BizPati

  • Ad
  • Ad
  • आज : २०७४ मंसिर ९ गते
    Headlines :
    Ad

    ‘साथीहरुको प्रतिक्रियाले संगीत क्षेत्रमै लाग्न प्रेरित गर्यो’

    बाबुराम थापाकार्तिक ९, २०७४

    bishnuभेरी नगरपालिका १२ जाजरकोट जगतिपुरमा जन्मिएर पनि मोडल तथा सर्जक विष्णु मल्ल ठकुरी आफ्नो सांगीतिक यात्रालाई मलेसिया सम्म फैलाएका छन् ।

    अनेकौ मेहनतबाट नै जीवनको उद्धार गर्न सकिने बताउने ठकुरी सांगीतिक यात्रामा लागेको १ वर्ष पुगेको छ । लोक संगीतलाई माया तथा संरक्षण अनि सम्मान गर्दै जीवनको गोरेटोमा आइपरेका हरेक बाधा व्यवधानलाई पछि पार्दै निरन्तर सांगितीका यात्रामा लागि रहने प्रण गर्छन मल्ल ।

    ‘मेरो सांगितीक यात्रा नेपालमा बसेर सम्भव थिएन’ उनी भन्छन् ‘ मनमा चाहना र संघर्ष निरन्तर थियो, जति दुःख कष्टमा पनि संगीत नै गुन्जन्थ्यो ।’ नेपालको परिस्थिति र घरको समस्यालाई पछि पार्दै आफ्नो लक्ष्य पूरा गर्नका लागि मलेसियाको भूमिमा आइपुगेको विष्णु बताउँछन् । ६\७ गीतहरुमा सब्द सर्जक बनिसकेका ठकुरी विदेशमै रहेर पनि मोडलको भुमिका सक्रिय रुपमा पूरा गर्ने अठोट विचार बोकेका उनी दर्शकको मन जित्न सफल भएका छन् ।
    सांगितिक यात्रालाई निन्तरता दिने उनको अठोट रहेको छ । उनी भन्छन्, ‘जुन मेरा शब्द र सिर्जना तथा मोडलिङमा रहेका गितहरु ह्ेरेर दर्शकहरुले माया गरिदिनु भयो भने अझै उत्साहका साथ अगाडि बढ्नका लागि मलाई हौसला मिल्नेछ ।’

    ठकुरीका अनुसार गीत संगीतलाई मनैदेखि माया गर्ने साथीहरुले देशविदेशबाट अडियो तथा भिडियोका लागि मोडलिङका रुपमा सम्झन सकिनेछ ।

    १४ वर्षको उमेरदेखि नै सांगीतिक क्षेत्रमा रुची राख्ने विष्णु गाउँघरमा पनि कुना कन्दरमा अनि एकान्तमा एक्लै गुनगुनाउँथे । कपिको खाली पानालाई कालो, निलो, अनि रातो मसिले रंग्याउँदै हिड्ने विष्णुले २० वर्षको उमेर सम्ममा थुप्रै गीत कोरे । तर आफ्नो घरको आर्थिक अवस्था कमजोर रहेकाले गीत संगीतमा रमाउने आफ्ना सपना पूरा भने गर्न सकेनन् । धेरै साथीहरुले अझ परिस्कृत बन्दै जान दिएको सल्लाहले आफूलाई धेरै सहयोग पुगेको बताउँछन उनी ।

    जस्तोसुकै परिस्थितिमा पनि आफ्नो सपनालाई पूरा गर्ने अठोट बोकेर मलेसिया पुगे ठकुरी । मलेसिया पुगेको २ वर्षपछि मात्र पूरा भयो उनको सांगीतिक सपना । अनलाइन ग्रुपबाट नै मिरमिरे अनलाइन दोहोरी साँझको नाममा शब्द कोरे उनले । त्यसपछि ग्रुपका साथीहरुको सहयोगले लोकदोहोरी गीत बनाउन सफल भए उनी । त्यसपछिको सांगितिक वातावरण झन राम्रो बन्दै गयो ।

    उनले ‘माया यो संसारको विष रहेछ’ नामको गीत लेखेपछि उनलाई साथीहरुले हौसला दिए । अनि त उनको मनमा सांगितीक माहोल सिर्जना भयो । त्यहि गीतकै कारण उनी चर्चामा आउन सफल भए । मलेसियामा रहेर गीत संगीतमा रमाउँदै घरको आर्थिक समस्या समेत समाधान गर्दै गएका उनी भन्छन् ‘धेरै साथीहरुको प्रतिक्रियाले मलाई रातोदिन संगीत क्षेत्रमै लाग्न प्रेरित ग¥यो ।’

    उनले दसैं तिहारलाई लक्षित गर्दै ‘दुर्भाग्यले मेरो मन जित्दै’ भन्ने पछिल्लो गित बजारमा ल्याएका छन् । त्यसमा ठकुरी आफैले मोडलिङ गरेका छन् । उनी भन्छन् ‘यसले दर्शकको मन जित्न सफल भएको छ । अब अरु धेरै गीतहरु दर्शक तथा श्रोताको वीचमा ल्याउने प्रण गर्दछु ।’

    २९७ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad