BizPati

  • Ad
  • Ad
  • आज : २०७४ मंसिर ७ गते
    Headlines :
    Ad

    ब्लगः चितवनवासीको प्रचण्ड मोह

    मनहरि तिमिल्सिना कार्तिक २३, २०७४

    prachanda

    धेरैले सोच्थे– “प्रचण्ड र माओवादीहरू ध्वंशका लागि मात्रै माहिर छन् ।” तर, जतिबेला प्रचण्ड दोस्रोपटक प्रधानमन्त्री भए, मानिसहरूका अनुमान गलत सावित भए । १० महिनाको छोटै कार्याकालमा आर्थिक वृद्धिदर ह्वात्तै बढ्यो, ७।५ प्रतिशत आर्थिक वृद्धि प्रचण्ड कार्याकालमै सम्भव भयो । आर्थिक सूचकहरू सकारात्मक देखिए । देशकै निम्ति कलङ्क ठानिएको लोडसेडिङको अन्त्य भयो । देशमा उज्यालो युगको प्रारम्भ भयो । पुँजीगत खर्च ह्वात्तै बढ्यो । विकास आयोजनाहरूमा तीब्र प्रगति भयो । १२ वर्षमै पहिलोपटक मूल्य वृद्धि स्थिर रह्यो ।

    २३ कात्तिक। बरु प्रचण्डलाई हामी नचाहिन सक्छ तर चितवन र हामीलाई प्रचण्ड चाहिन्छ” आफ्नो ३८ वर्ष लामो राजनीतिक जीवनलाई कम्युनिस्ट कित्तामा मोड्दै राप्रपा (प्रजातान्त्रिक) का चितवन जिल्ला अध्यक्ष बद्री तिमिल्सिनाले सार्वजनिक मञ्चबाट बोल्दै गर्दा सभामा तालीको वर्षा भयो । काङ्ग्रेसको समर्थनमा आफ्नै पार्टीका केन्द्रीय उपाध्यक्ष विक्रम पाण्डे चुनावी दौडमा रहेका बेला पाण्डेका हस्ती तिमिल्सिना भने प्रचण्डलाई जिताउन माओवादी केन्द्र प्रवेश गरे ।

    तिमिल्सिना ३८ वर्षदेखि राप्रपाको राजनीतिमा सक्रिय थिए । राष्ट्रिय राजनीतिमा राप्रपाको अस्तित्व सङ्कटमा रहेको अवस्थामा पनि तिमिल्सिना चितवनको राजनीतिमा उत्तिकै लोकप्रिय थिए । निर्भिक स्वाभाव, सामाजिक न्याय र सामाजिक भावनाका धनी उनी प्रखर वक्तासमेत थिए । व्यक्तिगत लोकप्रियताकै आधारमा उनले अघिल्लो स्थानीय तह निर्वाचनमा सात हजारभन्दा बढी मत प्राप्त गरेका थिए । तर, शुक्रबार बद्री तिमिल्सिना माओवादी केन्द्र प्रवेश गरेसँगै जिल्लाको राजनीतिले नै नयाँ मोड लिएको छ ।

    १० वर्षको कलिलो उमेरमा कास्की ढिकुरपोखरीबाट बसाइँ ससेर चितवन शिवनगर झरेका प्रचण्डको जीवनको ऊर्जाशील समय चितवन र आसपासकै क्षेत्रमा बित्यो । प्रचण्डको आफ्नै जीवनमा देशको राजनीतिमा ठूलाठूला परिवर्तन भए । २४० वर्ष लामो राजतन्त्रको अन्त्य धेरैको कल्पनाबाहिरको कुरा थियो । तर, प्रचण्डको चामत्कारिक नेतृत्व र दुरदृष्टिले नेपालमा गणतन्त्र आयो, सङ्घीयता आयो, राज्य नीतिका कारण पिँधमा पारिएकाहरू राज्यको नेतृत्वमा आए । सामाजिक न्याय र समावेशी समानुपातिक नीतिले संवैधानिक मान्यता पायो । परम्परागत दृष्टिले सोच्नेहरूका लागि प्रचण्डको नेतृत्व र प्राप्त परिवर्तन कल्पनाभन्दा बाहिरका कुरा थिए ।

    धेरैले सोच्थे– “प्रचण्ड र माओवादीहरू ध्वंशका लागि मात्रै माहिर छन् ।” तर, जतिबेला प्रचण्ड दोस्रोपटक प्रधानमन्त्री भए, मानिसहरूका अनुमान गलत सावित भए । १० महिनाको छोटै कार्याकालमा आर्थिक वृद्धिदर ह्वात्तै बढ्यो, ७।५ प्रतिशत आर्थिक वृद्धि प्रचण्ड कार्याकालमै सम्भव भयो । आर्थिक सूचकहरू सकारात्मक देखिए । देशकै निम्ति कलङ्क ठानिएको लोडसेडिङको अन्त्य भयो । देशमा उज्यालो युगको प्रारम्भ भयो । पुँजीगत खर्च ह्वात्तै बढ्यो । विकास आयोजनाहरूमा तीब्र प्रगति भयो । १२ वर्षमै पहिलोपटक मूल्य वृद्धि स्थिर रह्यो ।

    राजधानीबाट चितवन हेर्नेहरू भन्थे– “प्रचण्डलाई चितवनमा जित्न गाह्रो छ ।” पार्टीभित्रकै नेताहरू पनि चितवन माओवादी केन्द्रका लागि सुरक्षित ठान्दैनथे । तर वाम समीकरणपूर्व नै प्रचण्डले चितवनबाटै चुनाव लड्ने उद्घोष गरेका थिए । भर्खरै काङ्ग्रेससँग देखिएको चिसोपन, स्थानीय निर्वाचनमा एमालेसँग भएको तिक्तता र काङ्ग्रेस–राप्रपा गठबन्धन आदि कारणले धेरैले प्रचण्डका लागि चितवन चुनौतीपूर्ण देखेका थिए । तर, स्वयं प्रचण्ड चितवनबाट निर्वाचित हुनेमा पूर्णतः विश्वस्त थिए । चितवन क्षेत्र नं। ३ बाट प्रचण्डको उम्मेदवारी त्यसैको परिणाम थियो ।

    पहिलो र दोस्रो प्रधानमन्त्री कालमा प्रचण्डको नजर चितवनतिर रह्यो । कृषि तथा वन विश्वविद्यालयको स्थापना, शक्तिखोरलाई औद्योगिक नगरीको रूपमा विकास, चितवनका सडक, विद्यालय, पूर्वाधार विकासमा प्रचण्डले महत्वपूर्ण भूमिका खेलेका छन् । यी सवै दृश्यहरू नजिकबाट नियालिरहेका चितवनबासीले प्रचण्ड खोजिरहेको देखिन्छ । खुल्ला राजनीतिक प्रतिस्पर्धामा आएको ११ वर्षपछि आफ्नै जिल्लाबाट उम्मेदवारी दिएका प्रचण्डप्रति जनतामा नयाँ आशाको सञ्चार भएको देखिन्छ ।

    राजधानीबाट चितवन हेर्नेहरू भन्थे– “प्रचण्डलाई चितवनमा जित्न गाह्रो छ ।” पार्टीभित्रकै नेताहरू पनि चितवन माओवादी केन्द्रका लागि सुरक्षित ठान्दैनथे । तर वाम समीकरणपूर्व नै प्रचण्डले चितवनबाटै चुनाव लड्ने उद्घोष गरेका थिए । भर्खरै काङ्ग्रेससँग देखिएको चिसोपन, स्थानीय निर्वाचनमा एमालेसँग भएको तिक्तता र काङ्ग्रेस–राप्रपा गठबन्धन आदि कारणले धेरैले प्रचण्डका लागि चितवन चुनौतीपूर्ण देखेका थिए । तर, स्वयं प्रचण्ड चितवनबाट निर्वाचित हुनेमा पूर्णतः विश्वस्त थिए । चितवन क्षेत्र नं ३ बाट प्रचण्डको उम्मेदवारी त्यसैको परिणाम थियो ।

    “हो मैले हिजोको कुरा बिर्सें । चैत, वैशाखमा पनि ठूलो पानी पर्यो भने जकेट लगाइन्छ । जब घाम लाग्छ, जकेट खोलिन्छ, त्यो बेला जकेट किन खोलिस् भन्नुको कुनै अर्थ रहँदैन । नेपालमा एउटै कम्युनिस्ट केन्द्र हेर्ने मेरो सपना हो । प्रचण्ड र ओली त्यही सपना साकार पार्न लागिरहनुभएको छ । तसर्थ, चितवनको विकास र एउटै कम्युनिस्ट पार्टीको सपना साकार पार्न प्रचण्डले जित्नुपर्छ”– एमाले नेता देवी ज्ञवालीको यस भनाइको सार हो, “प्रचण्ड चितवनका लागि अत्यावश्यक नेता हुन् ।”

    प्रचण्ड विजय अभियान’को क्रममा एमाले नेता देवी ज्ञवालीले उद्घोष गरे– “अब चितवनमा काङ्ग्रेस रहेन । काङ्ग्रेसले हलोमा भोट हाल्ने भएपछि काङ्ग्रेसको भविष्य के होला ? रूख काटेर हलो बनाइयो । बद्रीजी वाम गठबन्धनमा आएपछि त हलो पनि भाँचियो । भाँचिएको हलोको भर नपरौँ ।” जिल्लामा सबैभन्दा बलियो सङ्गठन भएर पनि कहिले हँसिया–हथौडा, कहिले हलोमा भोट हाल्न बाध्य समर्थकहरूमा काङ्ग्रेसप्रतिको मोह भङ्ग भएको देखिन्छ । कार्यकर्ता पङ्क्तिमा भने प्रचण्डप्रतिको आकर्षण अनपेक्षित रूपमा बढेको छ ।

    राप्रपा र एमालेका मात्र होइन, नेपाली काङ्ग्रेसका स्थानीय नेताहरूमा पनि प्रचण्डप्रति आकर्षण बढ्दो छ । भर्खरै निर्वाचित काङ्ग्रेसका एक वडा अध्यक्ष भन्छन्– “काङ्ग्रेससँग गठबन्धन तोडिएकाले अलिकति दुःख त लागेको छ । तर प्रचण्ड चितवनका लागि चाहिने मान्छे हो । चितवनका लागि गरे प्रचण्डले गर्छन्, अरूले गर्दैनन् ।” प्रचण्डको दोस्रो प्रधानमन्त्रित्व कालको अनुभव गरेका नेता कार्यकर्ताले प्रचण्डलाई विकास र समृद्धिको मानक ठानेको देखिन्छ ।

    ‘प्रचण्ड विजय अभियान’को क्रममा एमाले नेता देवी ज्ञवालीले उद्घोष गरे– “अब चितवनमा काङ्ग्रेस रहेन । काङ्ग्रेसले हलोमा भोट हाल्ने भएपछि काङ्ग्रेसको भविष्य के होला ? रूख काटेर हलो बनाइयो । बद्रीजी वाम गठबन्धनमा आएपछि त हलो पनि भाँचियो । भाँचिएको हलोको भर नपरौँ ।” जिल्लामा सबैभन्दा बलियो सङ्गठन भएर पनि कहिले हँसिया–हथौडा, कहिले हलोमा भोट हाल्न बाध्य समर्थकहरूमा काङ्ग्रेसप्रतिको मोह भङ्ग भएको देखिन्छ । कार्यकर्ता पङ्क्तिमा भने प्रचण्डप्रतिको आकर्षण अनपेक्षित रूपमा बढेको छ ।

    चितवनको विकासका लागि प्रचण्डले रणनीतिक महत्वका योजना अघि सारेका छन् । नारायणी र राप्तीमा तटबन्ध निर्माण गरी चक्रपथ, निकुञ्ज क्षेत्रमा पर्ने सडकमा आकाशे पुल वा भूमिगत सडकको निर्माण, चितवनवासीलाई वन्यजन्तुको त्रासबाट मुक्ति दिन मेस जालीको प्रबन्ध, कृषि तथा वन विश्व विद्यालयलाई केन्द्रीय विश्वविद्यालय, विमानस्थलको स्तरोन्नति, मेघौलीमा नयाँ विमानस्थल सञ्चालन, जिल्लाका विद्यालयहरूको स्तरवृद्धि, भूमिहीन र सुकुम्बासीका लागि आवास गृहको व्यवस्था, महिला, दलित, जनजाति र थारु समुदायको आर्थिक विकासलगायतका विषय प्रचण्डको प्राथमिकतामा छन् ।

    चितवन जिल्ला कृषिका लागि सबैभन्दा उर्भर भूमि हो । कृषिमै बी।एस्सी। गरेका प्रचण्ड त्यसका लागि उपर्युक्त पात्र हुन् । कृषिको आधुनिकीकरण, विविधीकरण र बजारीकरण प्रचण्डको प्राथमिकतामा छ । प्रचण्ड भन्छन्– “चुनाव जित्नका लागि मात्र म चितवन आएको होइन, चितवन राजनीतिक रूपले अग्रचेतना भएको जिल्ला हो । चितवनको विकासले देशकै विकासमा गुणात्मक अर्थ राख्दछ । तसर्थ, चितवनबाट निर्वाचित भएर चितवनको विकास र देशको नेतृत्वका लागि तपाईंहरूको बीचमा आएको छु ।” धेरैपटक खोजेर पनि प्रचण्डलाई भोट हाल्न नपाएका चितवनबासी यसपटक प्रचण्डलाई भोट हाल्न पाउने कुराले दङ्ग देखिन्छन् । चुनावी कार्यक्रममा प्रचण्ड जहाँ पुग्छन्, त्यहाँ छुट्टै रौनक र आत्मीयता झल्किन्छ ।

    “प्रचण्डलाई बीस हजारको मत अन्तरले जिताएर पठाउँछौँ” जिल्लाका अधिकांश नेताहरू भन्छन्– “एउटा राजनेता र ठेकेदारबीच कसरी प्रतिस्पर्धा हुन सक्छ ? यो सम्भव छैन ।’’ चितवन ३ मा बाम गठबन्धनकै मत बलियो रहेका बेला काङ्ग्रेस र राप्रपाका जनाधारयुक्त नेताहरू वाम गठबन्धनमा प्रवेश गर्ने लहर नै चलेको छ । प्रचण्डका प्रतिस्पर्धी पाण्डेको जिल्लामा कुनै राजनीतिक छवि देखिँदैन । राप्रपाबाट पटकपटक मन्त्री बनेका उनी प्रचण्डको क्याबिनेटमा भूमिसुधार मन्त्री थिए । तर, उनले राजनीतिलाई ठेक्का पट्टाका लागि उपयोग गरेको चितवनवासीको गुनासो छ ।

    राजनीतिक दृष्टिले हेर्नेहरू चितवन क्षेत्र नं। ३ मा प्रचण्डको प्रतिस्पर्धी नै नभएको ठान्दछन् । देशकै सर्वोच्च नेता, गणतन्त्रको नायक, शान्ति प्रक्रियाको हस्ती, अनि १० महिने प्रधानमन्त्री कालमा विकास र समृद्धिमा नयाँ मानक स्थापित गरेको नेता चितवन आउँदा प्रतिस्पर्धीहरू छायाँ परेको देखिन्छ । काङ्ग्रेस र राप्रपाका नेताहरू पनि प्रचण्डतिर आशाको नजरले हेरिरहेका छन् । चितवनमा प्रचण्डको आगमनले जिल्लामा राजनीतिक तिक्तता मात्र घटेको छैन, जिल्लाको मियो भेटिएको महशुस गर्दैछन् चितवनबासी ।

    “प्रचण्डलाई बीस हजारको मत अन्तरले जिताएर पठाउँछौँ” जिल्लाका अधिकांश नेताहरू भन्छन्– “एउटा राजनेता र ठेकेदारबीच कसरी प्रतिस्पर्धा हुन सक्छ ? यो सम्भव छैन ।’’ चितवन ३ मा बाम गठबन्धनकै मत बलियो रहेका बेला काङ्ग्रेस र राप्रपाका जनाधारयुक्त नेताहरू वाम गठबन्धनमा प्रवेश गर्ने लहर नै चलेको छ । प्रचण्डका प्रतिस्पर्धी पाण्डेको जिल्लामा कुनै राजनीतिक छवि देखिँदैन । राप्रपाबाट पटकपटक मन्त्री बनेका उनी प्रचण्डको क्याबिनेटमा भूमिसुधार मन्त्री थिए । तर, उनले राजनीतिलाई ठेक्का पट्टाका लागि उपयोग गरेको चितवनवासीको गुनासो छ ।

    प्रत्यासी पाण्डे नेपालका क वर्गकै निर्माण व्यवसायी हुन् । तर उनी वैचारिक दख्खल, जन सम्बन्ध, राजनीतिक चरित्रमा निकै कमजोर देखिन्छन् । मुग्लिन–नारायणगढ खण्डको सडक निर्माण कार्यबीचमै छोडेको अभियोग खेपेका पाण्डे चुनावका बेला मात्र जनतामा जाने र बाँकी समय ठेक्का–पट्टामै व्यस्त हुने जनगुनासो व्यापक देखिन्छ । राप्रपाका चर्चित र स्थापित नेता बद्री माओवादीमा आएसँगै पाण्डेको मनोबल ह्वात्तै गिरेको स्थानीयको बुझाइ छ । काङ्ग्रेसको भर परेर निर्वाचनमा होमिएका पाण्डेका लागि प्रचण्डको उपस्थिति नै फलामको चिउरा बनेको धेरैको बुझाइ छ ।

    जिल्लाको परिस्थिति हेर्दा प्रचण्डले चुनाव जितिसकेका छन् । एमाले माओवादीबीच एउटै कम्युनिस्ट पार्टी बनाउने तयारी भइरहेको सन्दर्भमा एमालेका नेताहरू पनि प्रचण्डप्रति निकै आशातित नजरले हेरिरहेको देखिन्छ । बालकदेखि वृद्धासम्म, किसानदेखि बुद्धिजीवीसम्म, सबै जाति, पेसा र समुदायका मानिसले प्रचण्डलाई आशाकै नजरले हेरेको देखिन्छ । चितवनमा प्रचण्डको उम्मेदवारीले प्रचण्ड मात्रै होइन, सुरेन्द्र पाण्डे, कृष्णभक्त पोखरेल, दावा दोर्जे लामा, कृष्ण खनाल, विजय सुवेदी, घनश्याम दाहाल, कृष्ण भूर्तेल, रामलाल महतो सबैको विजय सुरक्षित बनाएको छ ।

    १०५ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad