BizPati

  • Ad
  • Ad
  • आज : २०७४ कार्तिक २ गते
    Headlines :
    Ad
    Ad

    गठबन्धनबाट बाहिरियो नयाँ शक्ति, आफ्नै चुनाव चिन्ह लिएर आगामी निर्वाचनमा जाने

    संसार न्यूज संवाददाताआश्विन २७, २०७४

    baburam

    २७ असोज, काठमाडौँ । नयाँ शक्ति नेपालले वाम गठबन्धन छाड्ने निर्णय गरेको छ । नयाँ शक्तिको आज बसेको सचिवालय बैठकले गठबन्धनमा आवद्ध नेकपा एमाले र माओवादी केन्द्र साझा चुनाव चिन्ह प्रयोग गर्ने सहमतिको मर्म विपरीत गएको हुनाले आगामी मंसीर १० र २१ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा नयाँ शक्ति पार्टी, नेपाल आफ्नै चुनाव चिन्ह आँखा लिएर सहभागी हुने निर्णय गरेको हो ।

    यसै गरि नयाँ शक्तिले आगामी चुनावमा संविधानको आधारभूत अन्तरबस्तु (गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशीता) लाई अस्वीकार गर्ने राजनीतिक पार्टीहरु, व्यक्ति–व्यक्तित्वबाहेक सबैसँग संघ र प्रदेशस्तरमा चुनावी तालमेल गर्ने निर्णय गरेको छ ।
    यसै गरि नयाँ शक्तिले तालमेल भएको क्षेत्रमा बाहेक संघ र प्रदेशका सबै निर्वाचन क्षेत्रहरुमा उम्मेद्वारी दिने निर्णय गरेको छ ।

    नयाँ शक्ति पार्टी नेपालको सचिवालय बैठकका निर्णयहरु:

    १. गठबन्धनमा आवद्ध नेकपा एमाले र माओवादी केन्द्र साझा चुनाव चिन्ह प्रयोग गर्ने सहमतिको मर्म विपरीत गएको हुनाले आगामी मंसीर १० र २१ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा नयाँ शक्ति पार्टी, नेपाल आफ्नै चुनाव चिन्ह आँखा लिएर सहभागी हुने ।

    २. संविधानको आधारभूत अन्तरबस्तु (गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशीता) लाई अस्वीकार गर्ने राजनीतिक पार्टीहरु, व्यक्ति–व्यक्तित्वबाहेक सबैसँग संघ र प्रदेशस्तरमा चुनावी तालमेल गर्ने । तालमेल भएको क्षेत्रमा बाहेक संघ र प्रदेशका सबै निर्वाचन क्षेत्रहरुमा उम्मेद्वारी दिने ।

    यसअघि नै निर्णय भइसकेका निम्न क्षेत्रहरुमा भने पूर्ववत् निर्णय अनुसार नै उम्मेद्वारी दिने:

    १. डा. बाबुराम भट्टराई – गोरखा–२

    २. कृष्णकुमार चौधरी – कैलाली–३

    ३. दानबहादुर चौधरी – कपिलबस्तु–१

    ४. प्रेम तामाङ – रसुवा

    ५. मदन राई – खोटाङ ३.

    समानुपातिकतर्फको बन्दसूची तयार पार्न कार्यालयलाई जिम्मेवारी दिने ।

    ४. उम्मेद्वारीको तय गर्न साथै विभिन्न पक्षहरुसँग वार्ता–छलफल र आवश्यक निर्णय गर्न कार्यालयलाई अधिकार दिने । – केन्द्रीय कार्यालय नयाँ शक्ति पार्टी, नेपाल

    २१ पटक
    प्रतिकृया दिनुहोस्