BizPati

  • Ad
  • Ad
  • आज : २०७४ कार्तिक २ गते
    Headlines :
    Ad
    Ad

    रोकिएन मन्त्रीपरिषद विस्तार, कमल थापा बने उपप्रधानमन्त्री

    संसार न्यूज संवाददाताआश्विन २७, २०७४

    kamal

    २७ असोज, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पुनः मन्त्रीपरिषद विस्तार गरेका छन् । देउवाले राप्रपाका नेताहरुलाई मन्त्री बनाएका हुन् ।
    देउवाले राप्रपा अध्यक्ष कमल थापालाई उपप्रधानमन्त्रीको जिम्मेवारी दिएका छन् । यद्दपी थापाले कुन मन्त्रालय पाउछन् भन्ने उल्लेख गरिएको छैन् ।

    यस्तै राप्रपा नेताहरु जयन्त चन्द, दिलनाथ गिरी, विक्रम थापालाई विनाविभागीय मन्त्रालय तोकिएको छ । यस्तै राप्रपाका नेताहरु कुन्ती साही, भास्कर भद्रा, सुशील श्रेष्ठ र कान्ता भट्टराई राज्यमन्त्री नियुक्त भएका छन् । नवनियुक्त मन्त्रीहरुले पाउने मन्त्रालय भने टुंगो लागेको छैन् ।

    नवनियुक्त मन्त्रीहरुले भोली सपथ लिने कार्यक्रम रहेको छ ।

    ३७ पटक
    प्रतिकृया दिनुहोस्