BizPati

  • Ad
  • Ad
  • आज : २०७४ मंसिर ७ गते
    Headlines :
    Ad

    समानुपातिक उम्मेदवारको बन्दसूचि सार्वजनिक, सूचिमा छुटेनन् नेताका श्रीमती (सूचिसहित)

    संसार न्यूज संवाददाताकार्तिक १७, २०७४

    nirbachan-aayog
    १७ कार्तिक, काठमाडाँ । निर्वाचन आयोगले प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन २०७४ समानुपातिक निर्वाचन तर्फको नामावली सार्वजनिक गरिएको छ । राजनीतिक दलहरुले बन्द सूचिलाई आयोगले आज सार्वजनिक गरेको हो ।समानुपातिक निर्वाचनतर्फ दलहरुले बुझाएको बन्द सूचिमा नेताहरुका नातागोताका व्यक्तिहरु परेका छन् । प्राय नेताका श्रीमतीहरु समानुपातिक निर्वाचनको बन्दसूचिमा परेका छन् ।

    प्रतिनिधिसभा सदस्यका लागि ४९ दलले उम्मेदवारी दिएका छन् भने प्रदेश सभा सदस्यका लागि ७३ दलले बन्दसूचि बुझाएका छन् । प्रतिनिधिसभातर्फ समानुपातिक आधारमा ११० जना सांसदहरु छानिने व्यवस्था छ भने प्रदेशसभातर्फ २२० सांसद हुनेछन् । दुवैतर्फ गरी ३३० सिटका लागि ६०९४ जनाको नामावली सूचिमा उल्लेख छ ।

    सार्वजनिक गरिएको बन्दसूचीअनुसार आदिवासी पुरूष ७८३, महिला ९३१ र अन्य एक, खस आर्य पुरूष ८६७ र महिला ९९७, थारू पुरूष १५८ र महिला २६२, दलित पुरूष ३४२ र महिला ४९६, मधेशी पुरूष ४५५ र महिला ५६३, मुस्लिम पुरूष ८१ र महिला १५७ उम्मेदवार छन् । यसैगरी अपांगता भएका पुरूष १५८, महिला ११५ र अन्य एक तथा पिछडिएका क्षेत्रका पुरूष १०७ र महिला १२२ उम्मेदवारको नाम बन्दसूचीमा समावेश रहेको आयोगले जनाएको छ ।
    प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि आयोगमा दर्ता भएका ८८ दलमध्ये समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभा सदस्यका लागि ४९ र प्रदेशसभा सदस्य निर्वाचनसमेतका लागि ५३ दलले बन्दसूची बुझाएका थिए । सार्वजनिक गरिएको बन्दसूची निर्वाचन आयोगको वेबसाइटमा राख्ने व्यवस्था मिलाइएको जनाइएको छ ।

    उम्मेदवारको बन्दसूचीमा नाम समावेश भएका कुनै उम्मेदवार संविधान वा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ र प्रदेशसभाका हकमा प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ बमोजिमको योग्यता नपुगेको वा उम्मेदवार हुन अयोग्य भए सो सात दिनभित्र दावी विरोधमा उजुरी गर्न सकिनेसमेत व्यवस्था छ ।

    समानुपातिकतर्फको निर्वाचन कार्यक्रमअनुसार यही कात्तिक १८ देखि २४ गतेसम्म बन्दसूचीमा नाम समावेश भएका उम्मेदवारको योग्यता सम्बन्धमा दाबी विरोध गर्न निवेदन दिन सकिने, कात्तिक २५ देखि मंसिर १ गतेसम्म त्यस्ता दावी विरोधका निवेदनमाथि जाँचबुझ र निर्णय गर्ने कार्यक्रम छ । जाँचबुझपछि बन्दसूचीबाट नाम हटेको सूचना प्रकाशन गरी आगामी मंसिर ३ गते उम्मेदवारको बन्दसूची अन्तिम रूपमा प्रकाशन गर्ने कार्यक्रम छ ।

    को को परे, को को परेनन् हेर्नुहोस् सूचि :

     

    १०७६ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad