BizPati

  • Ad
  • Ad
  • आज : २०७४ मंसिर ९ गते
    Headlines :
    Ad

    कुवेत पुगेको १४ दिनमै शाक्यको मृत्यु

    हरि कृष्ण न्यौपानेकार्तिक २१, २०७४

    deathbodyकुवेत । घरेलु कामदारको रुपमा भारतको बाटो हुँदै कुवेत पुगेकी एक नेपाली चेलीको मृत्यु भएको छ ।

    कुवेत पुगेको १४ दिनमै कुवेतको हवालीस्थित आफू बसेको घरको छतबाट खसेर काठमाडौंकी २७ वर्षीया अनिता शाक्यको ज्यान गएको हो ।
    अनिताको मृत्युको कारण बारे त्यहाँको प्रहरीले अनुसन्धान गरिरहेको नेपाली दूतावास कुवेतले जनाएको छ ।
    दूतावासका प्रथम सचिव भोगेन्द्र लिम्बुले शाक्यको मृत्युका बारेमा प्रारम्भिक जानकारी आए पनि प्रहरीले अनुसन्धान गरिरहेको कारण कसरी मृत्यु भयो ? भन्ने पूर्ण जानकारी आइनसकेको उनले बताएका छन् ।
    प्रहरीले दिएको जानकारी अनुसार मृतक शाक्य अक्टोबर १६ का दिन कुवेत पुगेको र अक्टोबर ३१ का दिन उनलाई कुवेत लैजाने भारतीय ऐजेन्टको घरबाट भाग्न खोज्दा घरको तलाबाट खसेर मृत्यु भएको प्रहरीले प्रारम्भिक जानकारी दिएको दूतावासले जनाएको छ ।

    ७४ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad