BizPati

  • Ad
  • Ad
  • आज : २०७४ मंसिर ७ गते
    Headlines :
    Ad

    यसकारण हुन्छ दिमाग कमजोर

    संसार न्यूज संवाददाताकार्तिक २१, २०७४

    brain1
    दिमागलाई सक्रिय बनाउन तथा शरीरलाई सुचारु राख्नका लागि स्वस्थ्य हुन अत्यन्तै जरुरी छ । हाम्रो बानी र खानपानमा पौष्टिक तत्वको कमीको साथसाथै शारीरिक सक्रियताको पनि अत्यन्तै जरुरी छ । हामीले दिनहुँ गरिने विभिन्न गतिविधिका कारण पनि कम उमेरमै भुल्ने बानी लगायतका समस्याहरू देखिन्छन् । जस्तै राती अबेरसम्म जागै रहनु, लामो समय डिजीटल सामानको प्रयोग गर्नु र निद्रा पूरा नगर्नु पनि जीवनशैलीको केही नराम्रा बानी हुन् । दिमागलाई सधै स्वस्थ्य राख्नका लागि यी बानीहरू परिवर्तन गर्न जरुरी छ ।

    व्यायाम – व्यायामले हाम्रो शरीरलाई सुडौल बनाउन मात्र सहयोग गर्दैन । यसले विभिन्न बिमारीहरूबाट पनि बचाउँदछ । व्यायामले हाम्रो दिमागलाई सक्रिय राख्न मद्दत गर्दछ । धेरै रिसर्चहरूका क्रममा यो पत्ता लागेको छ की बिहानको समयमा व्यायाम गर्नाले हामंो दिमागलाई दिनभरी सक्रिय राख्नुका साथै विभिन्न रोग लाग्नबाट पनि बचाउँछ । त्यसकारण नियमित रुपमा व्यायाम गर्न स्वस्थ्य विज्ञहरू सल्लाह दिन्छन् ।

    चिन्ता – भनिन्छ, चिन्ताले नै चितामा पु¥याउँछ । त्यसकारण चिन्ताबाट टाढा रहनुनै सबैका लागि फाइदाजनक हुन्छ । चिन्ताले हाम्रो शरीरलाई विभिन्न समस्यामा पार्नुका साथै दिमागलाई पनि बिरामी बनाउँछ । चिन्ता केही हदसम्म राम्रो पनि हुन्छ । जस्तै कुनै काम सफल पार्नका लागि कसरी गर्ने भनेर चिन्ता लिनु स्वभाविकै हो । तर, नचाहिने कुरामा बढी चिन्ता लिँदा दिमागलाई त असर गर्छ नै चिन्ताका कारण धेरै मानिसहरूले आफ्नो जीवन समाप्त गरेका घटनाहरू पनि तपाई हाम्रै वरीपरि घटेका छन् ।

    धेरै सुत्नु – धेरै सुत्नु र कम सुत्नुले पनि दिमागलाई प्रभाव पार्दछ । मेडिकल रिर्सचका क्रममा यो पत्ता लगाइएको छ की धेरै सुत्नाले पनि तनाब पैदा गरिदिन्छ । यसले तनाब मात्र नभएर दिमागमा पनि असर गर्दछ । यसले डाइबिटिज जस्ता गम्भीर बिरामीहरू हुने सम्भावना पनि बढ्दछ । यसकारण ७ देखी ९ घण्टा नियमित सुत्न स्वस्थ्यविज्ञहरू सुझाव दिन्छन् ।

    अधिक मदिरा पिउनु – अधिक रुपमा मदिरा पिउने बानीले पनि दिमागलाई कमजोर बनाउँछ । भरसक मदिरा नपिउनु नै राम्रो हुन्छ । तर, पिउने बानी नै परेको छ भने एक पेग मदिरा पिउनाले स्वास्थ्यलाई खासै हानी नगर्ने स्वास्थ्यविज्ञहरू सल्लाह दिन्छन् । अधिक मदिरा सेवनका कारण दिमागमा असर गर्ने र यसले तार्किक क्षमतामा असर गर्दछ ।

    ध्रुमपानको लत– धुम्रपान स्वास्थ्यका लागि कुनै हालतमा पनि सहि होइन् । यसले क्यान्सर जस्ता गम्भीर बिमारहरू निम्त्याउँछ । अधिक धु्रमपानबाट दिमागको कोशिकाहरूले काम गर्न छोड्छन् । दिमागको सोच्ने र सम्झने क्षमतामा ह्रास आउँछ । प्रत्यक्ष वा अप्रत्यक्ष दुवै कारणले धुम्रपान दिमागका लागि अत्यन्तै हानिकारक मानिन्छ ।
    दिमागको अधिकतम प्रयोग नगर्नु – यदि हामीलाई कुनै कुरा जान्नु प¥यो भने गुगलको सहारा लिने गर्छौ । मोबाइल नम्बर याद हुँदैन । यसले पनि हाम्रो दिमाग कमजोर रहेको देखाउँछ । यसको प्रमुख कारण हो दिमागको सहि तरिकाबाट प्रयोग नगर्नु । हामीले सोच्नको लागि पनि दिमागमा जोड दिदैंनौं । जसका कारण दिमाग सुक्दै जाने र दिमाग कमजोर हुने गर्दछ ।

    ब्रेकफास्ट नगर्नु– हामी नेपालीमा बिहानको समयमा प्राय बे्रकफास्ट गर्ने बानी हुँदैन । जो व्यक्तिले बिहान ब्रेकफास्ट गर्दैनन् उनीहरूको शरीरमा सुगरको कमी हुने र यसले ब्रेनमा ओ न्यूट्रियंट्स पुग्न पाउँदैन । यसले दिमाग कमजोर हुन्छ । ब्रेन डीजनरेशनको समस्या पनि हुन्छ । यसकारण बिहानको समय ब्रेकफास्ट जरुरी हुन्छ ।

    ५०९ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad