back

मैले मेरो धरातल र जन्मभूमि भुलेको छैन 

वि.सं.२०७४ कात्तिक १३ सोमवार

180 

shares
NTC AD
Global IME AD

nirbhik-narayan

३ बर्ष बिदेश बस्दैमा सबै बिर्सियो भन्ने नसम्झ । सबै नेपालीहरु सरह म पनि एउटा परिस्थितिले गर्दा विगत ३ बर्ष देखी खाडीमा छु । खाडीमा काम गर्दै गर्दा बचेको समयमा देशको वर्तमान परिस्थितिको बारे लेख्न मन सबैको हुन्छ । त्यसैले मैले पनि कहिले काही लेख्ने गर्छु । यहाँ हामी नेपालीहरुले बालुवामा घर बनाएका छौ । समुन्द्रमा ठुला ठुला पुल बनाएका छौ । मरुभुमिलाई हरियाली बनाएका छौ । त्यसकारण बोल्न मन लाग्छ । हाम्रो सरकारले चाहे नेपाललाई १० हैन ५ बर्ष भित्रमा परिवर्तन र विकास गर्न सक्छ भनेर बारम्बार भनिरहनु मेरो बाध्यता हो । यहि भनेकै आधारमा म ठुलो राजनितिक दलको नेता बनेको हैन ।

हो यो कुरा सत्य हो ।

निर्भीक पत्रकारीता बाट राजनितिमा होमिएको मात्र छ ।

पत्रकारीता मेरो मन्दिर हो, “मन”को रोजाई हो । सबै भन्दा मन पर्ने क्षेत्र हो।

त्यस्तै राजनिति मेरो आदर्श हो । राजनिति देश बनाउने उत्तम निति हो । तर मैले अझै राजिनिति सुरु गरेको छैन । राजनितिको सतह र उचाई बुझ्दै छु । खाडीको बसाईमा सिस्टममा काम, योजना, समयमै विकास कसरी गर्न सकिन्छ भन्ने बारे सिकिरहदा संग संगै नेपाली राजनितिबारे पनि सिक्ने मौका पाएको छु । यहाँ सिकेको आधारमा हाम्रो देश पनि परिवर्तन गर्न सकिन्छ भन्ने आत्म विश्वास लिएको छु ।
त्यसैले निर्भीक खाडी मै जिवन बिताउने योजनामा छैन । लेखेर राख एक बर्ष भित्रमा निर्भीक सधैका लागि खाडी छोडेर जन्म भुमि फर्कने छ । त्यस पछि मात्र स्थाई रुपमा राजनितिमा पाईला राख्ने छु । अनि त्यही दिन देखी देश र जनतालाई सबै भन्दा माथि राखेर अगाडी बढ्ने छु ।
समय छ । पर्ख र हेर ।

वि.सं.२०७४ कात्तिक १३ सोमवार १०:३८ मा प्रकाशित

NLIC AD
NABIL bank AD