BizPati

  • Ad
  • Ad
  • आज : २०७४ मंसिर ७ गते
    Headlines :
    Ad

    रक्सि चोरिएको भन्दै राजदूतले नै प्रहरीमा निवेदन दिएपछि…

    बिबिसीकार्तिक २४, २०७४

    black-lebalतपाइलाई अचम्म लाग्ला राजदूतले रक्सि चोरिएको र खोजिदिन भन्दै प्रहरीमा निवेदन दिएको समाचार सुन्दा । तर, भएको छ त्यस्तै । तर, यस्तो घटना हाम्रो देशमा भने होइन् हैं । हामीसँगैको छिमेक देश पाकिस्तानमा यो घटना घटेको हो ।

    वाइन, ह्विस्की, वियर लगायतका समानहरु चोरी भएको भन्दै रक्सीको तस्करी गर्नेहरुले नै चोरी गरेको हो, भन्ने शंका सहित निवेदन दिएका छन्  पाकिस्तानका लागि उत्तर कोरियाका राजदूत ह्योन की योंगले  ।

    पाकिस्तानमा मुसलमानका लागि रक्सी सेवन गर्नु गैरकानुनी मानिन्छ । त्यहाँ सहज तरिकाले रक्सी किन्न पाइदैँन । राजदूतहरुलाई पनि व्यक्तिगत रुपमा रक्सीको लागि भत्ता दिइन्छ ।

    अक्टोबरको सुरुवातमा पाकिस्तानका लागि उत्तर कोरियाका राजदूत ह्योन की योंगले इस्लामाबादस्थित आफ्नो घरमा चोरी भएको निवेदन दिएका छन् । उनले प्रहरीलाई आफ्नो घरबाट दुई हिरा, हजारौं अमेरिकी डलर र राम्रो क्वालिटीका रक्सी हराएको बताएका छन् ।

    पाकिस्तान टुडे तथा समाचार एजेंसी रोयटर्सका अनुसार तीन प्रहरीले यस घटनामा सामेल भएका हुन् । उनीहरुलाई पक्राउ गर्न आदेश दिइएको छ ।

    रिर्पोटका अनुसार कोहसर प्रहरी कार्यालयमा यो निवेदन परेको हो । त्यहाँका प्रहरी प्रमुख इन्सपेक्टर अस्जद महमुदले भने ‘तीन प्रहरीमाथि आरोप छ, उनीहरु गैरकानुनी रुपमा राजदूतको घरमा पुगे त्यहाँ धेरैको मात्रामा रक्सी भेटियो, तर, उनीहरुले प्रहरीका उच्च अधिकारीलाई सूचना नदिइ रक्सी आफैँ सँग राखेका थिए ।

    राजदूतका घरबाट हराएको रक्सी कति थियो भन्ने स्पष्ट नभए पनि रोयटर्सका अनुसार जोनी वाकर ब्ल्याक लेवल रक्सी १ हजार भन्दा बढी बोतल चोरी भएको थियो । यसको १ बोतलको मुल्य चोरीको बजारमा ५ हजार भन्दा बढीमा बिक्ने गरेको बताइएको छ । ह्योनको घरबाट हराएको रक्सी झण्डै १ करोड बराबरको रहेको बताइएको छ ।

    १२० पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad