BizPati

  • Ad
  • Ad
  • आज : २०७४ मंसिर ९ गते
    Headlines :
    Ad

    विद्रोह भुलेर विकासको पर्खाइमा नक्सलबाडीहरु

    शिरिष जोशी, भारतबाटकार्तिक २१, २०७४

    sirush-kumar

    सन् १९२५ मा भारतमा कम्युनिस्ट पार्टी अफ इंडिया (CPI) को स्थापना भएको थियो । सोही पार्टी फुटेर सन् १९६४ मा कम्युनिस्ट पार्टी अफ इंडिया माक्र्सवादी (CPIM) बनेको थियो । सन् १९६७ मा कम्युनिस्ट पार्टी अफ इंडिया माक्र्सवादी पुनः बीघटन भएर सन् १९६७ मा कम्युनिस्ट पार्टी अफ इंडिया माक्र्सवाद, लेलिनबाद, माओवादी बिचार धारा (CPIML) नाम दिएर यस पार्टीको स्थापना भएको थियो । तत्कालीन सीपिआइएमएलले भारतीय सेना समक्ष आत्मसमर्पण नगर्ने र चुनावमा पनि सहभागी नहुने बिचार अगाडि सारेको थिए । सन् १९६७ मा भारतको उत्तरपूर्वी राज्य पश्चिम बँगालको नक्सलबाडी गाऊबाट नक्सलबाका किसानहरुद्वारा यस्तो जनबिद्रोहको उद्घघाटन गरिएको थियो । जुन विश्वका सामु (नक्सलाइट मूभमेन्ट) का नामले परिचित छ । त्यही नक्सलाइट मूभमन्ंटको आगो, ताप र राप अनि प्रभाव कुनै दिन नेपालको झापा सम्म पुगेको थियो । जसलाई नेपाली कम्युनिस्ट इतिहासमा झापा विद्रोहको नामले चिनिन्छ ।

    सन् १९६७ मा नक्सलबाडी किसानहरुले जमीन्दारको विरुद्धमा विद्रोहको सङ्घर्ष गरेका थिए । जसका कमाण्डर नक्सलबाडी किसानका छोरा चारु मजूमदार, कानु सान्याल, खुदनलाल मल्लिक थिए । सशस्त्र युद्धको सुरूवाती समयमा उनको मुख्य नारा थियो बँगाली भाषामा (कीङबा जोनी जार लाङलो तार) अर्थात् नेपालीमा (खेत कसको जोत्नेको, घर कसको पोत्नेको) यही नाराको लोभमा नक्सलबाडीका किसान, मजदुरहरूले, ज्यान, जवानी, र जोबन दिएका थिए । नक्सलबाडीका किसानहरूलाई खानलाई गाँस बस्नलाई बॉस र लगाउनलाई कपास पाइन्छ, खेत जोत्नेको हुनेछ घर पोत्नेको हुनेछ भनी उधारो सपनाहरू बाडिएका थिए ।

    स्थिति अत्यन्त दयनीय थियो नक्सलबाडीका किसानहरूको । त्यहाँका जमीन्दारहरू बीरेंद्र राजबंशी, हरीश राजबंसी, सुरेंद्र राजबंसी, तीन हजार चार हजार बीघा जमिनका मालिक थिए । उनीहरू किसानका घरमा हात्तीमा सवार भएर जान्थे । त्यो सवारी नक्सलबाडी जनताका घर घरमा पुग्दा नक्सलबाडीका जनताले लाम लागेर सोस्ति गर्नु पर्दथ्यो । अर्थात् लाम लागेर स्वागत र सम्मान गर्नु पर्दथ्यो । जमीन्दारहरुका घर अन्नका भण्डारले भरिएका हुन्थे त नक्सलबाडीका किसानका पेट भोकै हुन्थे । उता जमीन्दारहरू भने झन झन धनी हुँदै गएका थिए । त्यसैको प्रतिफल स्वरूप नक्सलबाडीका जनताले विद्रोहको बिगुल फुकेका थिए । हजारौँ नक्सलबाडीका किसान, मजदुर, महिला, दबित र शोषित तल्लो वर्गका जनताहरुले अधिकार प्रप्तिको निमित्त जमीन्दारहरूबाट मुक्ति पाउनको लागी बलिदान दिएका थिए र जमीन्दारहरुका घरमा आगो झोसेका थिए । तर, आज नक्सलबाडी निराश छन् । हिजोका विद्रोहमा बाडिएका सपनाहरू सुत्ने बेला मात्रै सम्झन विवश छन् नक्सलबाडी जनता आज ।

    नक्सलबाडीका किसानहरूलाई अतीतका दिनहरू तीर फर्कन फुर्सद छैन ।आज वर्ग सङ्घर्ष, माक्र्सवाद, लेनिनबाद, माओबादका कुरा हराएका छन् । बसी खाने वर्ग, गरी खाने वर्ग, धनी, गरिब, सर्वहारा वर्ग, शोषक, सामन्ती, दलाल, पूंजीपति, सर्वहारा वर्गको अधिनायकत्व, द्धन्द्धात्मक भौतिकबाद, आदि कुराहरू हराएका छन् ।

    एक समय यस्तो थियो, आन्दोलन, नारा, जुलुस, ब्रिद्रोह, नभएको दिन नक्सलबाडीमा निराश र सन्नाटा छाउथ्यो । नक्सलबाडीको माटोले पोतिएका हरेक घरका भित्ताहरुमा वर्ग सङ्घर्ष माक्र्सवाद, लेलीनबाद, माओबादका कुराहरू जिन्दाबाद र मुर्दाबादका नाराले रातो र सेतो इनामेल पेन्टले पोतिएका थिए । हरेक किसानका घरमा चौबीसै घण्टा कम्युनिस्ट झन्डा फरफराइ रहन्थे । आज नक्सलबाडीमा न बीरेंद्र राजबंसी छन् न त छन् नक्सली जनताका नेता चारु मजूमदार र खुदनलाल मल्लिक, अहिले नक्सलबाडी सुनसान छ । तर, नक्सलबाडीका जनताका समस्या जहाँका त्यही छन् अधिकार प्रप्तिको लागि जमीन्दारबाट मुक्ति पाउने आसमा गाँस, बाँस र कपासको ग्याारेन्टीका सपना बोकी गरिएको विद्रोहले उनीहरूलाई धोका दिएको छ । अहिले पनि हजारौँ किसान बेघर छन् ।

    माक्र्सवाद, लेनिनबाद, माओबाद, समाजवाद र साम्यबादको नारामा लोभिएर वर्ग संघर्षमसा होमिएका नक्सलबाडिका किसानहरूलाई भने अहिले अतीतका दिनहरुले भुलाएको छ । उनीहरू जेनतेन नक्सलबाडिको विगतको विद्रोहलाई भुल्न चाहन्छन् । त्यो विद्रोहले उनीहरूलाई धोका दिएको छ । त्यो विद्रोहले उनीहरूलाई जनवादी सपना बाडेको थियो । जमीन्दारहरूको जमिन खोसेर किसानलाई बाड्ने, शोषक, सामन्तीहरूलाई जरै देखी सफाइ गर्ने सपनाहरू बाडिएका थिए । नक्सलबाडीका किसानहरूले ती बुका सपनामा आस गरेर जोबन खर्चेका थिए तर आज नक्सलबाडीका जनताहरू अतीतको सपना सम्झदा मुटु माथि ढुङ्गा राखेर भुल्न विवश छन् ।  नक्सलबाडीका आम, बुवा, दाजु, भाइ, दिदी, बहिनीहरू आज उनका सामु हिजो समाजवाद, साम्याबाद आउँछ भनी उदार र बुका सपना बाढ्ने चारु मजूमदार, कानू सत्याल, खुदनलाल मल्लिक छैनन् ।

    आज नक्सलबाडीका किसान हिजो गरेको विद्रोह सम्झदा न खुसी छन् न दुःखी छन् तर निराश भने पक्कै छैनन् । हिजो बिनासको बाटोमा पुगेको नक्सलबाडी आज विकासको पर्खाइमा छ । आज नक्सलबाडीमा कार्ल माक्र्स लेलिन, स्टालिन, माउत्सेतुङ, चारु मजूमदारका सालिक हरू लहरै गरी खडिएका छन् ।

    1

    त्यसैको छेउमै तृणमूल काँग्रेसकी नेत्री ममता बनर्जीले मार्च २०१७, को विधान सभाको चुनावमा भोट माग्नलाई लगाएको पम्पलेट जस्ताको त्यस्तै छ । जून फोटोमा ममता बनर्जीले कार्ल माक्र्स, लेलिन, माउत्सेतुङ् र चारु मजूमदार पट्टी आँखा जुधाएर हात जोड्दै नक्सलबाडीका जनता कहाँ आफूलाई भोट माग्न अपिल गरेकी छन् । हिजोको विद्रोहको भूमि कम्युनिष्टको लाल किल्ला आज विकास परिवर्तन र निकासको पर्खाइमा छ ।

    हिजो बाढीएका साम्यवादी सपनाहरू कोरा थिए, हिजो ती सपनाले नक्सलबाडीलाई धोका दिएको छ भनी बुभ्ने कोसिसमा छन् । आज नक्सलबाडीका जनताहरू माक्र्सवाद, लेनिनबाद, माओबाद, समाजवाद र साम्याबाद प्रति आस्था विश्वास र भरोशा छैन ती बुका नाराहरुले दिएका घाउहरुमा मलमपट्टी लगाएर बाच्न विवश छन् । नक्सलबाडीमा विद्रोहको आगो निभेको छ ।

    २२२ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad