BizPati

  • Ad
  • Ad
  • आज : २०७४ मंसिर ८ गते
    Headlines :
    Ad

    समानुपातिक र समावेशी सिद्धान्तको मूल मर्मलाई ध्यान दिनुस् – प्रमुख निर्वाचन आयुक्त

    संसार न्यूज संवाददाताकार्तिक ३, २०७४

    ayodhi-yadav

     ३ कात्तिक, काठमाडौँ  ।  प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले निर्वाचन प्रक्रियाका सम्पूर्ण गतिविधिमा सबै सरोकारवालाबाट पूर्ण सहयोग र सद्भावको अपेक्षा गरिएको बताउनुभएको छ ।

    शुभदीपावली, छठ पर्व तथा नेपाल संवत्, ११३८ को उपलक्ष्यमा दिनुभएको शुभकामना सन्देशमा उहाँले भन्नुभएको छ, “उम्मेदवारी मनोनयन दर्ता गर्दा र निर्वाचन प्रसारप्रसारमा रहँदा शान्तिपूर्ण र आचारसंहिताको पूर्ण पालना गर्न गराउन आयोग सबै राजनीतिक दल तथा उम्मेदवारहरुसँग हार्दिक अनुरोध गर्दछ ।”

    आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा उम्मेदवारी छनोट गर्दा संविधानको भावनाअनुरूप समानुपातिक र समावेशी सिद्धान्तको मूल मर्मलाई ध्यान दिनसमेत राजनीतिक दलहरुलाई प्रमुख निर्वाचन आयुक्त डा यादवले सुझाव पनि दिनुभएको छ ।

    पहिलो चरणमा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि ३२ जिल्लामा कात्तिक ५ गते पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यक्रम रहेको छ ।

    उहाँले सन्देशमा भन्नुभएको छ, “नयाँ संघीय संरचनाअनुसार सात प्रदेशका ७७ जिल्लाका कूल ७५३ वटा स्थानीय तहको निर्वाचन सम्पन्न भई लोकतन्त्रको बलियो जग खडा भएको छ । अब प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन सम्पन्न गरेर संघीय लोकतान्त्रिक गणतन्त्रको सुन्दर र समृद्ध देश निर्माण गर्नु छ ।

    स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण मतदातामा दीपावली, छठ पर्व तथा नेपाल संवत्, ११३८ को उपलक्ष्यमा सुख, शान्ति, समृद्धि र सु–स्वास्थ्यका लागि आयोगको तर्फबाट उहाँले हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

    ६६ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad