BizPati

  • Ad
  • Ad
  • आज : २०७४ मंसिर ७ गते
    Headlines :
    Ad

    मोबाइलका कारण प्लेननै आपतकालिन अवतरण

    संसार न्यूज संवाददाताकार्तिक २१, २०७४

    planeकतार एयरवेजको दोहाबाट इण्डोनेशियाको बाली गइरहेको कतार एयरवेजमा उडान गरिरहेका इरानी दम्पत्तीका कारण प्लेन नै ल्याण्डिङ गर्नु परेको बताइएको छ ।
    हिन्दुस्तान टाइम्समा आएको रिर्पोट अनुसार इरानीका यी दम्पत्ती विदा मनाउनका लागि इण्डोनेसियाको बाली गइरहेका थिए ।
    प्लेन उडिरहेका बेला ती महिलाले सँगै सिटमा निदाएका श्रीमानको मोबाइल उनकै औलाले टच गराएर खोलेकी थिइन् । उनले मोबाइलमा श्रीमान अन्य कुनै युवतीसँगको प्रेम सम्बन्धमा रहेको पत्ता लगाइन् । उनले त्यहि श्रीमानसँग झगडा गर्न थालिन् । उनीहरुको झगडाका कारण उक्त प्लेन चेन्नईमा ल्याण्डिङ गर्नु परेको बताइएको छ ।
    उनीहरुलाई चेन्नईमा छोडेर उक्त विमान बालीको लागि उडेको थियो । हिन्दुस्तान टाइम्सका अनुसार ती दम्पत्तीलाई कतार नै फर्काइएको छ । उनीहरुको साथमा भारतको भिषा नभएको पनि जनाइएको छ ।
    विमानमा उनीहरुलाई शान्त गराउन र झगडा नगर्न भन्दै विमानका एयरहोस्टेज लगायतका स्टाफहरुले मनाउन खोजेका थिए । तर, ती महिलाको रिस कम नभएको कारणले उनीहरुलाई चेन्नईमै छोडेर हिड्नु परेको बताइएको छ ।

    ६१२ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad