सकिन्छ ।

    राष्ट्र निर्माणमा उच्च सोच राखेर विदेशमा कमाइएको बाट केही बचत गरी राष्ट्रमा आप्mनो लगानी राख्न चाहने नेपालीहरू पनि छन् । तर राज्यको एनआरएनलाई हेर्ने दृष्टीकोण स्पष्ट नभई सकेकोले सबै आप्रवासी नेपाली अर्थात एनआरएर्न दुबिधामा परेका छन् । नेपालबाहिरका नेपालीलाई चिनाउने र नेपालबाहिरका नेपालीको अविभावकका रुपमा एनआरएनए आउने गर्दछ । त्यसैले यसको सदस्यता बन्नु भनेको आफूलाई नेपालसँग जोडी राख्नु हो भन्दा अत्युक्ति नहोला । एनआरएनएको सदस्यता बनेपछि हामीले हाम्रो प्रतिनिधित्व गर्ने राष्ट्रिय समन्वय परिषद्मा सही प्रतिनिधि रोजेर पठाउन सक्छौं । सक्षम, शिक्षित, सही र समय दिनसक्ने लाई रोज्न सक्छौं । यही सोच लिएर जन्मिएको एनआरएनप्रतिको सोचनै अब हामी आप्रवासी नेपालीहरूले बदल्न बाध्य भएका छौं । यसको कारण हो असक्षम व्यक्तीहरूको जमघट । पदका लागि मात्र उठेर हजार पाँचहजार डलर खर्च गरेर आप्mना आसेपासेलाई सदस्य बनाईदिएर एकछापे भोट खसाल्ने प्रवृति बढ्दै गएको छ । अरु देशका बारेमा अनभिज्ञ रहे पनि क्यानडा र अमेरिकामा आएर आफू नेपालमा असुरक्षित रहेको र फर्केर गए ज्युज्यानको खतरा हुने भनेर शरण लिएकाहरूले एनअनरएनको पद ताक्न कतिको सान्दर्भिक र युक्ती संगत हुन्छ ? यो आफैले विचार गर्ने प्रसङ्ग हो । समुदायका लागि काम गर्ने चाहना लिएर संस्थामा आउन चाहनेहरूका लागि धेरै संस्थाहरू छन् । तर एकैपटक विश्वभर चिनिने लोभले गर्दा एनआरएन नै ताक्ने प्रवृति पनि राम्रो हैन । यस्तै टपर्टुइँया प्रवृतिका व्यक्तीहरूको आगमनले एनआरएनप्रतिको आकर्षण बढ्नुको सट्टा घट्दै गईरहेको छ । सन् २००८ मा क्यानडामा एनआरएन स्थापना भएपछि सदस्यहरूको संख्या ११०० नाघेको थियो । त्यसबेला क्यानडामा १५ हजारको हाराहारीमा नेपालीहरू थिए र मुलुकका अग्रजहरू पनि सदस्य भएका थिए । तर ९ वर्षको अन्तरालमा ४० हजार नेपाली रहेको बेला दुई हजारमात्र बढ्नुबाट पनि एनआरएन प्रति वितृष्णा बढ्दै गएको अनुमान लगाउन सकिन्छ ।

    एनआरएनले आफ्नो हैन हाम्रो भनेर हेर्ने दृष्टिकोण राख्नु पर्छ । लगानिमात्र हैन सिर्जनात्मक कार्यमा पनि भूमिका राख्नु पर्छ । व्यापार र व्यापारीलाई मात्र हैन बौद्धिक जमातका लागि पनि ठाँउ दिन सक्नुपर्छ । नेपालमा मात्र विकास सिमित नराखेर नेपालबाहिर आप्रवासी नेपालीहरूका लागि पनि एनआरएन हुनुको अनुभव विस्तार गर्नुपर्छ । आज नेपाली भाषी नेपालीहरू विश्वभरी फैलिएका छन् । नेपाली भाषा विश्वभरी बोलिन थालिएको छ । नेपाली साहित्यको विश्वव्यापीकरण भईसकेको छ, तर यसतर्फ एनआरएनए मौन छ । नेपालबाहिर नेपाली भाषालाई निरन्तरता दिने कार्यमा पाठ्यक्रम विकास गरेर एउटा जमात क्रियशित भएर लागेको छ । नेपाली साहित्यलाई सबद्र्धन गर्दै अर्को जमात लागेको छ । नेपालीहरूको पीडाको आँशु पुछ्नका लागि अर्को जमात दिनरात खटिएर लागेका छन् । एनआरएन नेपाली चिकित्सक, नेपाली कानूनविद्, नेपाली संगीतिज्ञ, नेपाली कलाकर्मी, नेपाली लेखक र नेपाली शिक्षाविद्हरू हाम्रो समुदायमा दिनानुदिन बढ्दै गएका छन् । त्यस्ता व्यक्तित्व र समुदायका होनहार प्रतिभाशाली व्यक्तीलाई चिन्ने आँखा भएका व्यक्तीको खाँचो खड्किएको छ । समुदायका यस्ता व्यक्तीहरूलाई रोजेर हैन खोजेर एनआरएनमा राख्न सके एनआरएन वास्तवमा नै नेपालबाहिरका आप्रवासी नेपालीहरूको साझा संस्थाका रुपमा स्थापित हुन सक्छ । नत्र भने यो कपासे मिठाई जस्तै क्षणिक मिठासका लागि प्रयोग गरिने माध्यम मात्र बनेर रहन सक्ला । खानेले स्वाद लिईसके । नखाने चाहि स्वाद कस्तो होला भनेर च्याँखे थपेर बसे जस्तो हुन सक्छ ।

    निष्कर्ष
    सेप्टेम्बर १६ मा एनआरएनएका वर्तमान अध्यक्ष शेष घले पत्नीसहित क्यानडा आएर केही बोल्नुभयो । वहाँले आफ्नो अतीत सुनाउनु भयो । आफ्नो दुखद् संघर्ष बताउनु भयो । जुन प्रत्येक विदेशिएका नेपालीको अतीत हो । नयाँ भवनमा करोडौँ लागेको बताउनु भयो । भुईंचालो भवनका कुरा सुनाउनु भयो । ४० हजार जनसंख्या भएको ठाउँमा ३ हजार सदस्य भएको सुनेर मख्ख पर्नु भयो । तर एनआरएनका सदस्य भएका आप्रवासी नेपालीका बारेमा एक शब्द पनि खर्चनु भएन । हाम्रो लगानी तथा सहयोगमा बन्दै गरेको परियोजनाको जानकारी गराउनु भयो । तर विदेशमा नेपाल र नेपालीपन, नेपाली भाषा, नेपाली संस्कृति, नेपाली साहित्यलाई चिन्हाउने बारे एक शब्द पनि खर्चनु भएन । न त वहाँभन्दा अघिका नेतृत्वले सबै राष्ट्रमा एउटा नेपाली घर बनाउने बारेमा नै केही बोल्नु भयो । आफू अध्यक्ष भएपछिको अठोट मात्र सम्झनु भयो अघिकाले गरेको अठोट बिर्सनु भयो । भोली बन्ने नयाँ नेतृत्वले पनि यही नै गर्न थालेपछि विदेशमा बस्ने नेपालीहरूका लागि एनआरएनएले चन्दा माग्नु बाहेक के गर्छ त ? एउटा अनुत्तरित प्रश्न उभिएको छ, अनि हामी एनआरएन बसिरहनु जरुरी छ त ?

    आठौं सम्मेलनको अहम् प्रश्न व्यक्ति कि संस्था ?

    १९७६ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad