BizPati

  • Ad
  • Ad
  • आज : २०७४ मंसिर ७ गते
    Headlines :
    Ad

    चरन खोज्दै नवलपरासीबाट दाङ 

    संसार न्यूज संवाददाताकार्तिक ९, २०७४

    chndika1यसमा राज्यले पहिलो मह कलेक्सन सेन्टर खोल्नुपर्ने, दोश्रो ल्याब टेष्ट गरेर महको स्तर जाँचेर महको वजार व्यवस्था गरिदिनुपर्ने, उचित किसीमको चरणको व्यवस्था गरिदिनुपर्ने तथा आवश्यकता भन्दा बढी चरण क्षेत्र कब्जा गर्नेहरूलाई कानुनी रुपमा कारबाही गर्नुपर्ने उनी बताउँछन् ।

    पर्वत शंकरपोखरी (हालको फलेवास नगरपालिका) घर भइ विगत ३० वर्षदेखि नवलपरासीको कावासोतीमा बसोबास गर्दै आएका चण्डिका लामिछाने व्यवसायिक मौरीपालक किसान हुन् ।

    आजभन्दा १५ वर्ष अगाडि ५ गोला र १० घारबाट सुरु भएको उनको मौरीपालन व्यवसाय हाल ४ सय घारमा पुगेको छ । हाल उनले बर्षको झण्डै १८ लाख रुपैयाँको मह बेच्छन् भने त्यसमा खुद नाफा ६ देखि ७ लाख सम्म हुने उनको दाबी छ ।
    अहिले मह उत्पादन घटेको बताउँछन् लामिछाने । उनीभन्छन् ‘पहिले–पहिले वर्षको ६५ क्विन्टलसम्म मह काढिन्थ्यो अहिले घटेको छ ।’ मह उत्पादन घट्नुमा विशेष गरेर मौरी चरणको व्यवस्था सहज नहुनु, जंगलमा मौरीका सत्रुजीवहरू सक्रिय रहनु, विषादीको मात्रा बढ्नुले मौरीले भनेजस्तो गरेर मह उत्पादन गर्न नसकेको लामिछानेको ठहर छ ।
    अर्को मौरीपालक किसानमा एकता नहुनु पनि समस्या रहेको उनले बताए । थौरै मौरी पालकहरूले धेरै मौरीपालक किसानहरूलाई चरणका क्रममा पनि अबरोध गर्ने गरेका छन् । उनीहरूको २० घार मौरी छ भने झण्डै २०० घार मौरी चर्न मिल्ने जग्गा ओगटेर ठूला व्यवसायीलाई अप्ठ्यारोमा पार्ने गरेको लामिछानेको गुनासो छ । उनी भन्छन्, ‘यस्तो अवस्थामा मौरीपालकहरू संगठित भएर त्यस्ता अवरोधलाई चिर्नुपर्ने र राज्यलाई पनि झक्झक्याउन जरुरी छ ।’

    chandika22
    उनी माहुरीको घारलाई सामान बोक्ने ट्रकमा राखेर नवलपरासीबाट चरणका लागि दाङसम्म पु¥याउँछन् । सामान्यतया मौरीले चाहेजति मह बनाउनका लागि २० दिन देखि डेढ महिनासम्म एक ठाउँमा चराउँछन् । त्यहाँ फूलको रस सकिएपछि मौरीलाई फेरि अर्को ठाउँमा सारिन्छन् । त्यहि मह काढिन्छ र बजार पठाउने गरिन्छ । विशेष गरेर कार्तिक मंसिरमा तोरी र चिउरी फूलको रसबाट मौरीले बढी मह बनाउन सक्छ । त्यतिबेला एउटै घारबाट १० देखि १५ किलोसम्म मह निकाल्न सकिन्छ । ‘मौरीलाई राम्रो सँग चराउन सकियो भने, सामान्यतया २०–२१ दिनमै मह निकाल्न मिल्छ,’ लामिछाने भन्छन्, ‘बढी मह चिउरीको फूलको रसबाट निकाल्न सकिन्छ त्यसको फूलको आयु दुईमहिना सम्म हुन्छ ।’

    मौरी व्यवसायी संघ नवलपरासीको सचिवबाट अध्यक्ष हुँदै हाल संघबाट बाहिर रहेका लामिछानेका अनुसार नवलपरासीमा मात्रै व्यवसायीका रुपमा १ सय मौरीपालक किसान रहेका छन् । मौरीपालन व्यवसायमा नवलपरासी तेश्रो जिल्लामा पर्छ भने पहिलो चितवन र दोश्रो दाङ रहेको छ । त्यस्तै रुपन्देही, कपिलवस्तु, सर्लाही, मकवानपुर लगायतका जिल्ला पनि मौरी पालनमा अगाडि छन् । पछिल्लोपटक कैलालीले नवलपरासीलाई जितेर तेश्रो नम्बरमा आउने सम्भावना रहेको पनि लामिछानेले बताए ।

    मौरीपालक किसानहरूलाई राज्यले सम्बोधन गर्न नसकेकोमा पनि लामिछानेको गुनासो छ । राज्यको अनुदान सहजरुपमा किसानले नपाउनु तथा सहि मौरीपालक किसानकोमा अनुदान पु¥याउन नसक्नु र कागजी किसानले मात्र अनुदान लैजान सफल भएकोमा दुःख मनाउ गर्छन्, लाामिछाने । किसानको समस्या बुझेर किसानलाई उत्प्रेरित गर्ने राज्यको नीति बनाउन पर्दछ । तर, यहाँ किसानलाई माया गर्ने कसले ? किसानहरू नयाँ ढंगले संगठित नभैकन र आफ्नो अधिकारको पक्षमा संघर्ष नगरीकन वातावरण बन्ला जस्तो छैन । केही वर्ष यता अष्ट ज अभियानले किसानको पक्षमा निष्पक्ष आवाज उठाउँदै आएको त छ तर त्यो प्रर्याप्त हुनसकेको छैन । तथापि यो आन्दोलन तुलनात्मक रुपमा राम्रो देखिएको छ । त्यस्तै बजारको अवस्था पनि कमजोर छ । यसमा राज्यले पहिलो मह कलेक्सन सेन्टर खोल्नुपर्ने, दोश्रो ल्याब टेष्ट गरेर महको स्तर जाँचेर महको वजार व्यवस्था गरिदिनुपर्ने, उचित किसीमको चरणको व्यवस्था गरिदिनुपर्ने तथा आवश्यकता भन्दा बढी चरण क्षेत्र कब्जा गर्नेहरूलाई कानुनी रुपमा कारबाही गर्नुपर्ने उनी बताउँछन् ।

    नेपाली मह बजारमा पुगेपनि केही महव्यापारीले नै नेपाली मह उत्पादनकर्तालाई निरुत्साहित गरिरहेको अनुभव लामिछानेको छ । ‘उनीहरू बाहिरबाट मह ल्याएर कम मूल्यमा कम गुणस्तरको मह बेच्छन्,’ लामिछाने भन्छन् ‘उपभोक्ता सस्तो मह पाइयो भनेर आफ्नो स्वास्थ्यसँग आफै खेलवाड गरेका छन् ।
    प्रस्तुति : चन्दा थापा

    ६९४ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad