BizPati

  • Ad
  • Ad
  • आज : २०७४ मंसिर ८ गते
    Headlines :
    Ad

    नेपाल संवत् मौलिक पहिचान – अध्यक्ष ओली

    संसार न्यूज संवाददाताकार्तिक ३, २०७४

    kp-oli

    ३ कात्तिक, काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाल संवत् नेपालीको मौलिक पहिचान बोकेको पर्व भएको बताउनुभएको छ ।

    नयाँ वर्ष ११३८ को अवसरमा आज शुभकामना व्यक्त गर्दै उहाँले ‘नेपाल एउटा मौलिक संस्कृति र पहिचान भएको देश हो । त्यसैको एउटा उदाहरण नेपाल संवत् पनि हो । यो संवत् नेपालको मौलिक संवत् हो,’ भन्नुभएको छ ।

    यसका प्रणेता शंखधर साख्वालाई स्मरण गर्दै उहाँले ‘नेपालीहरु संस्कृतिका धनी छौंँ । यो देशमा बसोवास गर्ने १२५ जाति र यहाँ बोलिने १२३ भाषा नेपालीका निधि हुन् । नेपालमा बस्ने सबै जाति र सम्प्रदायको संरक्षण गर्ने दायित्व सरकारको हो’ उल्लेख गर्नुभएको छ ।

    अध्यक्ष ओलीले आगामी मंसिर १० र २१ गते हुने संघ र प्रदेशको निर्वाचनपछि नेपाली राजनीतिले नयाँ युगमा प्रवेश गर्ने उल्लेख गर्दै यो चुनावले नेपाली राजनीतिलाई स्थिरता तर्फ लगेर देशमा आर्थिक र विकासका एजेण्डालाई स्थापित गर्न सहयोगी हुने विश्वास पनि व्यक्त गर्नुभएको छ ।

    ६९ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad