BizPati

  • Ad
  • Ad
  • आज : २०७४ मंसिर ८ गते
    Headlines :
    Ad

    खाडी संकट समाधानका लागि वार्ता गर्न कतारी राजाको आह्वान

    संसार न्यूज संवाददाताकार्तिक २, २०७४

    २ कार्तिक, दोहा : कतारका राजा सेख तमिम बिन हमद अल थानीले जारी कतार संकट समाधानका लागि वार्तामा बस्न बुधबार आह्वान गर्नुभएको छ ।

    इन्डोनेसियाको राजधानी जाकर्ताको दक्षिणी क्षेत्रमा पर्ने बोगोरमा रहेको राष्ट्रपति कार्यालयमा राष्ट्रपति जोको विडोडोसँगको भेटपछि उहाँले पत्रकारहरूसँग यस्तो बताउनु भएको कतार न्युज एजेन्सीले जनाएको छ ।

    समस्या समाधानका लागि कतार सधैँ वार्ताका लागि तयार रहेको हामीले भनेका छांै, हामीलाई यो पनि थाहा छ की यो समस्या बल्झाएर कसैले जित्ने होइन, उहाँले भन्नुभयो ।

    कतारी राजा अल थानीले थप्नुभयो, “हामीहरू सबै जना दाजुभाइ हौँ, तर पनि हामी यस्तो संकटबाट गुज्रिरहेका छौं ।”

    कतारी राजासँग ४० जना व्यवसायीसहितको टोली थियो । उनीहरूले पनि खाडी संकट समाधानका लागि आग्रह गरेका थिए ।

    गत जुन ५ देखि साउदी अरबको नेतृत्वमा युएई, बहराइन र इजिप्टले कतारमाथि नाकाबन्दी गरेका छन् ।

    कतारले आतंककारीहरूलाई सघाएको नाकाबन्दी गर्ने देशहरूको आरोप छ भने उनीहरूको आरोपलाई कतारले अस्वीकार गर्दै आएको छ । (रासस/सिन्ह्वा)

    १५ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad