BizPati

  • Ad
  • Ad
  • आज : २०७४ मंसिर ७ गते
    Headlines :
    Ad

    क्यान्सरको उपचार धनी र गरिबलाई एउटै

    डाक्टरहरुले आफूखसी औषधि चलाउन नपाउने

    संसार न्यूज संवाददाताकार्तिक २३, २०७४

    cancer1२३ कात्तिक, काठमाडौं । क्यान्सरका विरामीको उपचारमा एकरुपता ल्याउन सरकारले क्यान्सर कार्यविधि लागू गरेको छ । उपचारमा एकरुपता नभएपछि सरकारले एकैप्रकारको उपचार विधि अपनाउन क्यान्सर उपचार प्रोटोकल (कार्यविधि) लागू गरेको हो ।
    केहीदिन अघिमात्र स्वास्थ्य सेवा विभाग व्यवस्थापन महासाखाले देशभरका अस्पतालमा कार्यविधि पठाएको छ । विभागका निर्देशक डा. भीमसिंह तिंकरीले देशभरका अस्पतालमा क्यान्सरको उपचारमा एकरुपता ल्याउन तयार गरेको क्यान्सर उपचार कार्यविधि पठाइएको बताए । उनका अनुसार उक्त कार्यविधिले गरिब, विपन्न वर्गका बिरामीलाई ठूलो राहत पुग्नेछ । अब क्यान्सरका विरामीको उपचार गर्दा चिकित्सकहरुले आफूअनुकुल औषधि चलाउने पाउने छैनन् । तिंकरीले भने, ‘स्वास्थ्य मन्त्रालयले सबै अस्पतालमा क्यान्सरको उपचारमा एकरुपता ल्याउन क्यान्सर उपचार कार्यविधि लागू भएसँगै विरामीले सस्तोमा एकैप्रकारको उपचार सेवा पाउने छन् ।’ आजको नयाँपत्रिका दैनिकबाट

    ४७ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad