back

न दाम, न रोगको पहिचान, किसानहरु चिन्तित

वि.सं.२०७४ कात्तिक ५ आइतवार

138 

shares
NTC AD
Global IME AD

alichi५ कात्तिक, आठराई, तेह्रथुम । लालीगुराँस नगरपालिका लसुनेका अलैँची कृषक अलैँचीमा लागेको रोग पत्ता लगाउन नसक्दा चिन्तित भएका छन् ।

शुरुमा गतिलो आम्दामी दिँदै आएको अलैँचीको जरा कुहिने र बोट पहेलो भएर मर्न थालेको वामिखम्बा अलैँची उत्पादन कृषि समूहका अध्यक्ष कृष्ण खनालले बताउनुभयोे । “३३ वर्ष भयो अलैँची खेती गर्न थालेको, दुई वर्ष भयो रोग देखापरेको तर पत्ता लगाउन सकिएन” खनालले भन्नुभयो । “जिल्ला कृषि विकास कार्यालयबाट पनि रोगको पहिचान हुन नसकेपछि धनकुटाको पाख्रीबास कृषि अनुसन्धान केन्द्र पठाइयो त्यहाँबाट पनि रोग पत्ता लगाउन नसकेपछि अहिले भारत पठाएका छौँ” ।

यस क्षेत्रमा १५ जनाले १५० रोपनी जमिनमा अलैँची खेती गर्दै आएकामा रोगको पहिचान नभएपछि आजित भएको उनीहरूको दुखेसो छ ।
अघिल्लो वर्षमा प्रतिमन ९४० केजी० रु एक लाख दश हजारसम्ममा बिक्री भएकोे अलैँची अहिले भने अन्तरराष्ट्रिय स्तरमा माग घटेपछि रू ३० हजारभन्दा माथि उक्लिएको छ्रैन । एकातिर बजार भाउ छैन अर्कोतिर रोगले बगान नै रित्तिने पिर थपिएको छ अध्यक्ष खनाल भन्नुहुन्छ, “राज्यबाट रोगको नाम र औषधि पत्ता लाग्न सके हामीलाई राहत मिल्ने थियो ।”

जिल्ला कृषि विकास कार्यलयका अलैँची बगान पुरानो भएको र पुराना अलैँची बोट मासेर नयाँ बिरुवा लगाउनुपर्ने प्रविधिक हरिगोपाल आचार्यले बताउनुभयो । अलैँचीको जरा, पातको पानी झर्ने भागभन्दा टाढा नजाने र चार इन्चभन्दा गहिराइमा नजाने भएको र मलजल गर्ने तरिकासम्बन्धी पर्याप्त ज्ञान कृषकमा नभएका कारण समस्या उत्पन्न भएको कृषि विकास कार्यालयले जनाएको छ ।

वि.सं.२०७४ कात्तिक ५ आइतवार १०:१९ मा प्रकाशित

NLIC AD
NABIL bank AD
निरन्तर सुनको मूल्यले नयाँ रेकर्ड ब्रेक गर्दै, आज २१ सयले बढ्यो

निरन्तर सुनको मूल्यले नयाँ रेकर्ड ब्रेक गर्दै, आज २१ सयले बढ्यो

काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रु दुई हजार...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ...

बगानमै कुचो छाड्न बाध्य भए किसान

बगानमै कुचो छाड्न बाध्य भए किसान

फिक्कल (इलाम) । कुचो काट्ने खेतालालाई दिने ज्यालासमेत नपुग्ने भएपछि...

सामान्य अङ्कले बढ्यो नेप्से, आठ उपसमूहको शेयर मूल्यमा वृद्धि

सामान्य अङ्कले बढ्यो नेप्से, आठ उपसमूहको शेयर मूल्यमा वृद्धि

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

कृषि विकास बैंकको ‘ग्लोबल मनि विक’ बिद्यार्थिसंग बैंक कार्यक्रम सञ्चालन

कृषि विकास बैंकको ‘ग्लोबल मनि विक’ बिद्यार्थिसंग बैंक कार्यक्रम सञ्चालन

काठमाडौं । बिश्व बैंकको आह्वानमा यस बर्षको मार्च १८ देखि...

आइपिओ बेच्नका लागि खाता खोल्नेको घुइँचो

आइपिओ बेच्नका लागि खाता खोल्नेको घुइँचो

नेपालगञ्ज । केही महिनादेखि ओरालो लागेको शेयर बजारमा प्राथमिक शेयर...